जनउत्थान सहकारी कृषि गाउँ सुपौलीमा सामूहिक धान खेती शुरुवात
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान सहकारी कृषि गाउँ सुपौलीमा सामूहिक धान खेती शुरुवात

राष्ट्रिय धान दिवसको अवसर पारेर जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले जनउत्थान कृषि गाउँ सुपौलीको २७ बिघा जमिनमा सामूहिक धान खेती शुरुवात गरेको छ । धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने १७औं राष्ट्रिय धान दिवसको नारालाई लिएर धान उत्पादनमा आत्मनिर्भरताको नीति अंगिकार गरिएको संस्थाका अध्यक्ष ज्ञानु पौडेलले जानकारी गराउनुभयो । तिलोत्तमा नगरपालिका वडा नं १४ सुपौली गाउँका ४६ घरधुरीको सामूहिक धानखेतीका लागि जनउत्थान साकोसले रु.१५ लाख अनुदान सहयोग गरेको छ । धान उत्पादनमा लागत कम गराई गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित जनउत्थान कृषि गाउँ सुपौलीको सामूहिक धान खेतीका लागि संस्थाले लगातार ३ बर्ष अनुदान सहयोग गर्ने संस्थाका व्यवस्थापक रनबहादुर थापाले जानकारी गराउनुभयो । कृषि उत्पादनमा आत्मनिर्भर गाउँ बनाउने अभियानस्वरुप प्रत्येक तीन तीन बर्ष को अन्तरालमा अर्को गाउँ छनौट गर्ने लक्ष्य संस्थाको रहेको छ ।
राष्ट्रिय धान दिवसको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आगामी आर्थिक बर्षका लागि सरकारले चक्लाबन्दी र सामूहिक खेतीका लागि बजेट छुट्याईएको जानकारी गराउँदै आगामी आर्थिक बर्षमा ३ वटा गाउँ छनौट गरी नमूना कृषि उत्पादन गाउँ बनाउने योजना रहेको जानकारी गराउनुभयो ।

जनउत्थान सहकारी कृषि गाउँ सुपौलीमा सामूहिक धान खेतीको यो पहिलो बर्ष हो । गत बर्ष प्रति कट्ठा धान उत्पादनमा रु. ४ हजार ८ सय लागत लागेको थियो भने यस बर्ष सामूहिक खेती गर्दा प्रति कट्ठा रु. ३ हजार मात्र लागत लाग्ने अनुमान गरिएको छ । २७ विघामा शुरु गरिएको सामूहिक धान खेतीका लागि सबैजसोमा रोपाई सकिएको छ भने बाँकी डेढ कट्ठामा आज धान दिवसको अवसर पारेर रोपाई गरिएको हो । सामूहिक धान खेतीमा सम्पूृर्ण लागत र उत्पादनको एकमुष्ठ हरहिसाब गरिने र उत्पादित धान प्रत्येक घरधुरीले आआफ्नै हिस्सा पाउने व्यवस्था गरिएको संस्थाले जानकारी गराएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप