सदस्यहरुको ‘चौतारी’ बन्न प्रयासरत चौतारी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुको ‘चौतारी’ बन्न प्रयासरत चौतारी साकोस

लामो इतिहास बोेकेको कागेश्वरी मनहरा नगरपालिका ३ भद्रवासस्थित चौतारी बचत तथा ऋण सहकारी संस्था लि. खास अर्थमा सदस्यहरुको ‘चौतारी’ बन्न प्रयासरत छ । सहकारी संस्था सदस्यहरुको दुःखसुख बिसाउने चौतारी बन्नुपर्छ’ भन्ने दर्शनशास्त्रीय पक्ष अनुसार ‘नाम झै काम’ गर्ने संस्थाको सोच छ ।

२०५० साल मंसिर ३ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भई सञ्चालनमा आएको साकोसको सुरुमा भद्रवास, आलापोट र डाँछी गाविस कार्यक्षेत्र थियो । भद्रवास नगरपालिकामा परिणत भएपछि वडा नं १ देखि ५ सम्म कार्यक्षेत्र बन्यो । तर, यो पर्याप्त भएन । बलियो इतिहासको लाभ लिदै साकोसले वित्तीय तथा गैरवित्तीय आयातन भने फैलाउन सकेन । सोही कारण काठमाडौं उपत्यकाभर कार्यक्षेत्र विस्तारको तयारीमा साकोस रहेको अध्यक्ष र व्यवस्थापक बताउनुहुन्छ ।

‘स्वरुप, कारोबार, संरचना, सदस्यता, कार्यक्षेत्र आदिलाई अब बढाउनुपर्ने भएको छ,’ साकोसका अध्यक्ष तुलसीराम पुडासैनीले भन्नुभयो, ‘त्यसको लागि प्रक्रिया अघि बढाएका छौं ।’ १ सय १० जनाबाट जनही १ सय रुपैयाँ संकलन गरी जग बसेको संस्थामा हाल ४ कर्मचारी छन् । लामोसमय सम्म सञ्चालकहरुले नै स्वयंसेवी रुपमा व्यवस्थापनको काम गरेको अध्यक्ष र व्यवस्थापकले स्मरण गर्नुभयो ।  साकोसका करिब १७ सय सदस्यहरुमा लैंगिक सहभागिता करिब बराबरी छ । स्थापना लगत्तै छाता संघ नेफ्स्कूनमा आबद्ध संस्था हाल संघले कास्कूनसँगको साझेदारीमा सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध छ ।

सञ्चालक समिति अनुभवी छ । संस्थापक सदस्यबाट सहकारी प्रवेश गर्नुभएका अध्यक्ष पुडासैनी २०५४ साल देखि एक कार्यकाल सचिव र त्यसयता अध्यक्ष हुनुहुन्छ । अध्यक्षका रुपमा उहाँको यो दोस्रो कार्यकाल हो । व्यवस्थापक उद्धव प्रसाद पुडासैनी पनि सुरुमा सञ्चालककै रुपमा प्रवेश गर्नुभएको थियो । उपाध्यक्ष र कोषाध्यक्षको रुपमा अनुभव बटुल्नुभएका उहाँले सहकारी ऐन २०७४ लागू भएपछि भूमिका परिवर्तन गरी व्यवस्थापकीय नेतृत्व सम्हाल्नुभएको हो । साकोसमा हाल ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ ।

अध्यक्ष पुडासैनी चौतारी साकोसलाई सदस्यमुखी र समुदायमा आधारित भएको दाबी गर्नुहुन्छ । कोभिडका कारण भाखा नाघेको ऋण केही बढे पनि विषम् परिस्थितिमा पनि तरलता संकट नभएको व्यवस्थापक पुडासैनी बताउनुहुन्छ । हाल तरलता संकुचनको अवस्थामा पनि संस्थासँग लगानी योग्य रकम अभाव नभएको उहाँले स्पष्ट गराउनुभयो ।

११ करोड रुपैयाँको वासलात रहेको संस्थासँग १ करोड २२ लाख सेयर पुँजी, ७ करोड रुपैयाँ बचत, ६ करोड रुपैयाँ ऋण लगानी र जगेडा कोषमा ८३ लाख रुपैयाँ छ । साकोसले अधिकतम २० लाख रुपैयाँ सम्म ऋण लगानी गर्दै आएको छ । हाल संस्थाको कार्यालय रहेको स्थान नजिकै ५ आना २ पैसा जग्गामा भवन बनाउने भावी योजना अध्यक्ष पुडासैनीले साकोस आवाजलाई सुनाउनुभयो ।

सदस्यहरुलाई उत्पादनमा जोड्ने विषय चुनौतीपूर्ण भएको साकोसको स्वीकारोक्ति छ । पुर्ख्यौली सम्पत्ति भएका स्थानीय बासिन्दाहरुमा पछिल्लो समय बढेको जग्गाको भाउका कारण अन्य पेसा, व्यवसाय वा आम्दानीको स्रोतका लागि भौतारिनुपर्ने अवस्था कम छ । सोही कारण आयआर्जन वा उत्पादनशील क्षेत्रमा काम गर्ने सोचले सदस्यहरुमा जरा गाड्न सकेको नसकेको अध्यक्ष पुडासैनीले प्रष्ट्याउनुभयो ।

प्रविधिको पाटोमा पनि संस्थाले गर्नुपर्ने धेरै छ । भौगोलिक अवस्थिति, सदस्यको प्रकृति र अभिरुचिसँगै संस्थाको रणनीतिक योजनाको अस्पष्टताले गर्दा पनि प्रतिस्पर्धी बनाउने पाटो बलियो बन्न नसकेको हो । यो कुरामा अध्यक्ष र व्यवस्थापक दुबै सहमत हुनुभयो । साकोसले नेफ्स्कूनले सञ्चालनमा ल्याएको नेकोस प्लस सफ्टवेयर सुरुदेखि नै प्रयोग गर्दै आएको छ । वेबसाइट निर्माणसँगै मोबाइल बैंकिङ, सामाजिक सञ्जालमार्फत उत्पादन तथा सेवाको विस्तारका क्षेत्रमा भने कार्म गर्न बाँकी रहेको अध्यक्ष र व्यवस्थापक दुबैले बताउनुभयो ।

व्यावसायिक कृषि गर्न चाहने सदस्यहरुलाई वा आम्दानीका श्रोत विविधिरणको उपायसहित सदस्यहरुलाई उत्पादनमा जोड्न सुलभ कृषि ऋण उपलब्ध गराउने काम चौतारीले अघि सारेको छ । ‘ऋण सदुपयोगिता’मा बिशेष ध्यान पुर्याउनुपर्नेमा पनि बोर्ड र व्यवस्थापन एकमत देखिएको छ । दोहोरो सदस्यता, सानो कार्यक्षेत्र र सदस्यहरुमा सहकारीसम्बन्धी शिक्षाको कमीलाई पनि बाँकी चुनौतीका रुपमा साकोसले लिएको छ ।

साकोसले प्राथमिकताको पहिलो नम्बरमा भने लघु वित्त कार्यक्रमलाई राखेको छ । खासगरी महिलाहरुलाई आय आर्जनमा जोड्दै संस्थाको भूमिकालाई प्रखर बनाउन निकट भविष्यमा लघुवित्त कार्यक्रम चलाउने योजना चौतारीका चौथो अध्यक्ष पुडासैनीले सुनाउनुभयो ।

यसैगरी, साकोस बचत तथा ऋण सहकारीहरु सम्बन्धी स्थिरीकरण कोषमा  पनि योगदान गर्ने तयारीमा रहेको बताउनुभयो । नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालसँग संघको केन्द्रीय कार्यालयमा आई कोषका विषयमा लामो छलफल र बुझाईमा थप स्पष्टतापछि योगदान गर्ने विषयमा सकारात्मक भएको अध्यक्ष पुडासैनीले बताउनुभयो ।

संस्थागत सुशासनमा संस्थाले प्रस्तुत गरेको उदाहरण उम्दा छ । करबर्स कार्यक्रम हेर्ने नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीका अनुसार चौतारी साकोसका सञ्चालक समितिले हालसम्म बैठक तथा अन्य भत्ता सुविधा लिएको छैन । ‘लामो इतिहास बोेकेको संस्थाको त्यो अभ्यास प्रशंसनिय छ’ उहाँले भन्नुभयो, ‘त्यस्तै अर्को विशेषता भनेको साकोस समुदायमा आधारित सदस्य केन्द्रित छ ।’ वृद्धिको हिसाबले थोरै देखिए पनि खासगरी अनुभवलाई व्यावहारिक परिणति र रणनीतिक योजनासहित कार्यान्वयनमा जाँदा उल्लेख्य सफलता मिल्न कठिन नहुने मैनालीको ठम्याइ छ ।

सदस्यहरु जीवनका कठिन तर अविष्मरणीय उकालीहरु उक्लदै गर्दा थकाइ मेटाउने र सहज स्मरणीय ओरालाहरु झर्दै गर्दा बसिबियाँलो गर्ने साझा शितल चौतारी बन्न चौतारी साकोस सकोस् । हाम्रो पनि शुभकामना ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप