दर्ता तथा अभिलेखीकरण सम्बन्धी भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दर्ता तथा अभिलेखीकरण सम्बन्धी भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको दर्ता तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि अनुरूप भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंसिर २१ गते जुम मार्फत सम्पन्न कार्यक्रममा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता प्रक्रिया तथा प्राविधिक पक्षका बारेमा विस्तृत जानकारी गराइएको थियो। 

कार्यक्रममा “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२” र National Cooperative Regulatory System (NCRS) सफ्टवेयर सम्बन्धी प्रावधानहरूबारे सहजीकरण गरिएको थियो। सहकारी संस्थाहरूको अनिवार्य दर्ता प्रक्रिया, आवश्यक कागजात, प्राविधिक तयारी तथा आगामी कार्ययोजनाका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विजय पौडेल, नेफ्स्कूनका प्राचार्य वल्लभ तिमल्सिना तथा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने ले सहजीकरण गर्नुभएको थियो। वक्ताहरूले सहकारी संस्थाहरूलाई समयमै दर्ता प्रक्रियामा सहभागी हुन, कानुनी दायराभित्र रहेर सञ्चालन गर्न तथा संस्थागत पारदर्शिता अभिवृद्धि गर्न आग्रह गर्नुभयो। 

कार्यक्रममा मापदण्ड र सफ्टवेयर मार्फत संस्था दर्ता गर्दा देखिन सक्ने प्राविधिक चुनौती, समाधानका उपाय तथा भविष्यमा सहकारी क्षेत्रको नियमन प्रणाली कसरी थप प्रभावकारी बन्छ भन्ने विषयमा समेत व्यापक छलफल भएको थियो। सहभागी संस्थाहरूबाट उठाइएका जिज्ञासा, समस्या तथा सुझावको सहजकर्ताहरूले स्पष्ट समाधान समेत प्रस्तुत गर्नु भएको थियो। 

यस अभिमुखीकरणबाट सहभागी सहकारी संस्थाहरूलाई प्राधिकरणमा संस्था दर्ता गर्न थप सहज हुने विश्वास लिइएको छ। कार्यक्रमले सहकारी संस्थाहरूमा दर्ता तथा अभिलेखीकरणप्रतिको जागरूकता बढाउनुका साथै प्रणालीगत सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा देशभरका विभिन्न सहकारी संस्थाका सञ्चालक, व्यवस्थापन प्रमुख तथा अन्य कर्मचारीहरू गरी ५०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।https://youtu.be/4YpHMiYLVp4uuuuuuuuul,

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप