साकोस स्थलगत अनुगमन रुपन्देहिमा सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस स्थलगत अनुगमन रुपन्देहिमा सम्पन्न  

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहिको २४ गते  स्थलगत निरिक्षण सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्यहितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश, तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित अनियमितता, आर्थिक जोखिम वा व्यवस्थापकीय कमजोरी पहिचान गरी सुधारात्मक सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागितालाई मूल्यांकन गर्नु यस अनुगमनको उद्धेश्य रहेको छ । 

नेफ्स्कुनको तर्फबाट कार्यक्रम अधिकृत कोमल राज अधिकारी, महिला अभियान साकोसका संचालक समिती र कर्मचारीहरुको उपस्थितिमा स्थलगत अनुगमनको क्रममा विनियम,निति तथा कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना,सस्थाको भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा अनुगमन गरी कमिकमजोरीलाई सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट  दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण ठान्दै संचालक समितीको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय सम्पन्न भएको थियो । 
 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

६ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

८ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप