मोरङ स्थित एकीकृत जनभावना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङ स्थित एकीकृत जनभावना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लेटाङ, मोरङको स्थलगत सुपरिवेक्षण कार्तिक २६ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा सुशासन र दिगोपनाको प्रर्बधन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सदस्यहरुको आर्थिक बिकास, शुसासन प्रत्याभुति र बचतकर्ताको बिश्वासको वातावरण श्रृजना गर्दै राज्य र नियमन निकायहरुसंग सहकार्य र समन्वय गरि  बिभिन्न समयमा जारि नीति, निर्देशिका र कार्यबिधिका बारेमा साकोसहरुलाई सुशूचित गर्ने उद्धेश्यले स्क्यान कार्यक्रम मार्फत साकोसलाई अनुशासित र वित्तीय सुब्यवस्थित बनाउने कार्यमा अभियान निरन्तर क्रियाशिल छ । अनुगमनका क्रममा स्क्यानका सूचकहरुमा अभ्यास गराई साकोसको अवस्था बिश्लेषण गरिएको र वित्तीय जोखिम बिश्लेषण सम्बन्धि जानकारी र  भाखा नाघेका ऋण अशुलिमा कानूनि प्रकृयाका बिषयमा सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो।

संघका तर्फबाट अनुगमन अधिकृत मुकेश दाहालले स्थलगत रुपमा अनुगमन गर्नु भएको थियो । संस्थाबाट अध्यक्ष हेरम्मराज भट्टराई, उपाध्यक्ष उद्दव कोईराला, कोषाध्यक्ष करण ढकाल, सह सचिब चण्डीका कट्टेल सहित सदस्यहरू, लेखा सुपरिवेक्षण समिति सदस्य मुनादेवी आचार्य  र कार्यकारी अधिकृत भवानी शंकर चापागाञी सहित ब्यवस्थापन कर्मचारीहरुको उपस्थिति रहेको थियो । साकोसको स्थलगत अनुगमन पश्चात पल्सको मापदण्ड अनुरुप अधिकांश सूचकहरुको यथा अवस्थालाई निरन्तरता दिने  प्रतिबद्धता ब्यक्त भएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप