रुपन्देहीको नमुना महिला विकाश साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीको नमुना महिला विकाश साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आवद्ध

रुपन्देही । बुटवल सेमलार स्थित नमुना महिला विकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले संचालनमा ल्याएको स्क्यान कार्यक्रममा आवद्ध भएको छ ।

नेफ्स्कूनले विगतमा एक्सेस, प्रोवेशन तथा कब्र्स (जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम) संचालन गर्दै आएकोमा सहकारी ऐन २०७४ को दफा २५ र ९९ ले प्रदान गरेको कानूनी आधारमा  संघको ३८ औं स्थापना दिवसका अवसरमा स्क्यान कार्यक्रम संचालन गरेको हो । संस्थाको जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रुपमा विकास गरि अघि बढाउने गरि संघ र संस्था विचमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गर्न नेफ्स्कून ले  नियमित सुपरिवेक्षण, वित्तीय सुचकाङक् मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण परीक्षणलाई स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

कार्यक्रम मार्फत साकोसहरुको वित्तीय सुशासन प्रवद्र्धन, भाखा नाघेका ऋण असुलीमा प्रभावकारिता वृद्धि, सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यान्वयन अधिकारीद्धारा सम्बन्धित निकायमा तोकिए बमोजिम रिर्पोटिङ, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य राखिएकोछ । संस्थालाई नियमित अनुगमन मार्फत सहज वातारणमा नियामकीय निर्देशन अनुरुपको कार्यदिशा गर्ने गर्छ  ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका तर्फबाट रुपन्देही सदस्य सेवा कार्यालय बुटवलका वरिष्ठ सहायक नेत्र प्रसाद सापकोटा तथा साकोसका तर्फबाट अध्यक्ष जमुना उपाध्याय, व्यवस्थापक मन्जु गोदार क्षेत्री  रहनु भएको थियो । प्रथम पक्ष नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता सम्पन्न  भएको थियो ।

अन्य उपस्थितिमा संघका केन्द्रिय कार्यालयका कार्यक्रम अधिकृत रिता सुवेदीका साथै संस्थाबाट उमा पोखरेल, सदस्य भिममाया पोखरेल,तुलसी कण्डेल,बालकुमारी आचार्य र सरिता गौतम को उपस्थिति रहेको थियो ।

कार्यक्रम मार्फत संस्थालाई थप उचाईमा लैजान, सदस्यलाई थप सेवा अभिवृद्ध गर्न, पारदर्शीता कायम गर्न, साथै सामाजिक उत्तरदायीत्व बहन गर्न पहल गर्ने लगायतका जिम्मेवारी बढ्ने र नियमित निरिक्षणमा रही सूचकहरुको पालना गर्दै सस्थाको थप ख्याती उपलब्ध गराउने विषयमा विश्वास व्यक्त गर्ने भएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप