धादिङको जनकल्याण साकोस व्यवसाय विकास सेवा कार्यक्रम कार्यान्वयनको चरणमा अगाडि बढ्दै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङको जनकल्याण साकोस व्यवसाय विकास सेवा कार्यक्रम कार्यान्वयनको चरणमा अगाडि बढ्दै

धादिङ । बेनिघाट रोराङ्ग ३, रिचोकटार (मलेखु) मा सञ्चालित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा प्रवर्द्धित व्यवसाय विकास सेवा कार्यक्रम -BDS)  कार्यान्वयनको चरणमा अगाडि बढ्ने भएको छ । साकोसका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा चैत्र १ गते व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । 

बचत तथा ऋण सहकारी संस्थाहरूमा व्यवसाय विकास सेवा कार्यक्रम मार्फत व्यवसाय सेवा डेक्स स्थापना गरेर उद्यमका पाँच आधार (इच्छाशक्ति, स्थान, प्रविधि, पूँजि र बजार) लाई केन्द्रमा राख्दै निरन्तर व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण गरी सहकारी सदस्यहरूलाई दिगो र सफल उद्यमी बनाउने कार्यक्रम व्यवसाय विकास सेवा कार्यक्रम हो । अभिमुखीकरण कार्यक्रममा साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, लेखा समिति, प्रमुख कार्यकारी अधिकृत र प्रमुख व्यवस्थापक सहितको सहभागिता रहेको थियो ।

 कार्यक्रममा अध्यक्ष कडेलले साकोसले शुरु गर्नुपर्ने काम नेफ्स्कूनले अगाडि बढाएर प्राविधिक सहजीकरण दिनु अत्यन्त सकारात्मक र प्रेरणादायी कदम भएको उल्लेख गर्नुभयो । जनकल्याण साकोसका सदस्यहरुलाई उद्यमशिल बनाउन नेफ्स्कूनसँगको समन्वय प्रभावकारी रहने विश्वास व्यक्त गर्दै सम्भाव्यता अध्ययनका लागि ग्राउण्ड लेभलबाटै काम गर्नुपर्ने, गुणस्तरीय उत्पादन, प्रशोधन, बजारीकरण व्यवस्थापन जस्ता विषयहरुमा गहन अध्ययन आवश्यक रहने बताउनुभयो । 

व्यवसाय विकास सेवा (बीडीएस) कार्यक्रम मार्फत वित्तीय सहकारी संस्थाले  “उत्पादन देखि उपभोक्ता सम्म” वा “सेवा देखि ग्राहक सम्म” को सम्पूर्ण प्रक्रियामा प्रविधि, पूँजि र वजार सुनिश्चितताको भूमिकामा रहेर कार्यक्रम केन्द्रीत गर्नुपर्ने हुन्छ । वित्तीय सहकारी संस्थाहरूमा भाखा नाघेको (Loan Default/Delinquency) ऋणको अभ्यास प्रमुख चुनौती हो, यसको समाधानका लागि व्यवसाय विकास सेवा कार्यक्रमले विशेष रूपमा सदस्यका लगानीलाई उत्पादन, वजार र मुल्य श्रृँखलासँग जोड्दै समयमानै भुक्तानी सुनिश्चित गर्ने काम गर्नेछ । 

नियमित  निरिक्षण  तथा  अनुगमन  (स्क्यान)  कार्यक्रम
साकोस संघको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा समेत आबद्ध भएको छ । चैत्र १ गते बीडीएस अभिमुखिकरणको कार्यक्रम सँगै साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रममा द्विपक्षीय सम्झौता समेत गरिएको थियो । नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सम्झौता साकोसका अध्यक्ष मिनराज कडेल सहित सञ्चालक समितिको रोहबरमा साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कान्त मिश्र, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहाल र कार्यक्रम अधिकृत राधा पौडेलको उपस्थितिका बीच भएको थियो ।

संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कब्र्स कार्यक्रमको सिकाईका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ । नियमित निरीक्षण तथा अनुगमन गरी देखिएका जोखिमको व्यवस्थापन गर्न आवश्यक मार्गनिर्देशका लागि यो कार्यक्रम सञ्चालन हुनेछ । स्क्यान कार्यक्रम गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकिय क्षमता विकास, स्वनियमन र नियामकीय सक्षमता विकासको एकिकृत स्वरुपको रुपमा रहेको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप