हरियाली स्वावलम्वन साकोस मकवानपुरमा पहिलो स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 हरियाली स्वावलम्वन साकोस मकवानपुरमा पहिलो स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट हरियाली स्वावलम्वन साकोस बकैया गाँउपालिका ९, कुसुमदमार मकवानपुरको स्क्यान अन्र्तगत पहिलो निरिक्षण तथा प्रोवेसन नियमित स्थलगत सुपरिवेक्षण पौष १५ गते सम्पन्न भएको छ । 

संस्थामा नियमित सुधार, आन्तरिक सुदृढिकरण सहित सुरक्षित र बलियो संस्था निर्माण गर्ने उद्देश्य सहित स्क्यान कार्यक्रममा आवद्ध भएको यस संस्थाको स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय अवस्था, सदस्यता, सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धमा नीतिगत अवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको  निरीक्षण गर्दै सुधारका क्षेत्रमा आवश्यक सुझाव पेश गर्दै सम्पन्न गरिएको थियो । 

संस्थाको व्यवस्थापक राम बहादुर घले नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको सदस्य सम्वन्ध विकास, आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको बताउनु भयो । स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाका अध्यक्ष होमनाथ घिमिरेले यस कार्यक्रमबाट संस्थाको नीति निर्माण तथा अद्यावधिक गर्न, नियामकीय प्रतिवेदन समयमा गर्दै सुशासन कायम गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुग्ने तथा निरन्तर सुपरिवेक्षण र मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट हालसम्म संस्था सुधारमा प्रभावकारी मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन टीम सक्रिय रहने बताउनु भयो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप