रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली न.पा.१, रामेछापको स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण मंसिर २ गते सम्पन्न गरेको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो । यस संस्था प्रोवेशन कार्यक्रममा आवद्ध छ । संस्थाको स्तरीकरणका लागि नियामकिय व्यवस्था कार्यान्वयन, कार्यालय व्यवस्थापन, वित्तीय व्यवस्थापन लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।
नेफ्स्कून कार्यक्रम अधिकृत सुमनराज घिमिरेद्धारा सहजिकरण भएको सुपरिवेक्षणमा संस्थाका अध्यक्ष शिवराज श्रेष्ठ कार्यदल संयोजक तिलक कार्कि लगायत सञ्चालक र उच्च ब्यबस्थापन समक्ष छलफल गरि सुधारउन्मुख हुँदै जाने प्रतिबद्धता व्यक्त भएको छ ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
१० दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि
४७ दिन अगाडि