जोखिम व्यवस्थापन र सुशासनका लागि बिरगंजमा रहेको सुनौलो साकोस नेफ्स्कूनसंग स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम व्यवस्थापन र सुशासनका लागि बिरगंजमा रहेको सुनौलो साकोस नेफ्स्कूनसंग स्क्यान कार्यक्रममा आबद्ध

पर्सा  । सुनौलो  बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. ले संचालनमा ल्याएको स्क्यान कार्यक्रममा  पौष २३ गते आबद्ध भएको छ ।

नेफ्स्कूनले बिगतमा एक्सेस,प्रोवेशन र जोखिममा आधारित साकोस बिकास कार्यक्रम (कब्र्स) संचालन ल्याई रहेकोमा हाल संघको ३८ औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनि गरेको हो । सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रमले साकोसहरुको  वित्तीय सुशासन, सम्पत्ति शुद्धिकरण कार्यान्वयन अधिकारीले सम्बन्धित निकायमा तोकिए बमोजिम रिर्पोटिगं गर्ने कार्य, भाखा नाघेको ऋण असुलिमा प्रभावकारिता, जोखिम व्यवस्थापन, सक्षमता बिकास गर्न गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्राण्ड प्राप्त गर्न, योजनाबद्ध रुपमा साकोस संचालन सुनिश्चित गर्न, सहकारी मैत्रि ब्यवस्थापन सुनिश्चित गर्न, क्युरिमा ३६० अनुरुप क्षेत्रगत जोखिम न्युनिकरण गर्न र सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई  र अनुगमन सहजकर्ता  रामानन्द प्रसाद यादव,दिपेन्द्र साह दोस्रो पक्ष बाट  साकोसका अध्यक्ष सुरेश प्रसाद कोईरी ,सचीव रौशन कुमार राय यादव, व्यवस्थापक रामजनम प्रसाद महतो ,प्रमुख लेखपाल रामकलेवर राय यादवको उपस्थिति रहेको थियो । प्रथम पक्षको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता भएको हो । साकोसका अध्यक्षले स्क्यान कार्यक्रममा नियमित निरीक्षणमा रहि सुचकहरुको पालना गरि साकोसलाई थप उचाईमा पुर्याउने बिश्वास ब्यक्त गर्नुभयको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान

२ दिन अगाडि

एभरेष्ट साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
एभरेष्ट साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न
झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्पन्न
ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्...

४ दिन अगाडि

स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

६ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

६ दिन अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्वारा क्याटरिङ सेवाका लागि शिलबन्दी दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा क्याटरिङ सेवाका लागि शिलबन्दी दरभाउपत्र आह्वान

१६ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

९ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

१० दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३० दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३० दिन अगाडि

कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 

८९ दिन अगाडि

पाठकबाट थप