भक्तपुर स्थित श्री अरनिको नमुना साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर स्थित श्री अरनिको नमुना साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका, वडा नं ३, गठ्ठाघरमा अवस्थित श्री अरनिको नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) कार्यान्वयनका लागि औपचारिक रूपमा सम्झौता गरी मंसिर २५ गते आबद्ध भएको छ।

कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सम्झौतापछि सञ्चालक तथा व्यवस्थापनलाई स्क्यान कार्यक्रमको महत्व र यसले संस्थाको व्यवसायिकतामा पार्ने सकारात्मक प्रभावका बारेमा अभिमुखीकरण गर्नुभएको थियो।

संस्थाका मुख्य ब्यवस्थापक दिपक प्रसाद संजेलले स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मार्गदर्शन कार्यान्वयनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सदस्य सुरक्षा र सन्तुष्टि सहितको सुशासित संस्था निर्माणका लागि व्यवस्थापन र सञ्चालक सदैव लागि पर्ने  बताउनु भयो ।

संस्थाका अध्यक्ष विश्वनाथ शर्माले स्क्यान कार्यक्रममा आबद्ध हुन पाउँदा संस्था उत्साहित भएको र यसले संस्थालाई थप व्यवस्थित र जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयको छ ।

संस्थामा जम्मा ३२९७ जना शेयर सदस्यहरू छन भने शेयर पूँजी १८ करोड भन्दा बढी रहेको छ । संस्थाको कुल सम्पत्ति रु. १ अर्ब ३७ करोडभन्दा बढी रहेको छ, र ऋण लगानी रु. ८८ करोडभन्दा बढी संस्थाको कुल बचत संकलन रु. १ अर्बभन्दा बढी रहेको छ । स्क्यान कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम हो। यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको छ। यो नेफ्स्कूनको पूर्ववर्ती स्तरीकरण कार्यक्रम (जस्तै: एक्सेस, प्रोवेसन) को परिमार्जित र एकीकृत स्वरूप हो।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप