प्रभात दिदीबहिनी साकोसका सञ्चालकहरुको लागि क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभात दिदीबहिनी साकोसका सञ्चालकहरुको लागि क्षमता विकास तालिम सञ्चालन

चितवन  । चितवनको भरतपुरमा रहेको प्रभात दिदीवहिनी साकोसले सञ्चालकहरुको क्षमता विकास तालिम सञ्चालन गरेको छ । मंसिर २४ गते सम्म सञ्चालन हुने यस तालिम मंसिर २१ गते देखी सुरु भएको हो । साकोस सञ्चालनको विधि, प्रक्रिया, सञ्चालकहरुको ज्ञान, सीप तथा क्षमता बारे बुझन साथै वर्तमान अवस्थामा परिवर्तित नियामकिय व्यवस्थाहरुको बारेमा अभ्यस्त हुनको लागि यस तालिमको सञ्चालन गरिएको हो । 

संस्थाको अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता तथा नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा अतिथिको रुपमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ का लेखा सुपरिवेक्षण समिति सदस्य सरस्वती कतीला सहित सहकारी संस्थाको सञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा उपसमिति र कर्मचारी गरी २० जनाको सहभागिता रहेको छ ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अिितथि अधिकारीले यस तालिममा गरिएको लगानी अनुसारको उपलब्धी हुने गरी सक्रिय रुपमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको थियो । सबै व्यक्तिहरु सबै क्षेत्रमा दक्ष्य हुदैनन् तर आफुले काम गरिरहेको क्षेत्रमा भने आधारभुत ज्ञान लिनु आवश्यक रहन्छ भन्दै ज्ञान तथा दक्षता विकास गर्नमा तालिमले सहयोग पुग्ने कुरा दर्शाउनु भएको थियो । हाल केही सहकारीहरुमा आएको समस्याले साकोस अभियानमा प्रहार भइरहेको कुरा राख्दै अरु कस्तो छन के गर्दै छन् भन्दापनि आफुले विधि, सिद्धान्त र कानुन अनुसार शुद्ध भएर सञ्चालन गरेमा डराउनु नपर्ने कुरा राख्नुभयो । हाल बचत ऋण सहकारीको नियमनको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भई मापदण्ड जारी गर्दै दर्ता कार्य पनि सुरु गरेको कुरा राख्नुहुदै हाल परिवििर्तत कानुन तथा व्यवस्थाहरुको बारेमा सबैले बुझ्नु अनिवार्य रहेको कानुन जानिन भन्न नपाइने हुनाले सबैजना समयमानै जिम्मेवार पुर्वक अध्यावधिक हुनको लागि अनुरोध गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष साधना श्रोष्ठले चार दिनको वसाईमा आफुलाई संस्थाले गरेको लगानीको बारेमा हेक्का राख्दै सबै सहभागिहरुलाई सक्रिय सहभागिताको लागि अनुरोध गर्नुभएको थियो । हामि सञ्चालक समितिहरु संस्थाको विकासको लागि प्रतिवद्ध भएर आइसकेपछी सबै काम व्यस्थित र विधिसंगत गर्नुपर्ने भएकाले हरेक विषयहरुमा नियमित अध्यावधिक भइरहने र हामिले गरेको कमाले गर्दा आगामि दिनमा संस्था देशभर चिनिने गरी कार्य गर्नुपर्ने कुरा सबैलाई राख्नुभयो । संस्थाका सचिव मञ्जु रेग्मी ले सञ्चालन गरेको क्षमता विकास तालिम कार्यक्रमको सहजिकरण नेफ्स्कून्का बरिष्ड अधिकृत कोमलराज अधिकारी र अधिकृत श्याम राजा तिमल्सिनाले गरिरहनुभएका छन । कार्यक्रम चितवनको विरेन्द्रनगरमा सञ्चालन भइरहेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप