कड्फन’ सञ्चालन समितिको वैठक सम्पन्न, कार्तिकमा साधारणसभा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कड्फन’ सञ्चालन समितिको वैठक सम्पन्न, कार्तिकमा साधारणसभा

काठमाडौं । क्रेडिट युनियन डिभेलपमेन्ट फाउन्डेशन नेपाल (कड्फन) कार्यसमितिको वैठक असोज ३१ गते शुक्रबार सम्पन्न भएको छ । नेफ्स्कूनका पूर्व अध्यक्ष एवं कड्फनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा आयोजित वैठक नेफ्स्कूनको नवनिर्मित भवनमा बसेको थियो । वैठकमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहित ६ जनाको उपस्थिति रहेको थियो । बैठकले ७ सदस्यीय कार्यसमितिको संख्या थप गरी ९ सदस्यीय बनाउन आगामी साधारणसभाबाट अनुमोदन गराउने निर्णय गरेको छ । त्यसैगरी कड्फनको आगामी १८औँ साधारणसभा यही कार्तिक २८ गते गर्ने निर्णय समेत वैठकले गरेको छ ।

२०६८ सालमा दर्ता भएको ‘कड्फन’ राष्ट्रिय स्तरको गैरनाफामूलक संस्था हो । नेपालको बचत तथा ऋण सहकारी अभियानको सबलीकरण एवम् सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यका साथ गठन गरिएको राष्ट्रिय स्तरको गैरनाफामूलक संस्था कड्फनलाई क्रियाशील बनाउने र प्रभावकारिता वृद्धि गर्ने सम्बन्धमा गहन निर्णयहरु वैठकले गरेको छ । कड्फनलाई जीवन्त बनाउन र यसको दायरा फराकिलो बनाउन नेफ्स्कूनका पूर्व तथा वहालवाला कर्मचारीहरुको समेत सहभागिता बढाउनुपर्ने विषयमा अध्यक्ष बस्नेतले आफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरि ७५ वर्षभन्दा माथि उमेर समुहका सदस्यहरुलाई मानार्थ सदस्यमा राख्ने निर्णय वैठकले गरेको छ । कड्फन सञ्चालन समितिमा नेफ्स्कूनका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, प्रमुख  कार्यकारी अधिकृत साथै पूर्व संचालकहरू पूर्व लेखा सुपरिवेक्षण समिति र पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सदस्य रहन सक्ने व्यवस्था विधानमा उल्लेख छ । कड्फन समग्र साकोस अभियान र नेफ्स्कूनको सहयोगी संस्थाको रुपमा रहँदै वित्तीय सहकारी अभियानको रक्षकवच बन्ने विश्वास व्यक्त गरिएको छ । 
 
२०८१ पुस १८ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले नेफ्स्कूनका पूर्व अध्यक्ष डिबी बस्नेतको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको थियो ।  कड्फनको वर्तमान सञ्चालक समितिको उपाध्यक्षमा संघका पूर्व सञ्चालक श्याम बहादुर श्रेष्ठ, सचिवमा पूर्व कोषाध्यक्ष दीपक पनेरु, कोषाध्यक्षमा संघका पूर्व का.मु. प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी र सञ्चालक सदस्यहरुमा पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक अर्जुन पुडासैनी, पूर्व सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रादेवी महतो निर्वाचित हुनुभएको थियो । यस वैठकमा नेफ्स्कूनको व्यवस्थापनबाट बरिष्ठ अधिकृत नविन राज दाहाल, अधिकृत रिता सुवेदी र अधिकृत राधा पौडेलको समेत उपस्थिती रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप