अघिल्लो समाचार

Saccos Anniversary
२६१० दिन अगाडि
भुकम्पको पीडा र सहकारीको प्रेरणाले उद्योगी बनायो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भुकम्पको पीडा र सहकारीको प्रेरणाले उद्योगी बनायो

सुर्खेत फिल्ड कार्यालय प्रमुख, नेफ्स्कून

               २०७२ बैशाख १२ गतेको विनासकारी भुकम्पले हामी सवैलाई  ठूलो पीडा दियो । यो विनासकारी भुकम्प पछि धेरै जिल्लाहरु प्राभावित भए । धेरै मानिसहरु घरवार विहिन बने भने धेरैले ज्यान गुमाउन पुगे । घरबास उठेपछि सवैजना ओत लाग्ने छानो बनाउने चिन्तामा थिए । त्यसका लागि नेपाल सरकार तथा अन्य सहयोगी संस्थाहरुको सहयोगमा पुनः निर्माणको काम विस्तारै सुरु हुने क्रम अगाडि बढ्यो ।  सोही समयमा कर्णाली प्रदेशको सुर्खेत जिल्ला अन्तरगर्त गुर्भाकोट नगरपालिकाका ५ जना युवा समुहले भुकम्प रहित इटा उद्योग स्थापना गर्ने सोच बनाएका रहेछन् । इटा उद्योग सञ्चालनका लागि यी ५ युवाहरु गणेश कुमार चन्द, घनश्याम ओली, दिपेश शर्मा, बम बहादुर पुन मगर र मन्जु पुनको सक्रियतामा एक सञ्चालक समिति गठन गरे । इटा उद्योगका अध्यक्ष गणेश कुमार चन्द जनजागरण साकोसका व्यवस्थापक पनि हुन् । गुर्भाकोटस्थित जनजागरण साकोस र नमुना साकोसबाट ऋण लिएर उनीहरुको यस समुहले धेरै खाले प्रविधिहरुको प्रयोग गरी भुकम्प प्रतिरोधी संरचनाहरुको निर्माण गर्न थाल्यो । 

 भूकम्प प्रतिरोधी इटा उद्योग सञ्चालन सम्बन्धमा उद्योगका अध्यक्ष चन्द आफ्नो अनुभव यसरी व्यक्त गर्नुहुन्छ,  शुरुमा हामीले ऋक्भ्द्य ९ऋयmउचभककभम क्तबदष्शिभम द्यचष्अप भ्बचतज० प्रयोग गरी निर्माण गर्न सकिने भुकम्प प्रतिरोधी संरचनाहरुको वारेमा जानकारी लियौ । यो इन्टरलकिङ्ग इट्टा भुकम्प प्रभावित जिल्लाहरु गोरखा, धादिङ, काभ्रे लगायतका जिल्लामा पुन ः निर्माणका लागि प्रयोग गरेको पाईयो, जुन पोलेको इट्टाभन्दा बलियो, प्लाष्टर गर्नु नपर्ने तथा यसमा रहेको इन्टरलकिङ्ग प्रविधिले थोरै मात्र छड प्रयोग गरेर पनि भुकम्प प्रतिरोधी घर निर्माण हुने र लागत पनि ३०% सम्म कम लाग्ने पाइयो । यो इन्टरलकिङ्ग इट्टामा स्थानीय कच्चा पदार्थको प्रयोग हुने तथा स्थानीय जनशक्तिको प्रयोग गर्न सकिने र यो इन्टरलकिङ्ग इट्टा वातावरण मैत्रि भएकोले स्थानीय स्तरमा उत्पादन सुरु गर्नका लागि प्रक्रिया अगाडि बढायौँ । जसका लागि हामीले विभिन्न सामाजिक संजालको माध्ययमबाट यो इट्टा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरणहरु उपलब्ध गराउन सक्ने संस्थाको खोजीमा लाग्यौँ। त्यसै क्रममा हामीले द्यगष्मि ग्उ ल्भउब िनामको संस्थासँग समन्वय गरी शुरुमा विधिवत् रुपमा ठेगाना गुर्भाकोट–१२, सुर्खेतमा रहने गरी  भेरी आवास प्रा.लि. नामको कम्पनी दर्ता गर्यौँ । जसमा लगानीको लागि जनजागरण साकोसबाट २० लाख र नमुना साकोसबाट रु ५ लाख तथा प्रत्येक शेयर सदस्यबाट थप ३ लाख गरी जम्मा रु ४० लाखको लगानी जुटाइयो । त्यसपछि द्यगष्मि ग्उ ल्भउब ि मार्फत मेसिन खरिद तथा अन्य तालिम लिई २०७५ मंसिर १४ देखि बिधिवत् रुपमा उत्पादन शुरु गर्यौँ । पोलेको रातो इट्टा प्रयोग गरिरहेको यो परिवेशमा हाम्रो इट्टाको बजार बढाउनु बास्तवमै चुनौती थियो । तर पनि स्थानीय स्तरमा तथा न.पा. स्तरीय अन्तरक्रिया कार्यक्रम गरी हामीले यो इट्टाको उपयोगिताका बारेमा छलफल ग¥यौँ । त्यसपश्चात् मानिसहरुलाई यसको बारेमा जानकारी भयो र यस इट्टाप्रति मानिसको आकर्षण बढ्न थाल्यो । २०७५ माघ महिना बाट उत्पादन सुरु गरेको ३ महिनाको छोटो अवधिमा अहिले हामीले १५ भन्दा बढी घर निर्माणका लागि इट्टा उपलब्ध गराइसकेका छौँ करीब ३० हजार भन्दा बढी इटा उत्पादन गरी ८ लाख भन्दा बढीको विक्रि गर्न सफल भएका छौ भने एक महिना पछी सम्मको उत्पादन हुने इटा बुक भएको छ । ज–जसले हाम्रो इट्टा प्रयोग गरी घर निर्माण गर्नुभयो, उहाँहरु कम लागतमा निर्माण भएको बलियो घरमा बस्न पाउँदा सन्तुष्ट हुनुहुन्छ । उहाँहरु मार्फत नै हाम्रो इट्टाको बारेमा सकारात्मक सन्देश पुगेका कारण हामीले विज्ञापनका लागि अतिरिक्त खर्च गर्नुपरेको छैन । यसको माग स्थानीय स्तरमा उच्च छ । साथै हाल प्रत्यक्ष रुपमा ६ जनालाई प्रत्यक्ष रोजगारी श्रृजना गर्न सफल भएका छौँ र अप्रत्यक्ष रुपमा स्थानीय व्यापारी, ट्याक्टर, जे.सि.वि., घर निर्माणका लागि मिस्त्री, लेवर आदिलाई समेत रोजगारी दिई वैदेशिक रोजगारीमा जान विवश युवाहरुलाई स्वदेशमानै स्वरोजगार गराउन सफल भएको छौँ । भुकम्प प्रतिरोधी यस प्रविधिको प्रयोग गरि संरचना निर्माणमा सहयोग गर्न पाएकोमा हामी अत्यन्तै खुसी छौँ । 
छोटो समयमा राम्रो सफलता मिलेपछि यतिवेला उनीहरुमा धेरै हौसला बढेको छ । ५ जनाको साझेदारीमा संचालन भएको भेरी आवाश प्रालिका २ जना संचालक जनजागरण साकोस र  १ जना नमुना साकोसका कर्मचारी हुन् । अर्का १ जना व्यापारी हुन भने एक जना भेरी आवास प्रालिमा कर्मचारी प्रमुखको रुपमा काम गरिरहेका छन् । सहकारी संस्थामा लामो समय काम गरेको र सामुहिक व्यवसायमा विश्वास प्राप्त भएकै कारण यस उद्योगको शुरुवात गर्ने हौसाला मिलेको उनीहरु बताउँछन् । उनीहरु अब लगतै टायल, होम पाईप विजुलीको पोल उत्पादन गर्ने उद्योग समेत संचालन गर्ने तयारीमा रहेका छन् । उनी भन्छन्, हाम्रो उद्देश्य भनेको कम लागतमा भुकम्प रहित संरचना निर्माण र युवाहरुलाइ रोजगारी सृजना गर्ने रहेको छ । योजनामा रहेका बस्तुको उत्पादन गर्न सकेको खण्डमा हामीले ५० जना लाई प्रत्यक्ष रोजगारी दिन सक्छौ । साथै स्थानीय युवालाई स्वरोजगार वनाउने लक्ष्यका साथ हामीलाई कर्जा लगानी गर्ने जनजागरण साकोस गुर्भाकोट १२ र नमुना साकोस गुर्भाकोट ८ लाई आभार व्यक्त गर्दै भविष्यमा पनि सहकारी मार्फत युवा उद्यमशिलता श्रृजना गर्न सहयोग गरिने अपेक्षा राखेका छौँ । यसका साथै उक्त कार्य गर्न हौसाल प्रदान गर्ने साथीहरु, आफन्तजन लाई धन्यवाद दिन चाहान्छौ ”। सहकारीलाई कर्मथलो बनाएर पनि एउटा सफल युवा उद्यमी समुह निर्माण गर्ने उद्देश्य बोकेर आज यो ५ जनाको युवा समुहले समुदायमा उदाहरणीय काम गरेको छ भने हजारौं मानिसहरुलाई बलियो आवाश निर्माणको लागि योगदान पु¥याएको छ ।  उद्यमी युवा हातहरुलाई रोजगारी दिएको छ । समुदायको श्रम, सीप र पूँजीको परिचालन समुदाय मार्फत नै गराएर स्थानीय विकासमा महत्वपूर्ण टेवा पुगेको छ । सहकरीमार्फत समुदायको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने सपना बोकेर अगाडि बढेका युवाहरुका लागि यो अध्ययन सामग्री प्रेरणाको स्रोत बन्ने विश्वास छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप