मकवानपुरको सक्रिय महिला साकोसमा उद्यमीहरुका लागि लघु व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरको सक्रिय महिला साकोसमा उद्यमीहरुका लागि लघु व्यवसाय खेल तालिम सम्पन्न

मकवानपुर, फाखेल । सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र DSIK को प्राविधिक सहयोगमा साना व्यवसायी तथा उद्यमीहरुका लागि लघु व्यवसाय खेल -Micro Business Game_ तालिम पौष २२ गते सम्पन्न भएको छ ।  

पौष २० देखि २२ गतेसम्म सञ्चालित तालिम साकोसका अध्यक्ष श्रमिक लामाको अध्यक्षतामा भएको थियो ।  

अध्यक्ष लामाले सक्रिय महिला साकोसले संस्थाका शेयर सदस्यहरुलाई उद्यमी बनाउन र उनीहरुले गरिरहेको व्यवसाय विकासमा सहयोग गर्न नेफ्स्कूनसँगको प्राविधिक सहकार्यमा व्यवसाय विकास सेवा कार्यक्रम अगाडि बढाएको जानकारी गराउनुभयो । उद्यम विकाससँग सम्बन्धित सीप तालिमलाई आफ्नो व्यावसायिक अर्थात उद्यमशील जीवनमा जोड्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले सदस्यहरुमा दृढ ईच्छाशक्ति भयो भने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका उद्यम स्थापनाका लागि वृहत सम्भावना बोकेको क्षेत्र रहेको बताउँदै  व्यक्तिगत रुपमा पनि आफूले विभिन्न सम्भावनाहरु पहिचान गरि यो यो क्षेत्रमा काम गर्न सकिन्छ भन्ने विषयमा उद्यमीहरुलाई आवश्यक पर्दा सुझाव सल्लाहहरु प्रदान गर्दै आइरहेको समेत जानकारी गराउनुभयो । 

सदस्यहरुलाई उद्यमका लागि उत्प्रेरित गर्दै अध्यक्ष लामाले अव सहकारीका सदस्यहरुले यो यो उद्यम गरिरहेका छन् भनेर स्पष्ट रुपमा देखाउन सकिने गरि काम गर्न अनुरोध गर्दै उहाँले त्यस्ता उद्यम व्यवसायहरुमा अगाडि बढेर सफल आर्थिक जीविकोपार्जनका लागि शुभेक्षा सहित उज्वल भविष्य निर्माणको शुभकामना प्रदान गर्नुभयो ।

तालिममा सहभागी उद्यमी सदस्यहरुलाई स्वागत गर्दै साकोसका सचिव मान कुमारी तामाङले संस्थाले धेरै भन्दा धेरै सदस्यहरुलाई उद्यमी बनाउन र सदस्यहरुको आर्थिक जीवनस्तरमा सुधार ल्याउन यस्ता महत्वपूर्ण तालिमहरु आयोजना गरेको र यसलाई व्यवहारमा लैजान समेत अनुरोध गर्नुभएको थियो ।

सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजित उक्त तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्न सहयोग पुर्याएको थियो । तालिममा सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गराइएको थियो । तालिम पश्चात सहभागीहरुले खेलको माध्यमबाट व्यावसायिक सुधारको पक्षमा सही निर्णय लिन सकिने गरि प्रयोगात्मक सिकाई सिक्न पाएकोप्रति खुसी व्यक्त गरेका थिए । 

कार्यक्रममा साकोसका सञ्चालक समिति सदस्य सर्मिला भ्लोन र व्यवसाय विकास सेवा डेक्सका अफिसर सोम तामाङको पनि सहभागिता रहेको थियो ।  पौष २० देखि २२ गते सम्म सञ्चालन भएको तालिममा १८ जना उद्यमीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण संघका कार्यक्रम अधिकृत रिता सुवेदी र राधा पौडेलले गर्नुभएको थियो । 

तालिम अवधिमा थप समय व्यवस्थापन गर्दै साकोस र नेफ्स्कूनबीचको व्यवसाय विकास सेवा कार्यक्रम(द्यम्क् सम्झौता अनुरुप उद्यमी बन्न चाहनेहरुका लागि सम्भाव्य उद्यम छनौट तथा पहिचान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।  नेफ्स्कूद्वारा प्रवद्धित व्यवसाय विकास सेवा कार्यक्रम मार्फत सदस्यहरुमा उद्यमशिलता विकास गराई उद्यमीदेखि उद्योगपतिसम्मको लक्ष्य तय गर्न आवश्यक महत्वपूर्ण आधारहरुबारे विस्तृत छलफल गरिएको थियो । यसमार्फत सहकारीले सदस्यहरुमा सुरक्षित लगानी गर्दै वित्तीय र संस्थागत क्षमता अभिबृद्धि साथै उद्यम र व्यवसाय विकास गर्न सकिने प्रवर्धनात्मक कार्यहरुबारे जानकारी समेत गराइएको थियो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप