मोरङ । रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को स्क्यान नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा पौष २२ गते आबद्धता जनाएको छ ।
सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन गर्न र बिभिन्न समयमा नियमनकारी निकायहरुबाट दिईएका निर्देशनहरु पालनाका लागि संघले ३८ औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । समुदायमा आधारित रहेको र एक्सेस कार्यक्रममा लामो समयदेखि अभ्यास गरिरहेको साकोसको मुख्य कार्यालय रमाइलोमा र सेवाकेन्द्र दलेलिमा रहेको छ ।
साकोसको तर्फबाट साकोसका अध्यक्ष त्रिभुनाथ फुयाल,सचिव राजेश कार्की, संचालक सदस्य सुनिल पराजुली, सह ब्यवस्थापक पवित्रा खतिवडा र ब्यवस्थापक कृष्ण कुमारी अधिकारी र संघको तर्फबाट सदस्य सेवा बिभागका बिभागिय प्रमुख दुर्गा प्रसाद ढकाल, कार्यक्रम अधिकृत मुकेश दाहाल र अनुगमन सहायक डिल्लिराम तिम्सिनाको सहभागीता रहेको थियो । साकोसहरुको थप गुणस्तर सुनिश्चितताका साथै जोखिमहरुको निराकरणका लागि यो कार्यक्रम ल्याईएको हो । साकोसका अध्यक्ष त्रिभुनाथ फुयालले बजार जोखिम, संचालन तथा सुशासन जोखिम,ऋण जोखिम, तरलता जोखिम, बित्तिय जोखिम र कानुनि जोखिमका बिषयहरु न्युनिकरणका लागि स्क्यान कार्यक्रमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयको छ ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१५ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि