मोरङ स्थित नारीसंकल्प साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङ स्थित नारीसंकल्प साकोसमा स्थलगत सुपरिवेक्षण  सम्पन्न

मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम  (स्क्यान) अन्तर्गत नारीसंकल्प वचत तथा ऋण सहकारी संस्था लिमिटेड, उर्लावारी न.पा. ७, मोरङको  स्थलगत सुपरिवेक्षण मंसिर ८ गते सम्पन्न गरेको छ। 

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षण,MIS अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।

नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत महेश वराल, संस्थाको तर्फबाट संचालक समितिका पदाधिकारीहरु , संचालक सदस्य, व्यवस्थापक लगायत  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप