पूँजी पर्याप्तता विश्लेषण तालिम सुर्खेतमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूँजी पर्याप्तता विश्लेषण तालिम सुर्खेतमा सम्पन्न

सुर्खेत ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा मिति २०८२ मङ्सिर २५ गते १ दिने सहकारीमा वित्तीय व्यवस्थापनका लागि पूँजी पर्याप्तता विश्लेषण तालिम नेफ्स्कून म्यानेर्जस क्ल्बका सदस्य तथा कर्णाली प्रदेश संयोजक छत्र बहादुर थापाको अध्यक्षतामा  सम्पन्न भएको छ ।

तलिममा संचालक, व्यवस्थापक र सहायक कर्मचारी गरि २४ भन्दा बढीको सहभागिता रहेको थियो । एक दिने पूँजी पर्याप्तता विश्लेषण तालिमको बारेमा संयोजक  छत्र बहादुर थापाले नेपाल सरकारका नियामक निकायहरु सहकारी विभाग, राष्टीय सहकारी नियमन प्राधिकरण, राष्ट्र बैंकले जारी गरेका निर्देशनहरुलाई पालना गर्न र हाल सहकारी संस्थामा देखीएका समस्या, चुनौतीहरु  यस तालिमले सहकारीका कर्मचारीहरुलाई सहजीकरण गर्नुमा साथै उक्त तालिम हालको समय अनुसार सहकारी संस्थाहरुला्ई आवश्यक रहेकाले तालिम आयोजना गरेकोमा संघलाई धन्यवाद दिदै आफनो मन्तव्य राख्नु भएको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तालिमको सहजीकरणमा प्रशिक्षक उमेश कोइरालाले तालिममा जोखिम भारीत सम्पत्तीको गणना विधि र पूँजी कोषको गणना विधिको प्रयोगात्मक रुपमा अभ्यास गराउँदै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट पूँजी कोष सम्बन्धि जारी गरिएको मापदण्डका विषयमा समेत छलफल गरिएको थियो । प्राधिकरणमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्था दर्ता गर्ने प्रकिया विषयमा पनि तालिममा छलफल गरिएको थियो । 

तालिममा उपस्थित सहभागीहरुले तालिम समय सान्दर्भिक एकदमै प्रभावकारी रहेको वताउनु भयो । कार्यक्रमको सञ्चालन नेफ्स्कून सुर्खेत, सदस्य सेवा केन्द्रका ईन्चार्ज मदन कुमार चन्दले गर्नु भएको थियो भने आवश्यक व्यवस्थापन कार्यालय सहायक पुष्पराज तिमिल्सिनाले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप