महिला दिवसको सार्थकता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला दिवसको सार्थकता

रोशनी पाठक
(स्नातक) माइक्रोबायोलोजी 
त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौं

जुन समाजमा महिला हिंसा भैरहेको छ, त्यो समाजको उन्नति र विकास हुन्छ भन्नु दिउँसै सपना देखे जस्तै हो । मिठामिठा मनछुने शब्दहरु मिलाएर भाषण गर्दैमा, राज्यको ढुकुटी रित्याएर एक दिनका लागि लाखौँ खर्च गर्दैमा र नारा लगाएर जुलुस निकाल्दैमा मात्र नारीहरुले आफ्नो हक अधिकार पाउँछन् भन्न सकिँदैन । यसका लागि त हरेक कुनामा शोषित महिलाहरुलाई न्याय दिलाउन सक्नु पर्छ, हरेक क्षेत्रमा महिलाको पुरुषसरह सहभागिता हुनुपर्छ, सामाजिक, आर्थिक, धार्मिक तथा लैङ्गिक विभेदहरुको अन्त्य हुनुपर्छ, बलात्कार जस्ता निर्घन्य अपराध गर्नेहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । 

हरेक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा मिलमा सन् १८५७ मार्च ८ मा महिलाले पुरुष सरह नै ज्याला पाउनु पर्दछ भन्दै पहिलो पटक संगठित भएर आन्दोलन गरेका थिए । सोही मिलमा सन् १८६० मार्च ८ मा यिनै महिलाले राष्ट्रियस्तरको पहिलो महिला सम्मेलन सम्पन्न गरे । फ्रान्सको पेरिसमा सन् १८८९ मार्च ८ मा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना भयो । अमेरिकाको सिकागो शहरमा सन् १८९७ मार्च ८ कै दिन महिला अधिकारका लागि विशाल जुलुस, आमसभा र हडताल भएका थिए । उक्त आन्दोलनका मागहरुमा १० घण्टा भन्दा बढी कामको विरोध, पुरुष सरह ज्याला पाउनुपर्ने, मातृशिशुको अधिकार, मजदुर युनियनमा महिलाको पनि मताधिकार हुनुपर्ने आदि समावेश थिए ।

न्यूयोर्कमा नै तत्कालीन समाजवादी पार्टीको सन् १९०९ फेब्रुअरी २८ र सन् १९१० मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले नारीलाई पुरुष सरहको अधिकार हुनपर्ने मागसहित दिएको सुझावअनुसार प्रत्येक वर्ष नारी दिवस मनाउन थालिएको देखिन्छ । अन्तर्राष्ट्रिय रुपमा महिलाले उठाउने गरेका आन्दोलनहरुमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रियस्तरको एउटा नारी दिवस मनाइने प्रस्ताव भयो । फलस्वरुप सन् १९११ मार्च १९ मा प्रथम पटक अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्ड जस्ता देशमा लाखौं महिलाको सहभागितामा प्रथम अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाईयो । उक्त दिवसमा नारीलाई मतदान गर्ने अधिकारबाहेक व्यावसायिक तालिम प्रदान गरिनु पर्ने र नारीमाथि कुनै पनि किसिमको विभेद हुन नपाउने माग समावेश गरिएको थियो ।

महिला अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनको निरन्तरतामा सन् १९१३ र १९१४ र १९१७ मा तत्कालीन सोभियत सङ्घमा प्रथम विश्वयुद्धको विरोधमा (रोटी र शान्तिको नारा सहित) अन्तर्राष्ट्रिय नारी दिवस मनाइए । युरोपका कैयौँ देशका महिलाले क्लारा जेटकीन, रोजा लक्जम्वर्ग र टेरेसा मल्किएलहरुको नेतृत्वमा नारी आन्दोलनमा निरन्तरता दिए । यही नारी दिवस हाल आएर संसारमा नारी अधिकारको लागि महत्त्वपूर्ण दिनका रुपमा मानिन्छ ।

सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गर्यो । संसारका १८९ सरकारका प्रतिनिधिद्वारा हस्ताक्षरित सन् १९९५ को बेइजिङ घोषणापत्रले प्रत्येक महिलाले इच्छाअनुसार राजनीतिमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै पनि लैङ्गिक विभेद र हिंसाको सिकार नभई समाजमा स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारसहितको ऐतिहासिक निर्णय ग¥यो । सन् २००२ मा बसेको राष्ट्रसंघको महासभाले लक्षित गरेको सहस्राव्दी विकास लक्ष्य लगायतका सबैखाले सम्मेलन तथा सन्धीले पनि सन् २०१५ सम्ममा लैङ्गिक आधारमा विद्यमान सवै किसिमका असमानताहरु हटाउन सरकारका संयन्त्रहरु, गैरसरकारी संघ संस्थाहरु, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा दातृपक्षले समेत आआफ्नो क्षेत्रबाट एक्लै वा समन्वयात्मक रुपमा कार्य गर्ने लक्ष्यहरु राखेको थियो । अरु राष्ट्रले झैँ नेपालले पनि हरेक बर्ष अन्तराष्ट्रिय दिवस मनाउँदै आएको छ । 

तर विडम्बना नीति एकातिर छन् भने नियति अर्कोतिर छ । जनसंख्याका आधारमा आधा आकाश ढाक्ने नेपाली महिलाहरुको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्यांकले देखाउँछ । लैङ्गिक विभेदका कारण हुने यस्ता विभिन्न असमानता हटाउन नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  रुपमा प्रतिबद्धता पनि गरेको छ । वर्तमान संविधानले लैङ्गिक विभेदका आधारमा कुनै पनि असमानता हुन नदिने प्रष्ट रुपमा उल्लेख गरेको छ । सोको कार्यान्वयनका लागि नेपाल सरकार देखि विभिन्न सरोकारवाला निकाय तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय अनि गैर सरकारी संघसंस्थाहरु साथै निजी व्यक्ति अनि दातृ निकायको पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्नता रहेको पाइन्छ । तर पनि  सडकदेखि सदनसम्म जति महिला उत्थानका बारेमा कुरा उठे पनि महिलाहरुलाई अझैपनि दोस्रो दर्जाको मानिसका रुपमा हेरिन्छ । 

चुलोचौकोदेखि राष्ट्रिय स्तरसम्म अतुलनिय भुमिका रहेका महिलाहरु अझै पनि पीडित छन्, शोषित छन् र लैङ्गिक हिंसाको सिकार भइरहेका छन् । यी सबै घटनाक्रमले मार्च ८ का दिन काठमाडौँ लगायतका सहरमा मनाँइदै आएको यस दिवसले हाम्रो समग्र महिलाले स–सम्मान बाँच्न पाउने अधिकारको उपभोग गर्न पाएको प्रत्याभूति गर्न कदापि सकिंदैन । महिलाले नै बुझी नबुझी यो दिवसलाई परम्परागत रुपमा मनाउँदै आएका थियौं र यो वर्ष पनि यो दिन बिभिन्न नाराकासाथ त्यसरी नै मनाउँदैछौं । तर सरसर्ती हेर्दा महिलाले समानताको लडाई शुरु गरेको एक शताब्दीभन्दा बढी भइसकेको अवस्थामा समेत महिला बिरुद्धको शोषण, असमानता, विभेद, एक्काइसौं शताब्दीमा पनि अन्त्य भइसकेको छैन । त्यसमा पनि हाम्रो जस्तो पुरुषप्रधान देशहरुमा त अझै कतै धर्म र संस्कृति, कतै परम्परा र प्रचलन, कतै भेदभावपूर्ण नियम कानुन आदिले आआफ्नो तरिकाले महिलामाथि विभेद र शोषण जारी राखेका छन् । धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ । हाम्रो जस्तो विकासशील देशहरुको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै रहेका छन् तर स्रोत र साधनमा यिनै महिलाहरुको अत्यन्त न्युन पहुँच रहने गर्दछ ।

आदिमकालदेखि मानिस सभ्यताको विकास गर्न होस् या अहिलेको एक्काइसौं शताब्दीमा मानिसको अस्तित्व जोगाइराख्न महिलाहरुको ठूलो देन छ । पहिलेपहिले पुरुषहरु शिकार खेल्न जाँदा जङ्गली कन्दमुल जम्मा गर्ने, अनि जङ्गली खेतीवालीलाई आफ्नो घर नजीक ल्याएर रोप्ने तथा जङ्गली जनावरहरुलाई महिलाले घरमा पालेर मानिसले सभ्यताको नौलो सुरुवात गरे । इतिहासदेखि नै नौलो कुराको आविष्कार गर्ने तथा समाजिकीकरण महिलाले नै गरेको देखिन्छ । त्यसैले होला उतिबेला महिलाहरुले आफ्नो छुट्टै दर्जा बनाएका थिए । विस्तारै पुरुषहरुले महिलाहरुमाथी कब्जा जमाउन थाले र अन्त्यमा महिलालाई दोस्रो दर्जामा पु¥याइदिए । दिनहुँ जसो महिलामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार, बालविवाह, अनमेलविवाह, बहुविवाह, बोक्सीको आरोपमा कुटपिट, छाउपडि, झुमा जस्ता कुप्रथा अनि बेचबिखन जस्ता अनैतिक घटनाहरुले महिलाहरु अझ धेरै पिडित छन् । अझै पनि सबै महिलाहरुले न्याय पाइसकेका छैनन् । महिलाहरु घर लगायत कुनै पनि ठाँउमा सुरक्षित छैनन् । निर्मला जस्ता अनेकोँ चेलीहरु बलात्कारको सिकार हुनु परेको छ र दोषी पत्ता लगाएर न्याय दिलाउन सकिएको छैन । कमजोर कानुन व्यवस्था सँगै फितलो कार्यान्वयनका कारण हुँदा कयन महिलाहरु गुम्सिएर बस्न बाध्य छन् र आवाज उठाउन सकिरहेका छैनन्। 

जुन समाजमा महिला हिंसा भैरहेको छ, त्यो समाजको उन्नति र विकास हुन्छ भन्नु दिउँसै सपना देखे जस्तै हो । मिठामिठा मनछुने शब्दहरु मिलाएर भाषण गर्दैमा, राज्यको ढुकुटी रित्याएर एक दिनका लागि लाखौँ खर्च गर्दैमा र नारा लगाएर जुलुस निकाल्दैमा मात्र नारीहरुले आफ्नो हक अधिकार पाउँछन् भन्न सकिँदैन । यसका लागि त हरेक कुनामा शोषित महिलाहरुलाई न्याय दिलाउन सक्नु पर्छ, हरेक क्षेत्रमा महिलाको पुरुषसरह सहभागिता हुनुपर्छ, सामाजिक, आर्थिक, धार्मिक तथा लैङ्गिक विभेदहरुको अन्त्य हुनुपर्छ, बलात्कार जस्ता निर्घन्य अपराध गर्नेहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ र हरेक महिलालाई शिक्षित बनाउनु पर्छ । यसरी महिलाले यस धर्तीमा पुरुष सरह समान रुपमा बाँच्न पाउनु पर्दछ र महिला पुरुषको समान सहभागिता सहित सद्भाव र समान अवसर उपभोग गर्न पाउनु पर्छ अनि मात्र अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको सार्थकता रहनेछ । 
 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप