‘सुशासित सहकारी अभियान बनाउन प्रयत्नशील छु’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सुशासित सहकारी अभियान बनाउन प्रयत्नशील छु’

(प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, प्रदेश नं १ इटहरीका रजिष्ट्रार बलराम निरौला २०५४ साल कार्तिक १२ गतेबाट निजामती सेवा प्रवेश गर्नुभएको हो । सहकारी क्षेत्रसँगको उहाँको सम्बन्ध २०६० सालबाट उनियो । सोही वर्ष बैशाख १० गतेदेखि तत्कालिन जिल्ला सहकारी कार्यालय सुनसरीको सहकारी अधिकृतको रुपमा खटिएर नियमनसँग प्रत्यक्ष सम्बन्धित भई निरौलाले काम गर्नुभयो । त्यसयता उहाँको ‘सहकारी साइनो’ निरन्तर प्रगाढ बन्दै गएको छ ।

मोरङको उर्लाबारी–६, मा स्थायी बसोबासरत निरौलाको जन्म २०२६ साल कार्तिक १३ गते भएको हो । एमबीएसँगै बीएड अध्ययन पूरा गर्नुभएका उहाँले २०७७ साल माघ ५ गतेबाट हालको जिम्मेवारी बहन गर्नुभएको हो । हिजो मात्र मुलुकले (२०७८ भदौ २२ गते) व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ निजामती सेवा दिवस मनाएको छ । यसै सन्दर्भ पारेर नेपाल सरकारका उपसचिव निरौलासँग प्रदेश नं १ को समग्र सहकारी अवस्थाका बारेमा साकोस आवाजले गरेको ईमेल अन्तवार्ता यहाँ प्रस्तुत गरिएको छः)


यहाँको बुझाइमा सहकारी के हो ?  

सहकारी सदस्यको स्वामित्व, सदस्यको नियन्त्रण र सदस्यले सेवा पाउने व्यावसायिक संगठन हो । सहकारी स्वावलम्बन र पारस्पारिकतामा आधारित व्यावसायिक संगठन हो, जसमा व्यक्तिहरु बीच छरिएर रहेको पूँजी, सीप र प्रविधिलाई एकिकृत गरी उत्पादन, बजार र उपभोगमा (श्रम समेतं) परिचालन गरिन्छ र सामुहिक रुपमा प्रतिफल सृजना गरी व्यक्तिगत हितमा उपयोग गरिन्छ । यसमा बचत समेत गरिन्छ र सोही बचतलाई एकतृत गरी निरन्तर पूँजी निर्माण र परिचालन गरिन्छ । 

भर्खरै प्रदेश नं १ को सहकारी मन्त्रालयले सहकारी झलक प्रकाशित गरेको छ ? यसबीच विभिन्न जिल्लाका सहकारी गतिविधिहरु बारे अवलोकन, जानकारी र अनुगमनमा पनि सक्रिय हुनुहुन्छ ? यी सबै आधारमा प्रदेशको सहकारीको अवस्था कस्तो पाउनुभएको छ ? सँगै, प्रदेशको सहकारी गतिविधिहरु समेटेर सहकारी झलक प्रकाशित गर्ने पहिलो प्रदेश पनि प्रदेश नं १ नै बनेको छ हैन ?

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले आफ्नो नियमन क्षेत्रमा रहेका सहकारी संघ संस्थाहरु र प्रदेशभित्र विभिन्न १३७ स्थानीय तहहरुको नियमन क्षेत्रमा रहेका सहकारी संस्थाहरुको समेत विवरण अद्यावधिक गरी सो को आधारमा सहकारी झलक २०७८ (प्रदेश नं १) प्रकाशित गरेको हो र मन्त्रालयबाट विमोचन भएको हो । मलाई जानकारी भएसम्म प्रदेशस्तरीय सहकारी संघ संस्थाहरुको गतिविधि सहित सहकारी झलक प्रकाशन गर्ने पहिलो प्रदेश, प्रदेश नं १ नै हो । 
प्रदेशमा सहकारीको मोटामोटी अवस्था निम्न अनुसार रहेको पाएको छु ।

प्रदेश नं १ को सहकारी अभियानमा देखिएका सबल पक्षहरु:

ठूलो मात्रामा पूँजी निर्माण र परिचालन  भएको छ । (करिब १ खर्ब)
ठूलो मात्रमा नागरिकहरुको सहकारीमा अवद्धता र नेतृत्व विकास भएको छ । (सदस्य संख्या १७ लाख १४ हजार जसमा महिला ५७ प्रतिशत)
राष्ट्रिय सहकारी अभियानमा प्रदेशको राम्रो प्रतिनिधित्व भएको छ ।
वित्तीय क्षेत्रमा विचौलियाहरु विस्थापन भएका छन् ।
सहकारी मार्फत् कृषि सामाग्री आपूर्ति, कृषि उत्पादन र बजारीकरणमा वृद्धि भएको छ । 
प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । (प्रत्यक्ष ११ हजार)

प्रदेशको सहकारी अभियानमा सुधार गर्नुपर्ने पक्षहरु:

सुधारका कुराहरुलाई बुँदागत रुपमा उल्लेख गर्न सकिन्छ :
जुनसुकै विषयका सहकारी संस्थाहरु भए तापनि बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित भएर कारोवार गरिरहेका छन् । 
सहकारी संस्थाहरुमा व्यवसायिकताको अभाव रहेको छ। उत्पादन प्रवर्धन, उपभोग स्तरमा वृद्धि तथा रोजगारी सृजना लगायतका विषयमा व्यावसायिकता अभाव पाएको छु ।
संघ संस्थाहरुको गतिविधिमा सुशासन र पारदर्शीताको अभाव रहेको छ ।
वित्तीय मापदण्डहरुको पालनाको अवस्था कमजोर रहेको छ । 
सहकारी संघ संस्थाहरुको समुदायप्रति चासो अथवा सामाजिकरसामुदायिक कार्यमा न्यून उपस्थिति रहेको छ ।
सहकारी सहकारी वीचमा समन्वयको अभाव रहेको छ ।
सहकारी क्षेत्रमा अझ पनि लक्षित वर्गको पहूँच पुग्न सकेको छैन ।
नियामक निकायमा दक्ष जनशक्ति लगायत स्रोत साधनको अभाव रहेको छ ।

सहकारीका बारेमा यिनका सदस्यहरु वा आम मानिसहरुको बुझाई कस्तो पाउनु भएको छ ?

सहकारी मेरो आफ्नै संगठन हो, यसमा म लगायत हामी सबै सदस्यहरुको मालिक, नियन्त्रक र सेवाग्राहीको भूमिका हुन्छ भन्ने कुराको जानकारी एवं स्वामित्व भाव अधिकांश सदस्यहरुमा छैन। सहकारी बैंक जस्तै हो भन्ने बुझाई आम मानिसहरुको रहेको छ । सहकारी संस्थाका अधिकाँश संचालकहरुमा समेत सहकारी प्रतिको बुझाई आम मानिस र सदस्यहरु भन्दा फरक छैन ।

अहिलेको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको प्राथमिकता के हुन् ? 

सहकारी संचालन तथा सुशासनका आधारभूत विषयहरु लगायत  सहकारी एकीकरण, दोहोरो सदस्यता अन्त्य र व्यवसाय विविधिकरण सम्वन्धी विषयमा अन्तरक्रिया, अनुशिक्षण तथा बहस र पैरवी 
ऐन अनुसार मुख्य कारोवार मिलानको नियमन
लेखापरीक्षण नियुक्ति प्रक्रियाको नियमन
नियमित र सघन अनुगमन (संघहरुको समेत सहकार्यमा)
कार्यक्षेत्र र सेवाकेन्द्रहरुको पुनरावलोकन
कार्यालय र सेवाकेन्द्र व्यवस्थापनको नियमन
कार्यकारी संचालक सम्वन्धी व्यवस्थाको नियमन
ऐन, नियम र मापदण्डका अन्य व्यवस्थाहरुको कार्यान्वयन
स्थानीय तहका सहकारी नियमनसंग सम्वन्धित जनशक्तिहरुको लागि अनुगमन तथा नियमन क्षमता विकास तालिमहरु संचालन
प्रदेशको समग्र सहकारी अभियानको तथ्याक संकलन, प्रशोधन र प्रकाशन ।

रजिष्ट्रार नियुक्त भएपछि भएका मुख्य कामहरु के के हुन् भन्ने लाग्छ ?

सहकारी संघ संस्थाहरुको तथ्याङ्क व्यवस्थापन र सहकारी झलक प्रकाशन 
सहकारी संस्था संचालन, अनुगमन तथा लेखापरीक्षण सम्वन्धी मापदण्ड तर्जुमा र जारी
सहकारी सघन अनुगमनका लागि छुट्टै सूचक तयार जसलाई PEARLS/MoLMAC नामाकरण गरिएको छ ।  
सहकारी संस्थाहरुको कार्यक्षेत्र पुन निर्धारण गरी सदस्य केन्द्रित र स्थानीय तह केन्द्रित गरिएको छ ।
सहकारी संस्थाहरुको दर्ता तथा नियमनमा एकरुपताका लागि स्थानीय तहसंग सम्वन्ध विस्तार तथा तालिम संचालन गरिएका छन् ।
ठूलो परिमाणको कारोवार गर्ने लगायतका सहकारी संघ संस्थाहरुको सघन अनुगमन गरी देखिएका व्यहोराहरु कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
गत आर्थिक वर्षमा १३३ वटा सहकारी संस्थालाई एकीकरण गरी ४३ वटा कायम गरिएको छ।
प्रदेश नं १ को सहकारी अभियानलाई समेटेर हालै श्रव्यदृष्य सामाग्री तयार गरी युटुब मार्फत् प्रसारण गरिएको छ ।

कार्यालयका मुख्य चुनौतीहरु के के हुन् जस्तो लाग्छ ?

सहकारीसम्वन्धी दक्ष जनशक्ति अभाव छ भने कार्यालय भवन र कामको प्रयोजनका लागि सवारी साधन अभाव छ ।

प्रदेश नं १ का सहकारीहरु सुशासनयुक्त, पारदर्शी र इमान्दार छन्, वित्तीय अपचलन वा गैर सदस्य वा गैर कार्यक्षेत्रमा कारोबार गर्दैनन् भन्ने विषयमा कतिको ढुक्क हुनुहुन्छ ? कार्यालयको वेबसाइटमा राखिएको प्रदेश नं १ को सहकारी अभियानमा देखिएका सुधार गर्नुपर्ने बुँदाहरुमध्ये के के काम भएका छन् ?

ढुक्क छैन, निराश पनि छैन।अनुगमनलाई व्यापक बनाएर बाटो विराउने सहकारीहरुलाई सही बाटोमा ल्याई सुशासनयुक्त सहकारी अभियान बनाउन प्रयत्नशील छु । 

हाम्रो प्रयासबाट हुँदै गरेका केही सुधारहरु निम्न अनुसार छन्:
सहकारी संस्थालाई विषय अनुसार मुख्य कारोवार मिलान गर्न निर्देशन दिने तथा प्रतिबद्ध गराउने वा विषय परिवर्तन गराउने कार्य शुरु भएको छ । 
सहकारी संस्थाहरुमा व्यावसायिकता विकास गराउने खालका अभिमुखीकरण कार्यक्रमहरु ठाउँ ठाउँमा संचालन गरिएका छन्। 
साधारण सभा पारदर्शी ढंगले गर्न, लेखापरीक्षकको नियुक्तिको जानकारी पठाउने लगायतका कार्यहरुका लागि संघ संस्थाहरुलाई निर्देशन गरिएको छ र फलोअप पनि भइरहेको छ । 
स्थानीय तहमा नियमनसंग सम्वन्धित जनशक्तिलाई दक्ष बनाउन तालिम कार्यक्रमहरु संचालन गरिएको र गरिदै पनि छन् ।
वित्तीय मापदण्डहरुको आधारमा अनुगमन गरी सुधार गर्ने निर्देशन गरिएको छ । 

सहकारीहरुको संख्या थप्ने भन्दा पनि एकीकरण मार्फत सहकारीहरुलाई सबल बनाउने बिषयमा यहाँको कार्यालय तथा प्रदेशका सहकारीहरुको बुझाइबीच तालमेल (भनाइभन्दा गराइमा) पाउनुभएको छ ?

तालमेल मिलेको छ, काम पनि भएको छ । एक वर्षमा १३३ वटा सहकारीहरु एकीकरण भएको तथ्याङकले शायद एकीकरण अभियानमा प्रदेश नं १ पहिलो नै हो भन्ने मेरो बुझाई छ । 

अन्य प्रदेशभन्दा प्रदेश नं १ को सहकारीको पृथकता वा बैशिष्ट्य के हो जस्तो लाग्छ ?

त्यस्तो उल्लेखनीय वैशिष्ट्यता मैले पाएको छैन ।

कार्यालयमा जनशक्तिको अवस्था कस्तो छ ? कर्मचारीहरुलाई दक्ष बनाउने के कस्ता योजना छन् ?
संख्या नपुग त छैन तर सबै साथीहरु सहकारीका लागि नयाँ हुनुहुन्छ। काम गराउँदै सिकाउँदै दक्ष बनाएर लैजाने सोच छ ।

सेवाग्राहीलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रवाह गर्न के कस्ता काम गरिएका छन् ?
कतिपय कामहरु इमेल मार्फत् पनि गरिएका छन् ।
फेसबुक पेज र वेवसाइट प्रयोग गरेर सूचनाहरु सम्प्रेषण गरिएका छन् । 
नागरिक वडापत्र र सूचना अधिकारी तोकिएको छ ।
कर्मचारीहरुलाई काम वाँडफाँड गरिएको छ । 
प्रक्रिया पुगेसम्म सेवा नदिई साग्राहीलाई फर्काउने गरिएको छैन । 

सहकारीमार्फत यस्ता कामहरु भए हुन्थ्यो भन्ने केही ठोस सोच्नुभएको छ ? (सहकारीलाई उत्पादसँग जोड्ने वा थप रोजगारी सृजना गर्ने वा साना सहकारीहरुबीच एकीकरण गरी बढीभन्दा बढी सदस्यलाई प्रभावकारी सेवा सञ्चालन गर्ने लगायतका विषयमा)

सहकारी मार्फत सदस्य केन्द्रियता र शोषणविहिन आर्थिक सम्बन्धका आधारमा सदस्यहरुलाई उत्पादन, बजारीकरण, उपभोग र रोजगारीसम्बन्धी सेवाहरु एकीकृत रुपमा उपलव्ध गराउने गरी एकीकृत रुपमा ठूला परियोजनाहरु सञ्चालन हुनसके हुन्थ्यो भन्ने लाग्छ ।  

प्रदेशभित्रका सहकारीहरुको रजिष्ट्रार कार्यालयबाट के कस्ता अपेक्षाहरु रहेका छन् ?

सहकारी क्षेत्रको प्रभावकारी नियमन हुन सकोस्, कानून  अनुकूल उचित सहजीकरण हुन सकोस् भन्ने खालको अपेक्षा कार्यालयसंग सहकारी क्षेत्रको रहेको मैले पाएको छु ।

कार्यालयलाई प्रविधिमैत्री बनाउने योजनाहरु के छन् ? बागमती प्रदेशले त आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको कुरा आएको छ ? कोपोमिसको प्रभावकारीता वा सबै सहकारीहरुले कोपोमिसमा तथ्याङ्क अद्यावधिक गराउने विषयमा के कस्ता पहल भएका छन् ? 

सहकारी क्षेत्रको एकमुष्ट र अद्यावधिक तथ्याङ्क निरन्तर प्राप्त होस् र यसकै आधारमा नियमन गर्न सकियोस् भन्ने हाम्रो पनि चाहना हो । हामीले अहिले सामान्य कम्प्युटर सिष्टमबाट भए पनि सहकारी संघ संथाहरुको तथ्याङ्क अद्यावधिक गरी प्रकाशन समेत गर्ने चरणमा आइसकेका छौं । तथ्याङ्कको आधार बनिसकेको छ, अब यसलाई थप परिष्कृत बनाउँदै लैजान आवश्यकता अनुसार संघ संस्थाहरुले सहज रुपमा प्रतिवेदन प्रबिष्टि गर्नसक्ने खालको सफ्टवेयर विकास गरेर लैजाने हाम्रो पनि सोच रहेको छ । 


 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप