सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम चितवनमा सम्पन्न..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम चितवनमा सम्पन्न..

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय चितवनको आयोजनामा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम कार्तिक २० गते सम्पन्न भएको छ । 

नेफ्स्कून सञ्चालक गोपाल प्रसाद गौतमको अध्यक्षतामा भएको तालिमको सहजीकरण तालिम विभागका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । तालिममा सम्पत्ति शुद्धिकरणका चरणहरू, सहकारीमा जोखिमका सम्भावित माध्यमहरू र नियन्त्रणका उपायहरूबारे व्याख्या गरिएको थियो ।

सहकारी संस्थामा पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न सम्पत्ति शुद्धिकरण निवारण तालिम आवश्यक रहेको छ । तालिमको मुख्य उद्देश्य सहकारीहरूमा अवैध धन भित्रिने सम्भावनाबारे चेतना अभिवृद्धि गर्नु, जोखिम व्यवस्थापनका उपायहरू सिकाउनु र सम्बन्धित कानुनी प्रावधानहरूको जानकारी दिनु रहेको थियो ।

सहजीकरणका क्रममा सम्पत्ति शुद्धिकरणको अर्थ, प्रक्रिया र सहकारी संस्थामार्फत कसरी अवैध सम्पत्ति भित्रिन सक्छ भन्ने विषयमा व्याख्या गरिएको थियो। साथै, अवैध क्रियाकलाप पहिचान गर्ने उपायहरू, सदस्यको पहिचान, संकास्पद कारोबारको रिपोर्टिङ प्रक्रिया र नियामक निकायहरूद्वारा तोकिएको मापदण्डहरूको जानकारी प्रदान गरेको थियो ।

विभिन्न साकोसका अध्यक्ष, सचिव, कोषाध्यक्ष, व्यवस्थापक, ऋण अधिकृत तथा शाखा प्रमुखहरू गरी ४६ भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन गणेश ढकाल र व्यवस्थापन चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले गर्नुभएको थियो ।

नेपालको सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार सहकारीहरू वित्तीय संस्था भएकाले ऐनको दायरामा पर्छन्  त्यसैले सम्पत्ति शुद्धिकरणको जोखिम न्यूनीकरण गर्न सहकारी सञ्चालक र कर्मचारीहरूलाई तालिम दिई सजग बनाउनु अत्यावश्यक मानिएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप