मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनद्वारा लालीगुंरास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेलबारी, मोरङको स्थलगत सुपरिवेक्षण मंसिर १७ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनले सहकारी संस्थाहरूमा सुशासन र दिगोपनाको प्रर्बधन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सदस्यहरुको आर्थिक बिकास, शुसासन प्रत्याभुति र बचतकर्ताको बिश्वासको वातावरण श्रृजना गर्दै राज्य र नियमन निकायहरुसंग सहकार्य र समन्वय गरि बिभिन्न समयमा जारि नीति, निर्देशिका र कार्यबिधिका बारेमा साकोसहरुलाई सुशूचित गर्ने उद्धेश्यले स्क्यान कार्यक्रम मार्फत साकोसलाई अनुशासित र वित्तीय सुब्यवस्थित बनाउने कार्यमा अभियान निरन्तर क्रियाशिल छ । अनुगमनका क्रममा स्क्यान कार्यक्रम र यसका सूचकहरुक बारेमा ासाकोसको संचालक समिति र कर्भचारी बिच छलफल गरियो । वित्तीय जोखिम बिश्लेषण सम्बन्धि जानकारी र भाखा नाघेका ऋण अशुलिमा बिशेष ध्यान दिई कानूनि प्रकृयाका बिषयमा सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो।
संघका तर्फबाट अनुगमन अधिकृत मुकेश दाहालले स्थलगत रुपमा अनुगमन गर्नु भएको थियो । साकोसबाट साकोसका कोषध्यक्ष खगेन्द्र प्रसाद ओझा, सहसचिब राजेशजंग कार्की, संचालक सदस्य बिकास बुढाथोकी र ब्यवस्थापक केशव रुपाखेती सहित ब्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । साकोसका तर्फबाट समितिका सदस्यहरुले स्थलगत अनुगमन पश्चात संघले संस्थागत बिकासका लागि शुरु गरेको स्क्यान कार्यक्रममा सहभागि भै साकोसलाई अझ प्रभावकारी ढगंबाट संचालन गर्नेमा साकोस प्रतिबद्ध रहेको बताउनुभयो ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि