चितवन । बसेनी बचत तथा ऋण सहकारी संस्था लि. ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा मंसिर १७ गते आबद्धता जनाएको छ ।
आबद्ध संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित, एक्सेस, प्रोबेसन तथा कर्वस् कार्यक्रमको सिकाइका आधारमा विकास भएको कार्यक्रम (स्क्यान) ले आबद्ध सबै संस्थालाई अनुगमन गर्ने लक्ष्य राखेको छ । संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू, वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू, पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था, पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि सम्झौता गरी कार्यान्वयन गरिएको हो । यसय स्वनियमनको अभ्यासमा सहभागी भई साकोसको आर्थिक बृद्धि र सामाजिक छवि निर्माणमार्फत सदस्यमा केन्द्रित सेवाहरु प्रवाहीकरणमा यस कार्यक्रमले मार्गको काम गर्नेछ ।
साकोसका अध्यक्ष भरत ढकाल, सचिव कमल कंडेल, सल्लाहकार संयोजक हरी बहादुर रानाभाट,नि. व्यवस्थापक गीतादेवी शर्मा,बजार व्यवस्थापन प्रमुख शंभुलाल श्रेष्ठ र नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला सुवेदी,बरिष्ठ सहायक केदारनाथ अधिकारी र सहायक सन्तोष अधिकारीको उपस्थितिमा सम्र्झौता सम्पन्न भएको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७५ दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि