भैरवी साकोसमा बीडीएस कार्यक्रम अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भैरवी साकोसमा बीडीएस कार्यक्रम अभिमुखीकरण 

धादिङ । निलकण्ठ न.पा.–३, धादिङबेसीमा सञ्चालित भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा प्रवर्द्धित व्यवसाय विकास सेवा (BDS) कार्यक्रम कार्यान्वयनको चरणमा अगाडि बढ्ने भएको छ । साकोसका उपाध्यक्ष शान्त विक्रम बानियाँको अध्यक्षतामा चैत्र १ गते साँझ साकोसको सभाहलमा व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । 

अभिमुखीकरण कार्यक्रममा साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार ईश्वर कुमार श्रेष्ठ, महासचिव राज कुमार श्रेष्ठ, कोषाध्यक्ष विष्णुलाल श्रेष्ठ, सञ्चालक समिति सदस्य शान्ता तिमल्सेना, प्रमुख व्यवस्थापक निमेश श्रेष्ठ, ऋण सहायक सीता अधिकारी सहितको सहभागिता रहेको थियो । 

कार्यक्रममा साकोसका निवर्तमान अध्यक्ष ईश्वर कुमार श्रेष्ठ, उपाध्यक्ष शान्त बिक्रम बानियाँ र कोषाध्यक्ष विष्णुलाल श्रेष्ठले नेफ्स्कूनले शुरु गरेको सदस्य लक्षित व्यवसाय विकास सेवा कार्यक्रम संस्थागत दिगोपन र सदस्यहरुमा आर्थिक समृद्धि निर्माणका लागि अत्यन्त उपयुक्त कार्यक्रम मोडेलको रुपमा रहेको विचार व्यक्त गर्नुभयो । 

व्यवसाय विकास सेवा कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूमा व्यवसाय सेवा डेक्स स्थापना गरेर उद्यमका पाँच आधार (इच्छाशक्ति, स्थान, प्रविधि, पूँजि र बजार) लाई केन्द्रमा राख्दै निरन्तर व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण गरी सहकारी सदस्यहरूलाई दिगो र सफल उद्यमी बनाउने कार्यक्रम हो । 

व्यवसाय विकास सेवा (बीडीएस) कार्यक्रम मार्फत वित्तीय सहकारी संस्थाले  “उत्पादन देखि उपभोक्ता सम्म” वा “सेवा देखि ग्राहक सम्म” को सम्पूर्ण प्रक्रियामा प्रविधि, पूँजि र वजार सुनिश्चितताको भूमिकामा रहेर कार्यक्रम केन्द्रीत गर्नुपर्ने हुन्छ । वित्तीय सहकारी संस्थाहरूमा भाखा नाघेको (Loan Default/Delinquency)  ऋणको अभ्यास प्रमुख चुनौती हो, यसको समाधानका लागि व्यवसाय विकास सेवा कार्यक्रमले विशेष रूपमा सदस्यका लगानीलाई उत्पादन, वजार र मुल्य श्रृँखलासँग जोड्दै समयमानै भुक्तानी सुनिश्चित गर्ने काम गर्नेछ । 

सदस्यहरुलाई उद्यमशिल बनाउन नेफ्स्कूनसँगको समन्वय प्रभावकारी रहने विश्वास व्यक्त गर्दै सहभागी वक्ताहरुले संस्थागत निर्णय गरि जतिसक्दो छिटो कार्यक्रम अगाडि बढाउन लागि पर्ने विश्वास व्यक्त गर्नुभएको थियो । नेफ्स्कूनकी कार्यक्रम अधिकृत राधा पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रमको व्यवस्थापन सहयोग धादिङ सदस्य सेवा केन्द्रका प्रमुख विक्रम रिमालले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप