दर्ता तथा अभिलेखीकरण सम्बन्धी भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दर्ता तथा अभिलेखीकरण सम्बन्धी भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको दर्ता तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि अनुरूप भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंसिर २१ गते जुम मार्फत सम्पन्न कार्यक्रममा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता प्रक्रिया तथा प्राविधिक पक्षका बारेमा विस्तृत जानकारी गराइएको थियो। 

कार्यक्रममा “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२” र National Cooperative Regulatory System (NCRS) सफ्टवेयर सम्बन्धी प्रावधानहरूबारे सहजीकरण गरिएको थियो। सहकारी संस्थाहरूको अनिवार्य दर्ता प्रक्रिया, आवश्यक कागजात, प्राविधिक तयारी तथा आगामी कार्ययोजनाका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विजय पौडेल, नेफ्स्कूनका प्राचार्य वल्लभ तिमल्सिना तथा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने ले सहजीकरण गर्नुभएको थियो। वक्ताहरूले सहकारी संस्थाहरूलाई समयमै दर्ता प्रक्रियामा सहभागी हुन, कानुनी दायराभित्र रहेर सञ्चालन गर्न तथा संस्थागत पारदर्शिता अभिवृद्धि गर्न आग्रह गर्नुभयो। 

कार्यक्रममा मापदण्ड र सफ्टवेयर मार्फत संस्था दर्ता गर्दा देखिन सक्ने प्राविधिक चुनौती, समाधानका उपाय तथा भविष्यमा सहकारी क्षेत्रको नियमन प्रणाली कसरी थप प्रभावकारी बन्छ भन्ने विषयमा समेत व्यापक छलफल भएको थियो। सहभागी संस्थाहरूबाट उठाइएका जिज्ञासा, समस्या तथा सुझावको सहजकर्ताहरूले स्पष्ट समाधान समेत प्रस्तुत गर्नु भएको थियो। 

यस अभिमुखीकरणबाट सहभागी सहकारी संस्थाहरूलाई प्राधिकरणमा संस्था दर्ता गर्न थप सहज हुने विश्वास लिइएको छ। कार्यक्रमले सहकारी संस्थाहरूमा दर्ता तथा अभिलेखीकरणप्रतिको जागरूकता बढाउनुका साथै प्रणालीगत सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा देशभरका विभिन्न सहकारी संस्थाका सञ्चालक, व्यवस्थापन प्रमुख तथा अन्य कर्मचारीहरू गरी ५०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।https://youtu.be/4YpHMiYLVp4uuuuuuuuul,

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप