बर्दिया स्थित सिको साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिया स्थित सिको साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

बर्दिया । बर्दियास्थित सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन कायम, जोखिम न्यूनीकरण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा फागुन २६ गते आबद्ध भएको छ। 

सुपरीवेक्षणका क्रममा सहकारी संस्थाको विनियम, नीति, निर्देशिका तथा कार्यविधिको कार्यान्वयन अवस्था, पूँजी संरचना, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक नियन्त्रण व्यवस्था, लेखा तथा अभिलेख प्रणाली, व्यवस्थापन सूचना प्रणाली (MIS) तथा सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी नीतिको कार्यान्वयन लगायतका विषयहरू विस्तृत रूपमा मूल्यांकन गरिएको थियो। साथै भाखा नाघेका ऋणको असुली प्रक्रिया, सेवा प्रवाहको प्रभावकारिता, लगानी अभ्यास, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियामा अवलम्बन गरिएका अभ्यासहरूको समेत समग्र समीक्षा गरिएको थियो। स्क्यान (SCAN) सूचकहरूमा आधारित विश्लेषणमार्फत सहकारी संस्थाको समग्र अवस्था पहिचान गर्दै वित्तीय जोखिम न्यूनीकरण तथा संस्थागत सुधारका लागि आवश्यक व्यवहारिक सुझावहरू प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष दामोदर अधिकारी, पदाधिकारी, सदस्य तथा उच्च व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। नेफ्स्कूनका तर्फबाट वरिष्ठ अधिकृत कोमलराज अधिकारी र कार्यक्रम अधिकृत प्रबिण अधिकारी ले सुपरीवेक्षण कार्य सम्पन्न गर्नुभएको थियो। सुपरीवेक्षणका क्रममा प्राप्त सुझाव तथा निर्देशनहरूलाई संस्थागत सुधारका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सिको साकोसले जनाएको छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप