सहकारी साधारण सभामा फजुल खर्च नगर्न प्राधिकरणको निर्देशन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी साधारण सभामा फजुल खर्च नगर्न प्राधिकरणको निर्देशन

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई अनावश्यक फजुल खर्च नगर्न निर्देशन जारी गरेको छ । 

प्राधिकरणले भाद्र १७ मा जारी गरेको निर्देशनमा संस्थाहरूलाई साधारण सभामा गैर–सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथिका मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय खर्च नगरी सिधै एजेण्डा अनुसार छलफलमा प्रवेश गर्न स्पष्ट भनिएको छ ।

प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा ३९(२) बमोजिम तथा दफा १०३(ज) को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्देशन जारी गरेको हो । यसको उद्देश्य सहकारी संस्थाको साधारण सभालाई सदस्य केन्द्रित, मितव्ययी र सुशासनमा आधारित बनाउनु रहेको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभामा सहकारी संस्थाको दर्ता,नियमन,अनुगमन वा पदाधिकारी सहभागी नगराउने,सहकारी संस्था आबद्ध रहेको माथिल्लो संघबाट परामर्श आवश्यक परेमा वा सदस्य शिक्षा दिनु परेमा न्युनतम संख्यामा मात्र गैर सदस्य प्रतिनिधि वा स्रोत व्यक्तिलाई साधारण सभाको प्रारम्भमै परामर्श वा सदस्य शिक्षा प्रद्धान गर्ने गरी आमन्त्रण गर्ने,सभामा नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने अवस्थामा निर्वाचन उपसमिति सहित निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने जनशक्तिलाई उपस्थित गराउने,बचतकर्ताको हितलाई मध्यनजर गरी संस्थामा मितव्ययीता कायम गर्न साधारण सभामा उद्घाटन अतिथि सत्कार,यातायात खर्च,सहभागी भत्ता,उपहार,भोजभतेर (आवश्यकता अनुसार सामान्य खाजा÷खाना बाहेक)जस्ता क्रियाकलापमा फजुल खर्च नगर्ने,सहकारी संस्थाको कार्यक्षेत्रभित्र सदस्यहरुलाई पायक पर्ने स्थानमा साधारण सभाको आयोजना गर्नुपर्ने, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुन तथा यस निर्देशन बमोजिम साधारण सभा सम्पन्न गरी सोको एक महिनाभित्र प्राधिकरणमा विद्युतीय प्रणाली मार्फत संक्षिप्त प्रतिवेदन पेश गर्नुपर्ने र यी निर्देशनको पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने कुरा उल्लेख गरिएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप