स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्ना सदस्यहरुको नियमित जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विकास गरी अनिवार्य सहभागिता सहित कार्यान्वयनमा ल्याएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) सम्बन्धि अभिमुखिकरण जिल्ला बचत संघ पर्सा र बारामा साकोसहरुका प्रतिनिधि समेतको उपस्थितिमा कात्तिक २७ गते सम्पन्न भएको छ ।

नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालय विरगंज, पर्सामा सञ्चालक एवम् व्यवस्थापन उपसमिति संयोजक शोभा कुमारी राउतको विशेष उपस्थितिमा स्क्यान कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका सन्दर्भमा अन्तरक्रियात्मक छलफल भएको थियो । छलफलमा निवर्तमान सञ्चालक एवम् जिल्ला बचत संघ पर्साका अध्यक्ष हरेराम प्रसाद पट्टेल, व्यवस्थापन उपसमिति सदस्यहरु र विभिन्न साकोसबाट अध्यक्षहरु साथै व्यवस्थापन प्रमुखहरुको उपस्थिति रहेको थियो । सो अवसरमा स्क्यान कार्यक्रम कार्यान्वयनमा सबैले सहयोग गर्ने प्रतिवद्धता सहित महत्वपूर्ण सल्लाह, सुझाव राख्नु भएको थियो ।

नेफ्स्कून सञ्चालक एवम् व्यवस्थापन उपसमिति संयोजक शोभा कुमारी राउतको विशेष उपस्थितिमा बारा जिल्ला बचत संघको कार्यालयमा अध्यक्ष सतेन्द्र प्रसाद ठाकुर र व्यवस्थापक हरि शंकर चौधरी समेतको उपस्थितिमा जोखिम न्यूनिकरणका लागि जिल्ला भरका साकोसहरुलाई स्क्यान कार्यक्रममा सहभागि गराउने विषयमा केन्द्रीत रहेर अन्तरक्रिया भएको थियो ।

विरगंज साकोसका व्यवस्थापक एवम् कर्मचारीहरुसँग समेत जोखिम विश्लेषण सहितको स्क्यान कार्यक्रममा सहभागिता सम्बन्धमा छफलफ भएको छ । छलफलमा बढ्दो जोखिमलाई न्यूनिकरण गर्न नियमित सुपरिवेक्षण आवश्यक भएकोले व्यवस्थापनको तहबाट आवश्यक पहल गरी कार्यक्रममा सहभागि हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सबै छलफल तथा भेटघाटमा कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई, पर्सा सदस्य सेवा कार्यालय ईञ्चार्ज दिपेन्द्र साह र सहजकर्ता रामानन्द प्रसाद यादवको उपस्थिति रहेको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप