कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून ) संग टिकापुर न.पा १, कैलाली स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. नियमित निरीक्षण अनुगमन कार्यक्रममा मंसिर ४ गते आबद्ध भएको छ ।
सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
जनकल्याण बचत तथा ऋण सहकारी सस्थां लि. का सहायक ब्यवस्थापक सरोज पौडेल र कार्यालय सहायक सुनिल चौधरी टिकापुर न.पा १ कैलालीका र नेफ्स्कून धनगढी सदस्य सेवा कार्यालयका ईन्चार्ज दिपक राज जोशीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट बरिष्ठ कार्यक्रम अधिकृत नबिन राज दाहाल र दोस्रो पक्ष साकोसको तर्फबाट साकोसका अध्यक्ष नृप राज भण्डारीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
२४ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१३ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि
१० दिन अगाडि
१२ दिन अगाडि