विकू “ऋण क्लिनिक” द्धारा एघार हजार सदस्य लाभान्वित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू “ऋण क्लिनिक” द्धारा एघार हजार सदस्य लाभान्वित

गैंडाकोट । गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुको आर्थीक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै “खुसी एवं स्वस्थ सदस्य” निर्माणको लागी सञ्चालन गरेको नवीनतम् कार्यक्रम “ऋण क्लिनिक” द्धारा एघार हजार (११,०००) सदस्य लाभान्वित भएका छन । फागुन १५ गतेदेखि सुरु भएको “ऋण क्लिनिक” चैत्र १० गते सम्पन्न भएको थियो । 

कार्यक्रम अवधिभर संस्थाका विभिन्न सेवा केन्द्रहरूमा ११,००० जना सदस्यहरूले प्रत्यक्ष उपस्थित भई ऋण परामर्श सेवा लिएका थिए भने करीव ३००० जना पुराना ऋणी सदस्यहरूले आफ्नो ऋणको अवस्थाबारे परामर्श लिँदै ब्याजदरमा विशेष छुटको सुविधा प्राप्त गरेका थिए । करीव १००० जना नयाँ सदस्यहरूले यसै अवधिमा संस्थाबाट व्यावसायिक तथा व्यक्तिगत ऋण प्राप्त गरी आफ्नो आर्थिक यात्रा सुरु गरेका छन् । 

सदस्य लोयल्टी रिवार्ड सुविधा अनुसार १५० जना पुराना ऋणी सदस्यहरूले अन्य ३०० जना नयाँ सदस्यलाई ऋणका लागि सिफारिस गरी, आफूले भुक्तानी गरिरहेको ब्याजदरमा थप ०.२५% छुटको दोहोरो लाभ लिएका थिए,  १५०० जना सदस्यहरूले चैत महिनाभित्रै ऋण लिने गरी आफ्नो नाम दर्ता गराएका छन् । 

ऋण क्लिनिक मार्फत सदस्यहरूले केवल वित्तीय सहयोग मात्र नभई नयाँ व्यापार, व्यवसाय तथा उद्यम सुरु गर्नका लागि आवश्यक प्राविधिक परामर्श समेत प्राप्त गरेका थिए । सदस्यहरूले यस कार्यक्रमले स्वदेशमै स्वरोजगारीको अवसर सिर्जना गर्न र उद्यमशीलता विकासका लागि महत्वपूर्ण काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् । “विकू साकोसले सदस्यको आर्थिक स्वास्थ्यलाई ध्यानमा राखेर ल्याएको ऋण क्लिनिक वास्तवमै हाम्रा लागि एउटा ठूलो अवसर बन्यो । यसले हामीलाई व्यवसाय विस्तार गर्न थप  ऊर्जा दिएको कुरा, ” सहभागी सदस्यहरुद्धारा व्यक्त भएको थियो । 

ऋण क्लिनिकको  विशेष सुविधा अन्र्तगत क्लिनिक अवधिभर साकोसले सेवा शुल्कमा १००% छुट, ऋणका सम्पूर्ण सेवामा रहेको मौजुदा ब्याजदरमा ०.५% देखी ०.९९% सम्म छुट, नियमित किस्ता बुझाउनेलाई ब्याज रकममा ५% छुट र युवा उद्यमी तथा ज्येष्ठ नागरिकहरूका लागि विशेष ब्याज सहुलियत जस्ता आकर्षक सुविधाहरू प्रदान गरेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप