शुभकामना आदान प्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभकामना आदान प्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शुभ विजया दशमी शुभदिपावली छठ तथा (मोहनी नखाः) (स्वन्ती नखाः) २०८२ एवं नेपाल संबत् ११४६ (न्हूँःद) को उपलक्ष्यमा सम्पुर्ण नेपालीहरु सुस्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संस्थाको ३१औं वार्षिक साधारण सभालाई  सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्ने कार्यक्रम सिद्धि गणेश बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तालिम हल, खँचामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रुद्र नारायण लाखाको अध्यक्षता र ने.म.कि.पा. केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले सहकारी संस्थाले बैंक जस्तो बचत र ऋणको मात्र कारोबारमा सिमित नभई समाज र सदस्यहरुको हित हुने कार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । समुदायमा आधारित भई सहकारी सञ्चालन गर्न कानुनको बाधा पुगेको खण्डमा ती कानूनहरु परिमार्जन गर्नु पर्नेमा सुझाव दिदै विदेशी सहकारी संस्थाहरुले कृषिलाई प्राथमिकता दिई कृषकहरुलाई कृषि औजार र प्रविधि उपलब्ध गराउछन् भन्दै हाम्रो देशमा पनि यस प्रकारका गतिविधि गरी किसान र मजदुर वर्गको उत्थानमा सहकारी र सरकार मिलेर लाग्नु पर्ने कुरा बताउनु भएको थियो ।

सहकारीका शेयर सदस्य परिवारका विद्यार्थीहरुमा विज्ञान, अंग्रेजी र गणित विषयमा कमजोर देखिएकाले यस संस्थाले आफ्नो तालिम हलमा सो विषयहरुको  विहान बेलुका तयारी कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई सहयोग गर्न सुझाव दिनु भएको थियो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी निर्देशन अनुसार साधारण सभा सञ्चालन भएकोे जानकारी दिनुभयो । उहाँले संस्थाको लाभाशं प्रतिशत कम हुनुमा संस्थाले ऋण सुरक्षण कोषमा विगतको भन्दा बढि रकम व्यवस्थापन गर्नको कारण हो भन्नुहुँदै सदस्यहरुको कारोवारको आधारमा सहकारी ऐन नियमावली बमोजिम बचत कर्ता र ऋणी सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोष वितरण हुने समेत जानकारी दिनुभयो । साथै संस्था स्थापना कालमा यस संस्थाले अन्य सदस्यहरुको साथ साथै आफ्नो पनि व्यक्तिगत क्षमता अभिबृद्धि भएको र संस्थाबाट ऋण उपभोग गरी व्यवसाय सञ्चालन गरेको स्मरण गर्नु भएको थियो  ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले सिद्धि गणेश साकोस एक सफल सहकारी बन्नुमा सदस्यहरुको वर्षौ देखिको योगदानको देन रहेको बताउदै सदस्यहरुको साँस्कृतिक स्तर उत्थान गर्न भाषा सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्था ३१ वर्ष देखि सदस्य एवं समुदायको हित र विकासका लागि निरन्तर लागी परेको र विगतमा कृषकहरुसंग अन्न बाली मात्र हुने तर नगद नभएको अवस्थामा साहु महाजन सँग ऋण लिँदा ऋणको साँवा एकमुष्ट भुक्तानी गर्नुपर्दा किसान र न्यून आय भएकाहरुलाई समस्या भएको बताउँदै न्यून आय भएका सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्ने हेतुले यो सहकारी संस्थाको स्थापना भएको कुरा स्मरण गर्दै संस्थाको आमन्त्रणलाई स्वीकार गरेर पाल्नुभएका सबै प्रति धन्यवाद दिदै आभार व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा संचालक समिति लेखा समिती संस्थाका उपसमिति,,कर्मचारी, लघुवित्त समूह र स्वयमसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णले विजयादशमी शुभदिपावली र छठ पर्वले सबैमा सुख शान्ति र समृद्धि प्राप्त होस् भन्ने शुभकामना राख्नु भएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप