पथप्रर्दशक नारी आवाजहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पथप्रर्दशक नारी आवाजहरु

डा. यमुना घले
परिषद् सदस्य
नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल सरकार

१११ औं अन्तराष्ट्रिय नारी दिवसको नारा “कोभिड–१९ प्रभावित संसारमा समानता सहितको महिला नेतृत्व” तथा नेपाल सरकारले तय गरेको राष्ट्रिय नारा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” दुवैको सारभूत मान्यता महिलाको सुरक्षा, नेतृत्व तथा सम्मानजनक आर्थिक सशक्तिकरण नै हो । 

यस सन्दर्भमा देशभित्र सञ्चालित २९,८,८६ सहकारी, जहाँ ७३ लाख सदस्य आबद्ध तथा ८८ हजार भन्दा बढिले रोजगारी पाईरहेको छ । यो क्षेत्रले अझ बढि महत्व राख्दछ । सहकारीहरुको प्राथमिकतामा बचत तथा ऋण, कृषि तथा बन तथा हस्तकलाका कामहरु प्रमुख भएता पनि लगानीको अंश भने उत्पादनमूलक क्षेत्रमा कमै देखिन्छ । सहकारी क्षेत्रले आगामि दिनहरुमा उत्पादनमूलक क्षेत्रहरुमा आधारित उद्यमशिलताको विकासमा लगानीका साथै सेवामूलक क्षेत्रमा पनि आफ्नो दखल बढाउँदै लान सकोस् । सहकारीको मूल मर्म “सहकार्य” र “सेवाभाव” दुवैलाई समेटेर महिलाको रोजगारी, क्षमता विकास, आयआर्जन र सशक्तीकरणमा अगाडि बढ्न नारी दिवसले थप प्रेरणा दिन सकोस् । 

तुलसी ज्ञवाली
उद्यमी एवं सामाजिक अभियन्ता

नेपालको आधा आकाश महिलाले ढाकेको छ । महिला घर परिवार र समाजको गहना हो । जुन घरमा महिलाको सम्मान हुन्छ, त्यो घर स्वर्ग जस्तै सुन्दर हुन्छ । महिला सक्षम हुनु भनेको घर परिवार मात्र नभएर टोल समाज हुँदै राष्ट्र स्तरकै आर्थिक, सामाजिक विकास तथा उन्नति हुनु हो । महिला सशक्तीकरणमा सहकारीको ठूलो योगदान रहँदै आएको छ । सहकारी खोलिनुभन्दा पहिला महिलाहरु आर्थिक गतिविधिमा साखै समावेश हुने थिएनन् । विभिन्न सभा सम्मेलन, तालिम, सेमिनार, बैठकमा महिलाको सहभागिता शुन्य हुन्थ्यो । निर्णायक तहमा महिलाको सहभागिता कम थियो । 

सहकारीको विकास भएपछि महिलाको आर्थिक र सामाजिक पक्षमा आत्म निर्भर बनाएको छ । एकका लागि सबै र सबैका लागि एक सहकारीको मुलमन्त्र नै महिलाको साथी बनेको छ । सहकारीको राम्रो पक्ष भनेको लिंग, जातजाति, धर्म संस्कृति, भुगोलको आधारमा सवै शेयर सदस्यहरुको समान व्यवहार हुने भएकोले कसैमाथि पनि भेदभाव छैन जसले गर्दा निर्णय तहमा सवै सेयर सदस्यहरुको निर्णय नै मान्य हुने भएकोले समुदायमा सहकारीको महत्व आर्थिक आर्थिक विकास दिनप्रतिदिन बढ्दै गएको छ । सहकारीले गर्दा नै महिलाहरुले ऋण लिएर उद्यम सञ्चालन गरी आर्थिक रुपमा सशक्त हुन थाले । गरिबी घट्दै गयो । महिलाको सामाजिक उत्तरदायित्व, मनोवल र आत्मविश्वास बढ्या । सहकारीबाट विभिन्न सीप र तालिम लिएर विभिन्न क्षेत्रमा सहभागी हुन थालेपछि घर परिवार व्यक्तिगत जीवनमा निर्णय आफै गर्न सक्ने भए । महिलाहरुले मात्रै सञ्चालन गरेका सहकारीहरुबाट महिलाहरु हरेक क्षेत्रमा सामाजिक आर्थिक रुपबाट सदस्य भई व्यक्तिगत जीवनको साथसाथै बुढेसकालको साथीको रुपमा सहकारी प्रति बचत गर्ने आत्मविश्वास बढेको छ । समग्र विकासको आधारशिला नै सहकारी हो । 

चन्द्रकुमारी खड्का (भट्टराई)
निवर्तमान सञ्चालक, नेफ्स्कून
अध्यक्ष उद्यम विकास साकोस, झापा
 
संयुक्त राष्ट्रसंघले १९७५ मा अन्तराष्ट्रिय महिला दिवसलाई आधिकारीक मान्यता दिए पश्चात हरेक बर्ष मार्च ८ लाई नारी दिवसको रुपमा मनाउन थालिएको हो । काम अनुसारको उचित दाम बाट शुरु भएको महिला आन्दोलन, महिला अधिकार र सम्मानका लागि मात्र नभएर समाज र राष्ट्र निर्माणका निम्ती प्रगतिको आधारशिला बनेको । आधार आकाश नारी शक्ति जस्ता शब्द चयनले नारीलाई सम्मान जनाएको छ । नारी दिवस समाज प्रगति पथको जगको रुपमा लिनुपर्दछ । नारी दिवस मार्फत महिलाहरुको आवाज बुलन्द पार्दै नेपालको संविधानमा महिला अधिकार देखि नीति निर्माण तह सम्म आफ्नो हक अधिकार सुरक्षित गर्न सफल पार्ने दिवसको रुपमा स्थापित भएको छ नारी दिवस ।
 
रुढीवादी परम्परालाई समाप्त पार्दै घर समाज र राष्ट्रलाई विभेदमुक्त बनाउँदै महिलालाई शारीरिक मानसिक बौद्धिक रुपमा सशक्त बनाउँदै समाज रुपान्तरण गर्ने दिवस हो नारी दिवस । त्यसैले अवका दिनमा नारीहरुले सकारात्मक सोचका साथ आत्म विश्वास सशक्त बनाई महिला सशक्तिकरणलाई प्रगतीको आधार बनाई अगाडि बढ्न सके एक्काइसौं शताब्दिमा नारीहरुको आन्दोलनले सम्मान र सार्थकता पाउने कुरामा विश्वास राख्न सकिन्छ ।     

विमला श्रेष्ठ
अध्यक्ष, 
सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

पितृसत्तात्मक समाज संघको अन्तर संघर्ष र सयौं पुस्ताका महिलाहरुको शिक्षा, स्वास्थ्य राजनीति र सामाजिक, आर्थिकको पाटोमा महिलाहरुको भोगाइमा जीवनगाथाहरु धेरै सुने र भोगें यी कुराहरुलाई चिन्ने महिलाहरुले ठूलो संघर्ष गर्न पर्यो । यसकै वावजुत आम अन्तराष्ट्रिय नारी दिवस मनाउन सफल भएका छन् ।

नेतृत्व विकास गर्न महिलाले सोचे जति सहज पक्केै छैन । घर व्यवहार इष्टमित्र, नाता गोता तिथि चाडपर्व आदिमा महिलाहरु परिवार सँगै रहेर सबै प्रकारका कार्यहरुमा सहजीकरण गरिरहेका छन् । यस्ता खालका दायित्व काँधमा आइपर्ने हुनाले पनि हरेक क्षेत्रमा महिलाहरुको जिम्मेवारी पुरुषको भन्दा बढि नै छ । हरेक क्षेत्रमा मितव्ययी ढंगले खर्चको व्यवस्थापन गर्ने महिलाहरु को विशेषता हो । यि सवै व्यवस्थापन गर्न महिलाहरु विहान ४ बजेदेखि वेलुका ११ बजेसम्म दिनचर्या बनेको हुन्छ । आफुले पाएको सामाजिक संघ संस्था रोजगारको पदिय जिम्मेवारी भूमिका सामाजिक मूल्य माज्यता बढ्दो प्रविधियुक्त प्रतिष्पर्धामा उत्तरदायी ढंगले गुणात्मक बृद्धि गर्न नेतृत्वको ठूलो जिम्मेवारी हुन्छ । 

नेतृत्व गर्ने व्यक्तिले नीति र विधिका कुरालाई ध्यान दिदैं पारदर्शिता, जवाफदेहिता, मितव्ययिता सहित पारिवारिक सामाजिक र संस्थागत रुपमा उद्देश्य अनुरुप पक्षपात रहित आफ्नो भूमिका प्रति उत्तरदायि र जिम्मेवारीलाई मूल मन्त्र मानेर नेतृत्व गरेमा सफलता मिल्नेहरु पनि थाहा हुँदा हुँदै पनि महिलाहरुको नेतृत्वदायी भूमिकालाई भने जति विश्वास गरेको पाइदैन जहाँ आर्थिक अवस्थामा महिलाहरुको स्वामित्व रहन्छ वा सक्षम हुन्छ , सामाजिक हैसियत सक्षम हुँदै जान्छ । त्यसैले आर्थिक रुपमा सकारात्मक ढंगमा उपार्जन गर्नका लागि महिलाले स्वरोजगारमा कुनै न कुनै भूमिका सहित उपस्थिति अपरिहार्य छ । 

अहिले सहकारी क्षेत्रमा हेर्ने हो भने सहकारी विभागको तथ्याङ्क अनुसार महिलाको सहभागिता ५६ प्रतिशत रहेको देखिन्छ । अरु क्षेत्रमा भन्दा सहकारीको क्षेत्रबाट महिलाहरुको नेतृत्व विमासमा विस्तार देखिन्छ तर सन्तोषजनक छैन । सहभागी मात्र भएर पुग्दैन आन्तरिक रुपमा आफ्नो क्षमता सहितको उपस्थिति को महत्व रहेको छ । जुन महिलाहरु आम महिलाको आधिकारका लागि लड्दै विभिन्न चुनौति र जोखिम मोल्दै विभिन्न ओहोदामा पुगेका छन् । अथवा उच्च ओहोदामा राष्ट्रपति न्यायाधिस मन्त्री भएतापनि उनीहरुको जायजन्म चुला चौका गर्नुपर्ने वाध्यता अझै रहेको छैन जो चुनौतिको सामना गरेका छन् । उनीहरुलाई संरक्षण र प्रोत्साहन गर्नुपनि जरुरी छ । 


अम्विका गौतम आचार्य
उपाध्यक्ष, जिल्ला सहकारी संघ लि. कास्की

       
जनसंख्याको ५४.४ प्रतिशत महिला भएको नेपालको परिवेशमा महिला सशक्तीकरणमा सहकारीको भूमिका प्रष्ट छ । समाज रुपान्तरणका लागि महिला सशक्तीकरण गर्न भनि देशमा सयौं सरकारी तथा गैर सरकारी संस्थाहरु स्थापना भएपनि महिला सशक्तीकरणमा सहकारीको भूमिकालाई उच्च रुपमा हेर्नुपर्छ ।

वि सं २०१३ सालमा बखानसिंह सहकारीको स्थापनाबाट शुरु भएको सहकारी अभियान धिमे गतिमा अगाडि बढेको थियो तर नेपालमा बहुदलीय शासन ब्यवस्थाको सुरुवात भयो तत्पश्चात अर्थतन्त्रमा पनि खुला अर्थब्यवस्थाको सुरुवात भयो त्यसैको फलस्वरुप बैंक वितीय संस्था र सहकारी ऐन २०४८ पछि सहकारीहरुको स्थापना, विकास र विस्तार व्यापक भयो । अर्थतन्त्रको आकार वृद्धिसँगै सहकारीको विकासक्रम पनि तीब्र रुपमा हुँदै गयो । जसको फलस्वरुप हाल देशमा २९,००० भन्दा बढी सहकारीको स्थापना र सञ्चालन भइसकेको छ, जसले महिला सशक्तीकरणको क्षेत्रमा कोशेढुङ्गाको भुमिका निर्वाह गरेको पाइन्छ । 

नेपाल सरकारले आर्थिक नीति निर्माणको क्रममा ३ खम्बे अर्थनीतिमा सहकारीलाई पनि एक खम्बाको रुपमा ब्याख्या गरिरहँदा देशभरि छरिएर रहेका विभिन्न विषयगत  सहकारीहरुमा ७३ लाख भन्दा बढी सदस्यहरु आबद्ध छन् जसमा ५६ प्रतिशत महिला सहभागिता छ । ४० लाख भन्दा बढी महिलाहरु सहकारीकै माध्यमबाट आर्थिक रुपमा आत्म निर्भर बन्न सफल भएका छन् । त्यस्तैगरी सहकारीमा काम गर्ने कर्मचारीहरुमो मात्र संख्यालाई हेर्ने हो भने ८८ हजार छ, त्यसमध्येमा पनि सहकारीमा महिला कमचारीकै संख्या बढी रहेको पाईन्छ ।  त्यसकारण पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहकारीमार्फत महिला सशक्तीकरण सम्भव हुनेमा कुनै दुइमत छैन ।  

देशको कूल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान करिव ४ प्रतिशत भएको अवस्थामा सहकारीलाई उत्पादन र महिलासँग जोड्न सकेको अवस्थामा महिला सशक्तीकरण कायापलट नै हुने देखिन्छ । कृषि क्षेत्रको योगदान कूल ग्राहस्थ उत्पादनमा विगतको ६ बर्षमा ६ प्रतिशतले घटीरहेको यस बिषम परिस्थितिमा सहकारीको भूमिका झनै उल्लेखनीय हुनसक्छ । 

सहकारी विभागको कमजोर नियमन तथा सुपरीवेक्षण क्षमताका कारण महिला सशक्तीकरणमा समस्या पर्ने देखिन्छ । सहकारीको नियमन तथा सुपरीवेक्षण संघीय कानुन अन्तर्गत केन्द्रले गर्ने कि, प्रदेश कानुन अन्तर्गत प्रदेशले गर्ने कि, स्थानीय कानुन अन्तर्गत स्थानीय तहले गर्ने वा भुमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्ने अथवा सहकारी विभागबाट, गाउँ वा नगरपालिका बाट गर्ने भन्नेमा दुबिधा देखिएको छ जुन तुरुन्त निवारण गर्नुपर्ने देखिन्छ ।

सहकारी ऐन तथा नियमावलीले गरेको न्युनतम ब्यवस्था भन्दा पनि स्वःस्फूर्तरुपले सहभागितामा वृद्धि गर्न सकेमा महिला सशक्तीकरणमा बृद्धि हुन सक्छ । जसमा सहकारी विभाग र सहकारी संस्थाको अहम भूमिका रहेको छ । रोजगार सृजना, राजश्व भुक्त्तानी, उत्पादन, बजारीकरण, आयात प्रतिस्थापन र कूल ग्राहस्थ उत्पादनमा बृद्धि गर्दा स्वतः महिला सशक्तीकरणमा सहयोग पुग्न जाने देखिन्छ । 

देशको वित्तीय कारोबारमा १८ प्रतिशत योगदान रहेको सहकारी क्षेत्रलाई सुशासित बनाउन सकिएन भने सिंगो अर्थतन्त्रमा नकरात्मक असर पर्न सक्छ । सहकारी संस्था सञ्चालनको नेतृत्वमा रहने व्यक्तिहरुले संस्थागत सुशासनको मर्म विपरीत काम गरेमा वित्तीय क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्ने क्षेत्र सहकारी नै हो ।

हिजोका दिनमा चूलो चौका र घरको चार दिवार भित्र मात्र सीमित रहेका महिलाहरु सहकारी आन्दोलनमा लागेपछि आफ्नो नेतृत्व विकास गर्दै सामाजिक र राजनैतिक क्षेत्रमा पहुँच विस्तार गरिरहेका छन् । फलस्वरुप आज महिलाले सहकारीको नेतृत्व गर्दै सभासद मार्फत देशको नीति निर्माण तहमा समेत पुग्न सफल भएका छन् । सहकारी क्षेत्रमा रहेका कमी कमजोरीहरुको ब्यबस्थापन गरी उत्पादनसँग सहकारीलाई जोड्न सकेमा महिला सशक्तीकरणमा सहकारीको भूमिका उल्लेखनीय छ । 

दुर्गा तिवारी सन्जेल
महिला अभियान साकोस, बालकोट, भक्तपुर 

अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरुको सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक र अन्य हरेक किसिमका उपलब्धिहरुको मापन गर्दै महिलाहरु एकजुट भएर मनाइने दिवस हो । घर, समाज, राष्ट्र र अन्तत विश्वकै आर्थिक समृद्धिमा महिलाहरुको देन निकै महत्वपूर्ण छ र यसलाई पहिचान र सम्मान गर्न पनि उत्तिकै महत्वपूर्ण छ । विश्वका सम्पूर्ण महिलाहरुको उपलब्धिहरुलाई सम्मान गर्दै महिलाहरुले महिला भएकै कारण भोग्न पर्ने विभेद, हिंसा, प्रतिवन्धहरुको विरुद्द लड्दै महिलाको अधिकारको संरक्षणको महत्व दर्शाउन महिला दिवस आवश्यक छ । 
महिलाहरुको समृद्धिको पहिलो खुड्किलो उनीहरुको आर्थिक स्वतन्त्रता र विकास हो । सोको प्राप्तिमा सहकारीहरुको महत्वपूर्ण सहयोगी भूमिका रहेको हुन्छ । अझ नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीको भूमिका अपरिहार्य छ । अन्तर्राष्ट्रिय महिला दिवस, २०७७ को अवसरमा “चुनौतिलाई छनोट गर”  भन्ने मुल थिम सहित महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नारा लिएर १११औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य र सभ्य रुपमा मनाऔं । महिलाको आर्थिक समृद्धिमा अग्रसर बनौं ।

सहना पसखल

अध्यक्ष-नारी सेवा साकोस भक्तपुर  

"Women in leadership Achieving an equal future in a COVID- world;"  भन्ने नाराका साथ आज मिति २०७७।११।२४ गते सोमबारका दिन तद्नूसार मार्च ८ २०२१ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाउदैछ । यस दिवसको इतिहास हेर्दा वि.स. १९११ मा पहिलो पटक मनाइएको थियो । तर यसलाई आधिकारिक रुपमा संयुक्त राष्ट्रले सन. १९७५ मा घोषणा गरी मनाउँदै आएको हो । शताबदीको रुपमा २०११ सालमा यो दिन मनाएको हुँदा आजको दिन १११ औं अन्तराष्ट्रिय नारी दिवस हुन गएको हो । संयुक्त राष्ट्रले मनाएको पहिलो नारी दिवस सन. १९९६"Celebrating the past, planning for the future" भन्ने नारालाई सम्बोदन गरी मनाएको थियो । सोही दिन देखि आजको दिन सम्म यो दिवस महिलाहरुको र समग्र, आर्थिक र राजनैतिक क्षेत्रमा भएको प्रगति र योगदानलाई सम्मान गरी मनाउँदै आइरहेको छ । 

विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाईने गरिन्छ । बैजनी, हरियो र सेतो रङ्गले यस दिवस÷दिनलाई अंकित गर्छ । बैजनीले न्याय र गरिमा, हरियो–आशा र सेतो–शुद्घताको प्रतिक गर्छ । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अभियानको विषय Choose to challenge रहेको छ । हामी सबै चुनौतीलाई छनौट गर्न सक्छौं, आत्मसाथ गर्दै, लंैगिक भेदभाव र असमानताको लागि आवाज उठाउन सक्षम छौं भन्ने यस अभियानको आधार रहेको छ । 

नारी सेवा साकोसको उदेश्य पनि नारी शशक्तिकरण रहेको छ । सानो सानो रकम जम्मा गरी आफु आत्मनिर्भर रही सशक्त रही सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा आफनो योगदान दिन सक्षम बनाउने रहेको छ । आत्मनिर्भर रही आफनो हकहितको लागि आवाज उठाउने सक्षम बनाउने नारी साकोसको हो । अहिलेको अवस्थामा लैंगिक भेदभाव धेरै भएको पाईन्छ । विश्वभरी महामारी कोभिड–१९ को बेला पनि यस्ता परिस्थिति महिलाहरुले भोग्दै आएका छन् । यस बर्षको नारा महिला नेतृत्व र कोभिड–१९ को अवस्थामा सम्मान भविष्य हासिल गर्ने रहेको छ । महामारीको बेला महिलाहरु अग्रपन्तीमा काम गरेको पाईयो, डाक्टर, नर्स, स्वयमसेवकको रुपमा । जिवनको हरेक पक्षमा महिलाहरुको पनि निर्णय लिने, सम्मान पाउने र महिला हिंसाको अन्त्य हुनुपर्ने कुरा जरुरी छ । 

  
रमिता महर्जन
व्यवस्थापक, ठेचो महिला जागरण साकोस, ललितपुर


हाम्रो समाजमो महिला घरको लक्ष्मी, घरको इज्जतको रुपमा हेरिनथ्यो भने महिला ले ठुलो स्वरमा बोल्नु हुदैन, बाहिर हिड्न हुदैन, पुरुषमान्छे संग बोल्न हुदैन, बाहिर गएर काम गर्नु हुदैन भन्ने मानसिकता भएको समाजमा बसेका थियौ। समाजमा पहिला महिला लाई घरको काममा मात्र सिमित राख्थ्यो । जति पढाई लेखाई भएपनि घरको दैलो भित्र नै सिमित हुन्थ्यो । उसको परिचय उसको परिवारबाट चिनाइन्थो । फलानाको छोरी, बुहारी भनेर ।घर बाहिर काम गर्न गयो भने घरपरिवार बिर्गने भयो भन्थयो । तर अहिले आएर पुरुषहरुसंगसंगै सहकार्य गरेर सहकारी संचालन गर्न सक्ने भैसक्यो । कुनै पनि कुरामा केटा भन्दा कम छैन भनेर अगाडी बढीसकेको छ । नेतृत्व क्षेत्रमा, उद्यमी ब्यवसाय गर्नेमा र राजनिति गर्नेमा समेत महिला अगाडी बढिसक्यो । महिला दिदिबहिनीहरुले आफ्नो घरको ब्यवस्थापन संगसगै सहकारीलाई पनि ब्यवस्थापन गर्दै अगाडी बढाइराखेको छ। अहिले सहकारीको कारणले महिलाको जिवनमा परिवर्तन आएको छ। महिलाले पनि केहि गर्न सकिन्छ भेनर उदाहरणको रुपमा महिला सहकारी संचालन र राम्रो ब्यवस्थान गर्दै आएको हामीले देखेका छौं। न्युन आय भएको महिलाले आफ्नो खर्चलाई कटाएर बचत गर्ने र ऋण लिई ब्यवसाय संचालन गर्दै आएको छ । आर्थिक शशक्तिकरणको साथै नेतृत्व बिकास भएको छ महिला दिदिबहिनीहरुको । पुरुषले संचालन गरेको सहकारी संग संगै प्रतिस्प्रर्धामा संचालन र ब्यवस्थापन गरेको छ । महिलाले संचालन गरेको सहकारीमा हिसाब किताब पारदर्शिहुन्छ भन्ने छाप छोडेको छ । हरेक निति नियम शुसासन मा बसी सहकारीलाई अगाडी बढाइराखेको छ । महिलालाई अवसर दिएको खण्डमा आफ्नो जिम्मेवारी पूर्ण रुपमा पालन गरी काम गर्दछन् ।

सरस्वती भुजेल
सेवाकेन्द्र प्रमुख
पोखरा रोयल सकोस कास्की

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाईने अन्तराष्ट्रिय नारी दिवस यस वर्ष पनि विगत वर्ष झै १११औ अन्तराष्ट्रिय नारी दिवस  “चुनौतीलाई छनौट गर” भन्ने मूल नाराका साथ मनाउन लागिएको छ । यो दिवस कुनै चाडपर्व नभई महिला माथि हुने अन्याय अत्याचार र लैगिंक विभेद विरुद्धको आवाज हो । महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापी रुपमा मजबुत पारिदै संकल्प र अठोटको साथ निरन्तर जारी राखिने निरन्तर यात्रा हो । नेपाली समाज जति जति नयाँ युगमा प्रवेश गर्दैछ, त्यति नै अपराधिक घटनाका प्रकृतिहरु पनि अमानवीय तथा डरलाग्दो रुपबाट अगाडि आइरहेका छन् । जसको पहिलो निशानामा नै महिला पर्ने गरेको पाईन्छ । कतिपय घटनाहरु महिलाले आफ्नो धर्म संस्कृति र परम्परा सम्झिएर सहन बाध्य छन् । यस किसिमबाट हुने शोषणबाट महिलाहरु मुक्त हुन खोजिरहेको कारण पनि नेपालमा महिला दिवसको महत्व बढेको पाइन्छ । महिला सशक्त नभैकन कुनै पनि कुराको लक्ष्य हासिल गर्न सकिदैन तर के कुरामा सशक्त हुनुपर्दछ त्यो जान्नु जरुरी छ । व्यक्तिगत, शारिरीक, मानसिक, बौद्धिक एंव आध्यात्मिक रुपमा सशक्त हुनु जरुरी छ । किनभने महिलाहरु जबसम्म शारिरीक रुपमा स्वस्थ, मस्त, मानसिक रुपमा शान्त र प्रशन्न, बौद्धिक रुपमा के सहि के गलत अनि आध्यात्मिक रुपमा आफ्नो स्वभाव पहिचान गर्ने खुवि राख्दैनन तवसम्म समानता र अधिकारले कुनै अर्थ राख्दैन ।

भर्खरै
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१९ घण्टा अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

२१ घण्टा अगाडि

सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन
सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

२२ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

१ दिन अगाडि

स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  

२ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 
अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

४ दिन अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

११ दिन अगाडि

पाठकबाट थप