एक कोभिड भोक्ताको अनुभूतिः अदम्य आत्मबलले जितेँ  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक कोभिड भोक्ताको अनुभूतिः अदम्य आत्मबलले जितेँ  

खिलनाथ लुँइटेल

हाल विश्वमा द्रुततर फैलिरहेको कोभिड महामारी नियन्त्रण र रोकथामका लागि अनेकन प्रयास जारी छन् । नेपालमा नचाहँदा नचाहँदै पनि नयाँ भेरियन्टसहितको दोस्रो लहरले प्रभाव जमाउँदैछ । गाँस, बास र कपासभन्दा सासका लाग अक्सिजन सिलिन्डरको जोहो गर्नुपर्ने बाध्यता बाक्लिदो छ । आज हामी सबै जहाँ जेजस्तो अवस्थामा छौं, सुरक्षित रही अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुपर्ने नागरिक दायित्व पूर्ण रुपमा निर्वाह गर्नुपर्ने अवस्थामा छौं । 

कोभिडको प्रभाव नेपालमा पहिलो चरणमा सुरु भएपछिको एक भोक्ता भएका कारण पनि यो अनुभूति अरुका लागि पठनीय र सावधानीका लागि काम लाग्न सक्ने विश्वाससहित अक्षरखेतीको प्रयास गरेको छु । कोभिडलाई हल्का रुपमा नलिई एकदमै सावधानीका साथ जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने आवश्यकता आलेखको आशय हो । युवावस्थामा रहेको मलाई त यसले विगतमा नराम्ररी गाल्यो, शरिर शिथिल बनायो, कमजोरीले दीर्घपीडा दियो भने पाको उमेर समूह र स्थायी रोग भएकाहरुलाई त यसले झनै हम्मेबनाउँछ । त्यसैकारण यसलाई वेबास्ता गर्ने अनि ‘मलाई त के नै हुन्छ र ?’ भन्ने अवस्था बिलकुलै छैन । परिवार, आफन्त, शुभेच्छुक र कार्यालयको साथ, सहयोग र आत्मबलले अन्ततः मैले कोभिडमाथि विजय प्राप्त गरेरै छोडेँ तर पुनः देखिएको नयाँ भेरियन्टका कारण कठिनाइपूर्ण ति दिनहरुको स्मरण आज एकपटक ताजा हुन पुगेको छ । 

गत बर्ष चैत्र ११ देखिको लकडाउनका कारण घरमै थिएँ । कार्यालयले पनि सीमित कर्मचारीहरुबाट काम सञ्चालन गर्ने निर्णय गर्यो । समय काट्न कठिन भयो । के गर्ने, कसरी दिन काट्ने, घरमा बस्ने बानी थिएन । छुट्टीको दिन पनि सधै घुमफिर वा भेटघाटमा समय बिताउने बानी थियो । यस्तो परिस्थिति आउला भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो । सायद सबैलाई गाह्रो भयो पनि होला सुरुवाती समयम बिताउन । त्यसैले कहिले पुस्तक पढ्ने, कहिले फिल्म हेर्ने, समसामयिक विषयका जानकारी लिने र कार्यालयका कामहरु गर्ने आदि दिनचर्या बन्यो ।  लकडाउनको एक महिना पश्चात कार्यालयको काममा भर्चुअल प्रविधिबाट जोडिई निरन्तर कार्य सम्पादनमा लागेँ । राष्ट्रिय अन्तर्राष्ट्रिय  घटनाक्रमहरुबारे अद्यावधिक भइरहन्थे । कतिपय समाचारले तनाव बढाउदथे भने कतिले सान्त्वना दिने र उत्प्रेरित गर्ने काम गर्दथे । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने प्रयास भइरहेको थियो । समय बितेसंगै लगभग तीन महिनाको घर बसाई पश्चात लकडाउन खुल्यो र कार्यालयमै उपस्थिति भई कामलाई कार्यलयबाटै निरन्तरता दिन थाले ।

भौतिक रुपमा कार्यालय उपस्थिति भएको चार महिना नबित्दै असोज महिनामा म पनि यस महामारीबाट संक्रमित भए । जे नचाहेको थिए अन्ततः त्यही भयो । संक्रमितको संख्यामा म पनि जोडिए । कसरी सर्यो पत्तै भएन । सकेसम्म सजगता अपनाएको थिएँ जस्तो लाग्थ्यो । यो रोग नै यस्तै रहेछ, कुन बेला लाग्छ वा सर्छ भन्नै नसकिने । कार्यालय आउँदा जाँदा, खाजा खाँदा वा कामको सिलसिलामा तलमाथि गर्दा सकेसम्म सावधानी अपनाएको थिएँ जस्तो लाग्छ । तर, कसरी कोमार्फत संक्रमणले बास गर्यो हेक्का भएन । समय यस्तो भयो सबैभन्दा निकट परिवारजनसँग पनि टाढा हुनुपर्ने, फेरि अहिलेको जस्तो अवस्था त्यति बेला थिएन किनभने पहिलो लहर थियो । हामी सबैमा रोगलाई होइन संक्रिमतलाई छिः छिः दुरदुर गर्दै सामाजिक बहिष्करणको पनि भय थियो । अहिले भने त्यो हदसम्मको परिस्थिति छैन र त्यसो गर्न साध्ये पनि छैन ।

आफ्नैसंग टाढा हुनुपर्ने, घर परिवारलाई अनि समाजमा फैलने डर पनि थियो । फेरि काठमाडौंमा डेरामा बस्नेहरुका थप कठिनाईहरुको भुक्तभोगी म पनि थिएँ । बिस्तारै शरिर गल्न थाल्यो । निक्कै नै असहज बनायो भन्दा अत्युक्ति नहोला । कोरोना लाग्ने दिन बिहानसम्म स्वस्थ देखिएको मलाई एक छिनपछि एकाएक ज्वरोले समात्यो । सुरुवातमा कमै थियो पछि विस्तारै बढ्न थाल्यो । त्यसले सशंकित तुल्यायो । ‘कतै मलाई कोरोना त लागेन ?’ सामान्यतया ज्वरो आइरहने मलाई त्यही प्रश्न मनमा गढ्योँ । दुई दिनसम्म ज्वरो नघटेपछि अस्पताल गएँ र कोरोना परिक्षण गरेँ । भोलिपल्टको रिपोर्ट पोजेटिभ आयो । आफु र घर परिवार सबैमा एक किसिमको सन्नाटा छायो । कारणको खोजी हुनथाल्यो । तर पनि अरु धेरैजनामा पहिले नै देखिएर निको पनि भैसकेको हुनाले धेरै तनाव नलिने निश्चय मनमनै गरेँ । अब के गर्ने ? कसरी यसबाट घर र छिमेककाहरुलाई सुरक्षित राख्न सकिन्छ ? अनि सुरक्षित रही चाडो भन्दा चाडो यसलाई निको पार्ने, औषधी के लिने भन्ने विषयमा चिकित्सकसँग सुझबुझपूर्ण सल्लाह लिएँ ।

तनाव लिएर बस्ने अवस्था थिएन, डाक्टर सहित सबैको सल्लाह बमोजिम घरमै एउटा कोठामा आइसोलेटेड भएर बस्न थालेँ । आफुले प्रयोग गर्ने हरेक सामाग्री कसैलाई छुन दिइन र आफैले सरसफाइ गरेँ । सुरुवाती दिनमा ज्वरो मात्र देखिएकोले सामान्य औषधि सेवन गरेर आराम गरेँ । सबैको सल्लाह बमोजिम चाँडै तङ्ग्रिन खानामा नै जोड दिनुपर्छ भन्ने थियो, त्यसैले खाना बढी खान थालेँ । बढी भन्दा बढी तातो सुप, नरम किसिमका वा गलाएर बनाएको खानेकुराहरु बढि मात्रामा खान थालेँ । त्यसको केही दिनपछि ज्वरो घट्दै जान थाल्यो । ज्वरो त कम भयो तर त्यसको दुई दिन पश्चात शरीर दुख्न सुरु भयो । शरीरका हरेक भाग र जोर्नी दुख्न थाले । शरीर यसरी दुखेको कहिल्यै थाहा थिएन । शरीर उठाएर हिड्दा, हिडेको हिडै, सुत्दा सुतेको सुत्यै, बस्दा बसेको बस्यै, दायाँ बायाँ गर्दा धेरै गाह्रो हुन्थ्यो जुन अहिले कल्पना गर्दा पनि सिरिङ्ग हुन्छ । कोभिडले शरीरलाई नै यसरी कमजोर बनाई उठ्न बस्न नसक्ने अवस्थामा पुर्याउँदो रहेछ भन्ने भान भयो ।

असह्य पीडा सहनुको विकल्प थिएन । घर परिवारसँगै भएपनि कोठामा एक्लै थिएँ । दिन काट्न मुश्किल हुन्थ्यो । कहिले सुत्ने कहिले बाहिर कौसीमा निस्कने गर्दथे । कोभिडले शारिरिक कमजोरी बनाएकाले धेरै हिडडुल गर्न पनि गाह्रो हुन्थ्यो । स्वास प्रश्वासमा समस्या हुने डरले हरेक दिन दिनमा ३–४ पटक सम्म तातो पानीले वाफ लिने गर्दथे । तातो पानी पनि धैरै खाने गर्दथे यसरी एक हप्ता सम्म दुखाईले सतायो तत् पश्चात १४ दिनको दिन शरिरमा त्यस्तो केहि असहजता नभएकोले कोभिड चेक गर्न गए । भोलिपल्ट रिपोर्टमा फेरी पोजेटिभ देखियो ।

त्यसै बेला दसैले छोप्यो । दसैको समय सबैतिर रमाइलो थियो तर मेरो परिवारमा नरमाइलो थियो । रमाइलो गर्ने रहर कसलाई पो हुदैन र ? वर्षमा एकपटक आउने चाड अर्को वर्ष पुनः आउँछ तर महामारीले यदि केही भयो भने त सबैमा तनाव हुन्छ । त्यसैले चाडवाड भन्दा मलाई कोभिडबाट मुक्त हुनुपर्ने कुरामा विशेष ध्यान थियो । त्यसैले दसैमा सबैजना घरमै बसियो । अलिकति सुख र धेरै दुःख गरेर दसै मनाइयो ।  

दोस्रो पटक पनि पोजिटिभ देखिदा तनाब उकालो लाग्यो । विकल्प थिएन त्यसैले परिस्थितिलाई सम्हाल्दै फेरि क्वारेन्टीनमा सुरक्षित भएर रहेँ । दुखाई समाप्त हुन नपाउदै रुघाखोकीले समात्यो । यो के भएको होला ? कस्तो हो ? यो एक पछि अर्को गर्दै आउँदो रहेछ भन्ने मनमा कुरा खेल्न थाल्यो । खोकीले त त्यति धेरै गाह्रो बनाएन तर रुघाले निक्कै असहज तुल्यायो । न रातमा सुत्न सकिन्छ न दिनमा, असाध्यै गाह्रो बनायो रातको समयमा सुत्ने बित्तिकै दुवै नाक बन्द हुने, उठ्यो हल्का खुलेको जस्तो हुन्थ्यो । त्यही रुघा र स्वास प्रश्वास को लागि हरेक दिन तातो वाफलाई निरन्तरता दिइरहेकै थिए त्यसो गर्दा पनि निको हुने छाँटकाँट देखिएन । खानाको मात्रा कम गरेको थिइनँ किनकी शरिरमा भाइरसले छोडेको थिएन । शरिरलाई भाइरसबाट बचाउन बढिमात्रामा खाना आवश्यक पर्दोरहेछ । त्यस्तै ११–१२ दिनदेखि जिब्रोले स्वाद कस्तो हुन्छ भन्ने थाहा पाउन छोड्यो । खाना खाएको जस्तो हुन छोड्यो ।

 भिटाभिन, तागतिलो खानेकुरा (अरु भन्दा बढि मात्रामा गेडागुडीको रस) दिनहुँ जसो खाएँ । सबैले पन्ध्र दिन पछि रिपोर्ट राम्रो आउछ चेक गर्दा हुन्छ भनेका कारण २३ औं दिन पुनः तेस्रो पटक चेक गर्न अस्पताल गए र स्वाव दिए । रिपोर्ट फेरि पोजिटिभ देखियो । यसले त झन परिवारमा सन्नाटानै छायो । यतिका दिनसम्म पनि शरिरमा भाइरस कायमै रहेको देखायो ।  भाइरसले शरिरका हरेका भागलाई  नाजुक अवस्थासम्म पुर्याउँदछ भन्ने भएकोले खाना र सरसफाइमा विशेष ध्यान दिइरहेँ । परिवार सबैलाई सजग हुन, नआत्तिन भन्दै आग्रह समेत गर्दथेँ । समय धेरै भइसकेकोले तनाव बढ्नु स्वाभाविक थियो ।

यद्यपि, मलाई बस्तारै भाइरसले छोड्दै गएको भान भने हुन थालेको थियो किनकि शरिर हुलुका हुँदै गएको थियो । रुघा पनि कम भयो ।  रुघा भएकोले हुन सक्छ मेरो रिपार्टमा तेस्रो पटक पनि पोजिटिभ नै देखिएको थियो । त्यसैले मैले बुझेँ, शरिरमा देखिएका सबै लक्षण पूर्ण नहटेसम्म परिक्षण नगर्दै राम्रो हुने रहेछ । यसरी कोभिडबाट ग्रसित भएको समयसंगै घरमै आराम गरिर बसिरहे । शरिर पनि धेरै हलुका हुदै गयो अनी रुघाले पनि छाड्दै गयो । यति बेला सम्म पनि मैले खाना र सरसफाई देखि अन्य जे जे गरिरहेको थिए त्यसमा कुनै कमि गरिनँ । यसरी शरिरमा सबै कुराको हटेको महसुस भएपछि ३० औ दिन पुनः परिक्षण गराएँ र भोलिपल्ट रिपोर्ट नेगेटिभि आयो । म कोरोना मुक्त भएँ । परिवारमा खुसी छायो । म पनि आवरणमा खुसी नै थिएँ तर भित्र स्वास प्रस्वासमा बेग्लै समस्या भने बाँकी नै थियो । 

हिड्दा डुल्दा विस्तारै हिड्नुपर्ने छिटो हिड्यो कि गाह्रो महसुस हुने हुन्थ्यो । त्यसैले हामीले हरेक समय खानेकुरामा विशेष ख्याल गर्नुपर्ने रहेछ । शारिरिक कमजोरीलाई विशेष ध्यान दिनुपर्ने रहेछ । कोभिड शरिरमा नभएपनि शारिरीक कमजोरी लामो समयसम्म रहने भएका कारण हामीले बेलैमा ख्याल गरी रोग लाग्न नदिनु नै उत्तम हो भन्ने बुझ्नुपर्छ ।  कोभिड संक्रमित भइहालेमा हतोत्साही नभई विशेष ख्याल गर्नुपर्दछ । हाल सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरी सकेसम्म घरमै बस्नुपर्ने उत्तम हुन्छ । संकटको समयमा सरकारको प्रयासमा नागरिकका हरेक तह र तप्काबाट पनि स्वास्थ्य मापदण्ड पालनासहित परिवार र आफन्तमा व्यापक जनचेतना फैलाउने भूमिका महत्वपूर्ण हुन्छ । त्रासभन्दा शिक्षा, सावधानी र सचेतना अहिलेको आवश्यकता हो । पूर्वसावधानीका उपायहरु अवलम्बन गर्ने काम महत्वपूर्ण हो । 
घरमै बसौं, सुरक्षित रहौं ।

(लेखक नेफ्स्कूनका बरिष्ठ तालिम सहायक हुनुहुन्छ ।)

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२२ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप