सहकारीहरूले लिन थाले कर्जा सूचना केन्द्रको सदस्यता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरूले लिन थाले कर्जा सूचना केन्द्रको सदस्यता

काठमाडौं । कर्जा सूचना केन्द्रले सञ्चालनमा ल्याएको सदस्यता संस्था दर्ता प्रणाली मार्फत बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले सदस्यता प्राप्त गर्न थालेका छन्।

सोही क्रममा ललितपुरको लगनखेल स्थित मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था, काभ्रेको ज्योति मिर्मिरे सामूहिक साकोस र विन्दवासिनी साकोस, मोरङको मनकामना साकोस, रुपन्देहीको जनउत्थान साकोस र सुर्खेत स्थित विरेन्द्रनगर साकोसले कर्जा सूचना केन्द्रको सदस्यता लिएका छन्। 

केन्द्रले आइतबार हाम्रो साकोस सदस्यता नम्बर ०१, विरेन्द्रगर साकोस सदस्यता नम्बर ११ प्रदान गरेको हो भने ज्योति मिर्मिरे साकोसले सदस्यता नम्बर २ र विन्दवासिनी साकोसले नम्बर ८ प्राप्त गरेका छन्।

अनलाइन आवेदन पेश गर्दा कर्जा सूचना केन्द्र लिमिटेडलाई सम्बोधन गरिएको आवेदन पत्र, सञ्चालक समितिको निर्णय र स्वीकृति पत्र, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) को दर्ता पत्र, सहकारी दर्ता प्रमाणपत्र तथा PAN दर्ता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने केन्द्रले जनाएको छ ।

अनलाइन प्रणाली सदस्यता दर्ताका लागि मात्र प्रयोग हुने केन्द्रले स्पष्ट पारेको छ। कर्जा सूचना प्रतिवेदन उत्पादन, कालोसूचीकरण वा अन्य सेवा प्रयोजनका लागि यो प्रणाली प्रयोग नहुने केन्द्रले स्पष्ट पारेको छ।

कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेसँगै सहकारी क्षेत्रमा पारदर्शिता, कर्जा अनुशासन, जोखिम व्यवस्थापन तथा दोहोरो कर्जा न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप