कास्की । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत जय मनकामना बचत तथा ऋण सहकारी संस्था. लि. पोखरा १९, कास्कीको मंसिर १ र २ गते भएको स्थलगत सुपरिवेक्षण मंसिर २ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो । संस्थाको स्तरीकरणका लागि बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।
नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्काद्धारा सहजिकरण भएको सुपरिवेक्षणमा सस्थाका पदाधिकारी, कार्यदल र उच्च ब्यबस्थापन समक्ष छलफल गरि सुधारउन्मुख हुँदै जाने प्रतिबद्धता व्यक्त भएको छ ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि