स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न

प्युठान । प्युठान स्थित विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण असार ०४ गते सम्पन्न भएको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्थाको मूल्याङ्कन गर्नु, सदस्यहरूले प्राप्त गर्नुपर्ने सेवा–सुविधाको समीक्षा गर्नु तथा संस्थामा रहेका भाखा नाघेका ऋणहरूको कानुनी प्रक्रियामा जाने विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ ।

संस्थाभित्र रहेका सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका क्षेत्रहरूको पहिचान गरी आवश्यक सुधारात्मक सुझाव दिनु, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिताको मूल्याङ्कन गर्नु तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु पनि सुपरिवेक्षणको प्रमुख उद्देश्य रहेको छ ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमल राज अधिकारीद्धारा सम्पन्न स्थलगत सुपरिवेक्षणमा संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । 

सुपरिवेक्षणका क्रममा विनियम, नीति तथा आन्तरिक कार्यविधिको कार्यान्वयन अवस्था, सम्पत्ति शुद्धीकरण निवारण नीतिसम्बन्धी नियामकीय निकायबाट प्राप्त निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुलीको अवस्था, पूँजी पर्याप्तता अनुपातको विश्लेषण लगायत संस्थाको समग्र वित्तीय अवस्था तथा सहकारीले सदस्यहरूलाई उपलब्ध गराउँदै आएको सेवा–सुविधाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा विस्तृत रूपमा छलफल गरी चरणबद्ध कार्यान्वयनमा लैजाने प्रतिबद्धता संस्थाको तर्फबाट व्यक्त भएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप