किशान कमैया कल्याण साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 किशान कमैया कल्याण साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्य सहित नियमित रूपमा सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम अन्तर्गत बर्दिया स्थित किशान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा  चैत्र १ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सुपरिवेक्षणको उद्देश्य सहकारी संस्थाहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु तथा बचतकर्ताको विश्वास अभिवृद्धि गर्नु रहेको थियो। यस क्रममा संस्थाको पुँजी पर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, व्यवस्थापन सूचना प्रणाली (MIS)  अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) तथा भाखा नाघेका ऋण असुलीका विषयमा विस्तृत मूल्यांकन गरिएको थियो। त्यसैगरी बचत तथा ऋण कारोबार, लेखापरीक्षण, लगानी नीति, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता र निर्णय प्रक्रियालगायतका पक्षहरूको समेत समग्र रूपमा समीक्षा गरिएको थियो। स्क्यानका सूचकहरूमा आधारित अभ्यासमार्फत सहकारीको वर्तमान अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन तथा आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो।

सुपरिवेक्षण कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारी तथा साकोसको तर्फबाट सञ्चालक समिति अध्यक्ष सरस्वती शर्मा, पदाधिकारी, सदस्य,लेखा सुपरीबेक्षण लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो। सहभागीहरूले सुपरिवेक्षणका क्रममा प्राप्त सुझाव तथा टिप्पणीहरूलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप