झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा दमक, झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला असार ०४ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनले यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत झापा र मोरङ का १८ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुख एवम् कर्मचारीहरूको सहभागितामा भएको कार्यशालामा नेफ्स्कूनका महासचीव घनश्याम अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई शब्द गुच्छाद्धारा स्वागत एवम् सम्मान संघका कोशी प्रदेश ईञ्चार्ज बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्दै सहकारीमा सुशासनलाई निरन्तर कायम राखी जोखिम न्यूनीकरणका लागि प्रभावकारी व्यवस्थापन आवश्यक भएकोले परिवर्तित नियामकीय व्यवस्था अनुसार संस्थाहरूले आफ्नो अवस्थाको मूल्याङ्कन गरी समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

नेफ्स्कून महासचीव अधिकारीले कार्यशालालाई संस्थाहरूबीच असल अभ्यास आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको थियो ।  सहकारी क्षेत्रमा केही व्यक्तिका गलत गतिविधिका कारण अभियानमा नकारात्मक असर परेको उल्लेख गर्दै सहभागी संस्थाहरूलाई नियम, कानुन र सुशासनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको थियो । संस्थाको आकारभन्दा पनि व्यवस्थापन र सुशासन कमजोर हुँदा समस्या उत्पन्न हुने भएकाले समयमै समस्या पहिचान गरी समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको थियो । 

कार्यशालामा भू सेवा (Online) प्रयोग सम्बन्धि प्राविधिक सहजीकरण, सहभागि साकोसहरुको स्क्यानका सूचकहरु मार्फत जोखिम स्तर समिक्षा, Quality Circle (QC) मोडल प्रयोग मार्फत ऋण असुली ९५ प्रतिशत कायम गर्ने उपायहरु सहितको प्रस्तुती, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था, स्तरीय सञ्चालन कार्यविधि, फिट एन्ड प्रपर टेस्ट, ऋण र तरलता व्यवस्थापन, सहकारी संस्थाको कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी र कानुनी मापदण्ड अनुकूल बनाउन विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

यसका साथै संस्थाहरूको मासिक प्रतिवेदनको विश्लेषण, भाखा नाघेको ऋण व्यवस्थापन तथा असुली योजना निर्माणका विषयमा समेत व्यावहारिक छलफल सहितको सहजीकरण गरिएको थियो । सहभागीहरूले कार्यक्रम व्यवहारिक, उपयोगी तथा सहकारी संस्थाको प्रभावकारी सञ्चालनका लागि उपयोति रहेको प्रतिक्रिया दिएका थिए । 

कार्याशालाको सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल तथा वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन एवम् सहजीकरण सहयोग नेफ्स्कून सदस्य सेवा विभाग अन्तरगत झापा सदस्य सेवा कार्यालयका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन एवम् उपस्थिति व्यवसाय अधिकृत पवन घिमिरे, वरिष्ठ सहायक –प्राविधिक सहजकर्ता) सोमनाथ दहाल र सुचना प्रविधि सहायक –प्राविधिक सहजकर्ता) मिलन कोइरालाको रहेको थियो ।

सामूहिक निष्कर्ष सहितका विषयहरुलाई कार्यान्वयन गरी जोखिम न्यूनीकरण सहित व्यवस्थापन गर्ने प्रतिवद्धता सहित आगामी क्यूरिमा २०८३ भाद्र अन्तिम साता आयोजना गर्ने निर्णय गर्दै सबै पक्षलाई धन्यवाद सहित कार्यशाला समापन भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप