सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

काठमाडौं । सहकारी क्षेत्रको सुधार, सुशासन प्रर्बद्धन तथा जनविश्वास पुनःस्थापनाका लागि सरकार, नियामक निकाय र सहकारी अभियानका प्रमुख सरोकारवालाबीच गहन छलफल तथा अन्तरक्रिया असार ०४ गते सम्पन्न भएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वर, काठमाण्डौंकोे आयोजनामा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ,  नेफ्स्कून, विषयगत केन्द्रीय सहकारी संघहरू, राष्ट्रिय सहकारी बैंक तथा सहकारी विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम सहकारी विभागका रजिस्ट्रारको समन्वयमा सम्पन्न भएको थियो भने उपरजिस्ट्रारहरू, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि, सहकारी विभाग, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र तथा सहकारी अभियानका विभिन्न संघ/ संस्थाका प्रतिनिधिहरू सहभागी थिए । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय कृषि सहकारी महासंघ, राष्ट्रिय दुग्ध उत्पादक सहकारी संघ, राष्ट्रिय जडीबुटी उत्पादक तथा प्रशोधन सहकारी संघ, राष्ट्रिय बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय फलफूल सहकारी संघ तथा राष्ट्रिय मत्स्य सहकारी संघ लगायतका संस्थाहरूले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

छलफलका क्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, नियामकीय चुनौती, संस्थागत सुशासन, वित्तीय अनुशासन, सदस्यहरूको बचत सुरक्षा, जोखिम व्यवस्थापन तथा जनविश्वास पुनःस्थापनाका विषयमा गहन विमर्श भएको थियो। सहभागीहरूले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूको विश्लेषण गर्दै सुधारका सम्भावित उपायहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशेषगरी सम्पत्ति सुदृढीकरण, संस्थागत स्थायित्व, प्रभावकारी सुपरिवेक्षण, प्रविधिमैत्री सेवा विस्तार, मानव स्रोत विकास तथा सहकारी शिक्षाको प्रवद्र्धनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो । सहकारी संस्थाहरूलाई थप उत्तरदायी, पारदर्शी र सदस्यमुखी बनाउँदै वित्तीय स्थायित्व सुनिश्चित गर्न नीतिगत तथा संरचनागत सुधार अपरिहार्य रहेको धारणा सहभागीहरूले व्यक्त गरेका थिए ।

रजिस्ट्रारले आफ्नो निर्देशनात्मक मन्तव्यमा सहकारी क्षेत्रलाई विश्वसनीय, अनुशासित र परिणाममुखी बनाउँदै सदस्यहरूको हित संरक्षणमा केन्द्रित हुन आग्रह गर्नुभएको थियो । उ उहाँले सुशासन, स्वनियमन र कानुनी पालना सहकारी पुनरुत्थानका आधारस्तम्भ भएको उल्लेख गर्दै सम्पूर्ण अभियानलाई सुधारको साझा यात्रामा अग्रसर हुन आह्वान गर्नुभएको थियो ।

सहभागीहरूले सहकारी क्षेत्रको पुनरुत्थानका लागि सरकार, नियामक निकाय, राष्ट्रिय सहकारी बैंक तथा सहकारी अभियानबीच अझ सशक्त सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । उनीहरूले पारदर्शिता, उत्तरदायित्व र स्वनियमनका अभ्यासलाई थप प्रभावकारी बनाउँदै आम नागरिकको विश्वास पुनःआर्जन गर्नुपर्नेमा जोड दिएका थिए । 

सहकारी विभागले यस्ता संवाद तथा अन्तरक्रियामूलक कार्यक्रमहरूले सहकारी क्षेत्रका साझा सवालहरूमा एकीकृत धारणा निर्माण गर्न, नीति निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउन तथा सहकारी अभियानलाई सुदृढ, उत्तरदायी र विश्वसनीय बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा उठाइएका सुझाव, प्रस्तुतीकरण तथा निष्कर्षहरूलाई आगामी दिनमा सहकारी क्षेत्रको सुधार, पुनर्संरचना, सम्पत्ति सुदृढीकरण तथा विश्वास पुनःस्थापनाका लागि नीतिगत आधारका रूपमा उपयोग गरिने जनाइएको छ ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप