‘म्यानेजर्स बुटक्याम्प’ धुलिखेलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘म्यानेजर्स बुटक्याम्प’ धुलिखेलमा सम्पन्न

धुलिखेल,काभ्रे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ  लि. (नेफ्स्कून) को आयोजनामा तीनदिने ‘म्यानेजर्स बुटक्याम्प’ वैशाख २७ गते धुलिखेल,काभ्रेमा सम्पन्न भएको छ । 

संघले साकोसमा कार्यरत व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘म्यानेजर्स बुटक्याम्प’ आयोजना गरेको हो ।  

वैशाख  २५ देखि २७ गतेसम्म सञ्चालन भएको बुटक्याम्पमा वित्तीय बजारमा साकोसको भूमिका, मानव संसाधन व्यवस्थापन, सुशासन अभ्यास, जोखिम व्यवस्थापन, पूँजी पर्याप्तता, रणनीतिक मार्गचित्र तथा सदस्य सम्बन्ध व्यवस्थापन लगायत विभिन्न विषयमा छलफल भएको थियो ।संघका प्राचार्य बल्लभ तिमल्सिनाले पहिलो सत्र सञ्चालन गर्दै वित्तीय बजारमा साकोसको छवी विषयवस्तुमा प्रशिक्षण गर्नुभएको थियो । संघका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले दोस्रो सत्रमा साकोसमा मानव संसाधन व्यवस्थापन (श्रम ऐनका विशेषता सहित) प्रशिक्षण गर्नुभएको थियो । र तेस्रो सत्रमा संघका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले सञ्चालक समिति र व्यवस्थापन को भिन्नता तथा जिम्मेवारी, परिवर्तित कानूनमा सञ्चालक समितिको भूमिका विषयवस्तुमा सहजीकरण गर्नुभएको थियो भनेसुशासन अभ्यास, र कानुनको पालना, सहकारीको परिवर्तित कानूनी वातावरणमा अनुकुलन योजनाका विषयमा चौथौ सत्रमा सहजकर्ता प्रेमनाथ वाग्ले र बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो  । सिए राजकुमार फुयालले दोस्रो दिनको पहिलो सत्रमा   सहकारीमा जोखिम व्यवस्थापन,  पूँजी पर्याप्तता अवधारणा र प्रयोगका बारेमा प्रशिक्षण गर्नुभएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले साकोस व्यवस्थापकको क्षमताका विषयमा दोस्रो सत्रमा प्रशिक्षण गर्नुभएको थियो । 

तालिममा  गणेश तिमिल्सिना वल्लभ तिमिल्सिना, प्रेमनाथ वाग्ले, डा. शिवजी सापकोटा, सिए राजकुमार फुँयालको प्रशिक्षकहरुद्धारा प्रशिक्षण भएको थियो । 

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

३ दिन अगाडि

पाठकबाट थप