नयाँपाटी साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँपाटी साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न 

काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि तथा सहकारी नेतृत्वप्रति आवश्यक ज्ञान अभिमुखीकरण गर्ने उद्देश्यसहित एक दिवशीय पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम मंसिर १५ गते सम्पन्न गरेको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ३१ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सहकारीको सुशासन, सदस्यको दायित्व र भूमिका, नेतृत्व विकास, सहकारी क्षेत्रमा अपनाउनु पर्ने पारदर्शिता एवं उत्तरदायित्वका विषयमा विस्तृत जानकारी प्राप्त गरेका थिए । अभिमुखिकरणले सहकारी व्यवस्थापनमा सदस्य–नेतृत्वको सहभागिता कस्तो रूपमा प्रभावकारी बन्न सक्छ भन्नेबारे समेत व्यावहारिक दृष्टिकोण प्रदान गरेको छ ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपानेले प्रशिक्षण सामग्री प्रस्तुत गर्दै सहकारी क्षेत्रको वर्तमान चुनौती, अवसर, जोखिम व्यवस्थापन, सदस्य शिक्षाको महत्व तथा सहकारी संचालनमा आवश्यक प्राविधिक पक्षबारे सहजीकरण गर्नुभएको थियो ।

समितिमा बस्ने व्यक्तिले सहकारीको मूल्य मान्यता ,सिद्धान्त , समितिको काम कर्तव्य र अधिकारका साथै राज्यको प्रचलीत कानुन को बारेमा समेत पष्ट पारिएको थियो । 

नयाँपाटी साकोसले यस्ता कार्यक्रमले सहकारी तथा सदस्यहरूको क्षमतामा थप वृद्धि हुने विश्वास व्यक्त गरेको छ । संस्था भविष्यमा समेत सदस्य विकास तथा संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप