नेफ्स्कूनद्वारा ‘स्क्यान’ कार्यक्रम अन्तर्गत सामूहिक साकोसमा स्थलगत सुपरीवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा ‘स्क्यान’ कार्यक्रम अन्तर्गत सामूहिक साकोसमा स्थलगत सुपरीवेक्षण

भक्तपुर । सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षालाई मुख्य चुनौतीका रूपमा हेरिँदै आएको सन्दर्भमा भक्तपुरको बोलाछें  स्थित सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम ‘स्क्यान’ कार्यक्रम अन्तर्गत माघ २० गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ । 

स्थलगत सुपरीवेक्षणमा नेफ्स्कूनका तर्फवाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता राजेश सापकोटाको उपस्थिति रहेको थियो । स्थलगत सुपरीवेक्षणमा सामूहिक साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालनाको अवस्थाबारे गहिरो अध्ययन गरेको हो । सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।

सुपरीवेक्षणमा विशेष गरी डिजिटल सुशासन र पारदर्शिता अन्तर्गत कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था तथा गोएमएल मार्फत सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारिता, सम्पत्ति तथा दायित्व व्यवस्थापनको वैज्ञानिक विश्लेषण मार्फत वित्तीय सन्तुलन, साथै सदस्य केन्द्रित सेवाअन्तर्गत साधारण सभाको गुणस्तर र कार्यालय व्यवस्थापनको आधुनिक स्वरूपबारे मूल्याङ्कन गरिएको थियो । सुपरीवेक्षणपछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरू र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यस अवसरमा सामूहिक साकोसको सञ्चालक समिति र व्यवस्थापन टोलीले प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न सामूहिक साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस किसिमको पहलले समग्र सहकारी अभियानमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप