नेफ्स्कूनद्वारा अन्तर साकोस विद्युतीय भुक्तानी सेवा सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा अन्तर साकोस विद्युतीय भुक्तानी सेवा सुरु 

काठमाडौं । नेफ्स्कूनले आजबाट अन्तर साकोस विद्युतीय भुक्तानी सेवा प्रारम्भ गरेको छ । संघमा आबद्ध संस्थाहरुको सहजताका लागि नेफ्स्कूनले यो सेवा सुरु गरेको हो । अपरान्ह १ बजे जुम एप्लिकेशनका माध्यमबाट आयोजित अभौतिक कार्यक्रममार्फत नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ब्यानर सार्वजनिक गरी पढेर सेवा सुरु गर्नुभएको हो । 

“साकोस अभियानको डिजिटाइजेसन र सर्भिटाइजेसनको दिशामा यो थालनी मात्र हो, ”कार्यक्रमको अध्यक्षता गरिरहनुभएका नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले भन्नुभयो, “साकोस अभियानलाई नयाँ उचाईमा लाने कामको थालनी आजबाट भएको छ । आज हामीले पहिलो पाइला चाल्यौं ।”

उहाँले साकोसहरुमा प्रविधिगत परिवर्तन (डिजिटल ट्रान्सफरमेशन) को प्रयासलाई अघि बढाउँदै आज चालिएको कदमलाई परिस्कृत र परिमार्जित गराउँदै लाने जानकारी गराउनुभयो । यसको सुरक्षा, द्रुतता, विश्वसनीयता र वैधानिकताको विषयमा कुनै आशंका नभएको दाबी गर्दै अध्यक्ष पौड्यालले इन्टरप्राइज रिर्सोस प्लानिङको व्यवस्थापनमा नेफ्स्कून लागि परेको उल्लेख गर्नुभयो ।
संयोगले आज राष्ट्रिय सूचना प्रविधि दिवसको सुखद संयोगमा यो स्तुत्य प्रयास थालनी भएको भन्दै यस कार्यमा नेफ्स्कूनसँग प्राविधिक साझेदारी गर्ने जिनोब इङकलाई समेत धन्यवाद दिनुभयो । 

स्वागत मन्तव्य राख्दै संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीबीच पनि साकोस अभियानलाई प्रविधिमा आमूल परिवर्तनको दिशामा लाने अभियानको नेतृत्व नेफ्स्कूनले लिएको भन्दै यसमा सहभागिताका लागि सबै साकोसहरुलाई आग्रह गर्नुभयो । अन्तरसहकारी कारोबारलाई परिणाममुखी बनाउने दिशामा नेफ्स्कून र जिनोब इङकको टोली अहोरात्र खटिएको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो,“यो नगरी नहुने कामको सुरुवात नेफ्स्कूनले गरेको छ ।” उहाँले सबै साकोसहरुलाई यो सेवा ग्रहण गर्ने विषयलाई प्राथमिकतामा राख्न समेत आग्रह गर्नुभयो ।

भर्चुअल कार्यक्रममा नेफ्स्कूका महासचिव दामोदर अधिकारीले आइसीटी दिवसको अवसर पारेर नेफ्स्कूनले अन्तर साकोस विद्युतीय भुक्तानी सेवा शुभारम्भ गर्नु सुखद भएको बताउँदै यसलाई निरन्तर परिक्षण, परिमार्जन गर्दै उन्नतस्तरको बनाइने जानकारी गराउनुभयो । उहाँले स्तरीकरण, स्थिरीकरणसँगै डिजिटाइजेशनलाई नेफ्स्कूनको पाँचौ रणनीतिक योजनाले सम्बोधन गरेको भन्दै आजको कार्यक्रम भौतिक रुपमै कार्यक्रम गर्ने योजना भएपनि कोभिडका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नुपरेको बताउनुभयो । नेफ्स्कूनले रणनीतिक योजनामा समावेश गरेको प्रविधिकरण र सञ्जालीकरणको विषयलाई पनि आजको सेवाले सम्बोधन गरेको दाबी गर्दै महासचिव अधिकारीले आजको यस सुखद घडीमा साकोस अभियानका अग्रजहरुलाई सम्झदै कार्यक्रममा सहभागी सबै साकोसका अध्यक्ष, पदाधिकारी तथा व्यवस्थापनलाई हार्दिक धन्यवाद समेत दिनुभयो । उहाँले नेफ्स्कूनले विकास गरेको नवीन सेवामा सहभागिताका लागि आग्रह समेत गर्नुभयो ।

संघका कोषाध्यक्ष दिपक पनेरुले राष्ट्रिय सहकारी महासंघको यस वर्षको थिम, नेफ्स्कूको परिकल्पना, पाँचौं रणनीतिले बोकेका लक्ष्यहरु, सहकारी ऐन नियमावली, सरकारले चालु आबको बजेटमा दिएको प्रविधिको महत्व, आदि सबैलाई ध्यानमा राखेर प्रविधिमा आमूल परिवर्तनको बाटो खोजेको बताउनुभयो । उहाँले सदस्य साकोसहरुलाई स्मार्ट सेवा सुनिश्चित गर्न नै जिनोबसँगको सहकार्यमा अन्तर सहकारी विद्युतीय भुक्तानी सेवाको फड्को मारिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका कायममुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले राष्ट्रिय माग, सहकारी ऐन तथा नियमावली, कोभिडका बेला प्रविधिको भूमिका, नेफ्स्कूनको रणनीति आदि सबै विषयलाई एकमुष्ठ सम्बोधन गर्ने हिसाबले अन्तर सहकारी विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको बताउनुभयो । नेफ्स्कनको रणनीतिक योजनाको ध्येय, परिकल्पना प्रस्तुत गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहकारी ऐनको परिच्छेद ३ को दफा २५ र नियमावली २०७५ को नियम ८०, उपनियम ४ लाई आधार मानेर यो सेवा उपलब्ध गराइएको बताउनुभयो । त्यस्तै, सहकारीको छैठौं सिद्धान्त, विश्व ऋण परिषद्को साकोस सञ्चालनका सिद्धान्तहरुलाई पनि आधार मानेर यो सेवा सुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा जिनोब इङकका सीइओ राजीव कर्णले प्रस्तुतिमार्फत अन्तर सहकारी कारोबारको प्रक्रियाका बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले नेफ्स्कूनका अध्यक्षले पछिल्लो समयमा जोड दिदैं आएको सर्भिटाइजेशन र डिजिटाइजेशनको विषयलाई आजको सेवाले सम्बोधन गरेको बताउनुभयो । उहाँले साकोस कनेक्ट डट कममार्फत नेफ्स्कूनमा आबद्ध साकोसहरुले यो सेवा लिन सक्ने उल्लेख गर्नुभयो । उहाँले औपचारिक तवरमा सेवा प्रारम्भ भएसँगै अब नेफ्स्कूनका सदस्य साकोसहरुद्धारा जारी भुक्तानी पूर्जा फरफारक तथा अन्तर साकोस सदस्यहरुबीच भुक्तानी सेवामा सहजता हुने बताउनुभयो । नेफ्स्कूनले क्लियरिङ हाउसको रुपमा काम गर्ने उहाँले बताउनुभयो ।

हाललाई नेफ्स्कूनमा आबद्ध भएका र यसमा समावेश हुन चाहने बचत तथा ऋण सहकारीहरुका लागि यो सेवा उपलब्ध हुने जानकारी गराइएको थियो । नेफ्स्कूनको सफ्टवेयर नेकोस प्लसबाहेकका प्रयोगकर्ताले पनि यो सुविधा प्राप्त गर्न सकिने कर्णले बताउनुभयो । कोर बैंकिङ नहुने साकोसहरुले पनि यो सेवा लिन सक्ने भन्दै उहाँले यसका लागि साकोस कनेक्टमा आबद्ध हुने निवेदन दिएपछि प्रक्रिया सुरु हुने जानकारी गराउनुभयो । यो सुरक्षित र भरपर्दो भएको बताउँदै कर्णले भविष्यमा सबै खाले विद्युतीय भुक्तानी सेवा प्रदान गर्ने तयारी भएको उल्लेख गर्नुभयो ।
नेफ्स्कूनले यसको तयारीस्वरुप बैशाख १७ गते शुक्रबारबाट परिक्षण सुरु गरेको थियो । संघले संस्था–संस्था बीच स्वचालित प्रणाली मार्फत कारोबार गर्ने प्लेटफर्मको बिकास गरेको हो । उक्त प्लेटफर्म मार्फत संस्थाहरुले सञ्चालन गरिरहेका जुनसुकै सफ्टवेयर (सिबीएस) मार्फत ए पी आई को माध्यबाट पुर्ण स्वचालित कारोबार गर्न सक्नेछन् भने यस प्लेटफर्म मार्फत गरिएको कारोबारको सेटलमेन्ट संघले गर्ने बताइएको छ ।

उक्त सेवा मार्फत संघमा आवद्ध सबै संस्थाहरुको भुक्तानी पुर्जा संघका कुनै पनि सदस्य संस्थामा गई सहटी clearing गर्न सक्नेछन् साथै मोबाईल बैंकिङ्ग प्रविधिको उपयोग गरी संस्था–संस्था र सदस्यहरु बीचमा रकम स्थानान्तरण, संस्थाका सदस्यले संघमा आवद्ध कुनै पनि संस्थाबाट बचत जम्मा गर्न तथा फिर्ता लिन सक्षम हुनेछन् । संस्थाका सदस्यहरुले आफुलाई पायक पर्ने संघको सदस्य संस्थामा गई बचत जम्मा गर्न, बचत फिर्ता लिन तथा मोबाईल बैंकिङ्ग प्रविधि मार्फत समेत बचत जम्मा गर्ने, भुक्तानी दिने, रकमान्तर गर्ने लगायतका सुविधाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएकोले कोरोना महामारीको यस विषम परिस्थितिमा संस्थाहरुलाई आफ्नो सेवा प्रवाहमा सहजता प्राप्त हुने तथा सदस्यहरुले समेत सजिलै भुक्तानी प्राप्त गर्न र भुक्तानी दिन सक्नेछन् ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप