स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न

प्युठान । प्युठान स्थित विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण असार ०४ गते सम्पन्न भएको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्थाको मूल्याङ्कन गर्नु, सदस्यहरूले प्राप्त गर्नुपर्ने सेवा–सुविधाको समीक्षा गर्नु तथा संस्थामा रहेका भाखा नाघेका ऋणहरूको कानुनी प्रक्रियामा जाने विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ ।

संस्थाभित्र रहेका सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका क्षेत्रहरूको पहिचान गरी आवश्यक सुधारात्मक सुझाव दिनु, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिताको मूल्याङ्कन गर्नु तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु पनि सुपरिवेक्षणको प्रमुख उद्देश्य रहेको छ ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमल राज अधिकारीद्धारा सम्पन्न स्थलगत सुपरिवेक्षणमा संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । 

सुपरिवेक्षणका क्रममा विनियम, नीति तथा आन्तरिक कार्यविधिको कार्यान्वयन अवस्था, सम्पत्ति शुद्धीकरण निवारण नीतिसम्बन्धी नियामकीय निकायबाट प्राप्त निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुलीको अवस्था, पूँजी पर्याप्तता अनुपातको विश्लेषण लगायत संस्थाको समग्र वित्तीय अवस्था तथा सहकारीले सदस्यहरूलाई उपलब्ध गराउँदै आएको सेवा–सुविधाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा विस्तृत रूपमा छलफल गरी चरणबद्ध कार्यान्वयनमा लैजाने प्रतिबद्धता संस्थाको तर्फबाट व्यक्त भएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप