झापा, मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा विर्तामोड सेन्टर पोईन्ट होटेलमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला पुष २२ गते सम्पन्न भएको छ ।
संघले चालु आर्थिक वर्षदेखि लागू गरेको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत झापा र मोरङ जिल्लाका साकोसलाई लक्षित गरी उक्त कार्यशाला आयोजना गरेकोे हो ।
कार्यक्रममा संस्थामा देखिने जोखिम र त्यसको प्रभावकारी व्यवस्थापनका विषयमा तथा ऋण असुली न्यायाधिकरण सम्बन्धी कार्यविधि तथा कानुनी सवाल, बचत तथा ऋण सहकारीको नियमन र अनुगमन योजना, पूँजी पर्याप्तता, तरलता व्यवस्थापन, कर्जा सञ्चालन तथा सुशासन लगायत विषयमा सहजीकरण भएको थियो ।
झापा मोरङ जिल्लामा रहेको १९ वटा साकोसबाट प्रतिनिधित्व र संघको व्यवस्थापन टिम गरि ४१ जनाको सहभागितामा कार्यक्रम सहजीकरण नेफ्स्कून बरिष्ठ अधिकृत प्रेम राज वाग्ले, अधिकृत महेश बराल र पवन घिमिरेले गर्नुभएको थियो ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि