दोलखामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको व्यवस्थापनमा साकोस जोखिम ब्यबस्थापन ३६० कार्याशाला दोलखा चरिकोटमा माघ २० गते सम्पन्न भएको छ । 

कार्यक्रमको अध्यक्षता सदस्य सेवा कार्यालय दोलखाको व्यवस्थापन उपसमितिका सदस्य राजन श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेफ्स्कूनका पूर्व सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष जिवशराज खड्काको उपस्थिति रहेको थियो । 

कार्यक्रममा दोलखा सदस्य सेवा कार्यालयमा व्यवस्थापन उपसमिति सदस्य माधव दाहाल बाल कुमार गिरी दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का लेखा संयोजक गोपालध्वज श्रेष्ठ कार्यक्रम अधिकृत राजन सुबेदीले आतिथ्यता गर्नुभएको थियो । 

दोलखा सदस्य सेवा कार्यालय प्रमुख कर्म लामाले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काले राख्नु भएको थियो भने सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेम नाथ वाग्लेले गर्नुभएको थियो । 

जिवशराज खड्काले नेफ्स्कूनको स्थिरीकरण कार्यक्रमले भबिष्यमा हुन सक्ने जोखिमको पुर्वानुमान गरी जोखिम ब्यबस्थापन गर्न सहयोग गरेको कारण हालको विषम परिस्थितिमा समेत दोलखा जिल्लामा सञ्चालित सहकारी संस्थाहरूमा गम्भीर समस्या नदेखिएको बताउनु भयो ।  उक्त कार्यशालामा ३० वटा सहकारी संस्थाबाट पदाधिकारि र व्यवस्थापक गरी जम्मा ६१ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहकारी संस्थाहरुले विभिन्न निकायहरुमा पठाउनुपर्ने प्रतिवेदनहरु, श्रम अडिट, मोबाइल बैकिङ कारोवारमा रहेको जोखिम लगायत नियामकिय अनुकुलन सम्बन्धि छलफलका साथै जोखिम भारित सम्पत्ति र पूजि पर्याप्तता गणना विधि प्रयोगात्मक रुपमा  गणना गर्न कार्यक्रम बरिस्ठ कार्यक्रम अधिकृत प्रेम नाथ बाग्लेले सहजीकरण गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप