सुनसरी स्थित निसान साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 सुनसरी स्थित निसान साकोस स्क्यान कार्यक्रममा आबद्ध

सुनसरी । धरान उपमहानगरपालिका वडा न.६ पानबारी सुनसरी स्थित निसान बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा पौष २२ गते आबद्व भएको छ ।

संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो ।

आबद्ध संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित, एक्सेस,प्रोबेसन तथा कर्वस कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ ।

निसान साकोसका अध्यक्ष शिव कटुवाल, उपाध्यक्ष विश्वराज कार्की, ब्यवस्थापनका कर्मचारीहरु र संघको तर्फबाट सदस्य सेवा बिभागका बिभागिय प्रमुख दुर्गा प्रसाद ढकाल,कार्यक्रम अधिकृत मुकेश दाहाल र अनुगमन सहायक डिल्लिराम तिम्सिनाको सहभागीता रहेको थियो । साकोसहरुको  थप गुणस्तर सुनिश्चितताका साथै जोखिमहरुको निराकरणका लागि यो कार्यक्रम ल्याईएको हो । साकोसका अध्यक्ष शिव कटुवालले तरलता जोखिम, बित्तीय जोखिम,बजार जोखिम, संचालन तथा सुशासन जोखिम,ऋण जोखिम र कानुनि जोखिमका बिषयहरु न्युनिकरणका लागि स्क्यान कार्यक्रमले साकोसलाई ब्यवस्थित गरि न्यून जोखिममा दैनिक कार्य संम्पादनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप