नबलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रम नवलपरासी मध्यविन्दु –१० , अरूण खोलामा रहेको नयाँ वेलहानी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग असोज १२ (आज) सम्झौता भएको छ ।
संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो ।
आबद्ध संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित, एक्सेस,प्रोबेसन तथा कब्र्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ ।
वेलाहानी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राधा ढकाल, कृष्णदेबी पौडेल,विष्णु ढकाल,लक्ष्मी काफ्ले,नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदी,बरिष्ठ सहायक केदारनाथ अधिकारी र सहायक सन्तोष अधिकारीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७५ दिन अगाडि
७४ दिन अगाडि
४८ दिन अगाडि