एशियन क्रेडिट युनियन फोरम-२०२३ नेपालमा हुने तयारी, खुल्यो रजिष्ट्रेशन आवेदन फाराम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियन क्रेडिट युनियन फोरम-२०२३ नेपालमा हुने तयारी, खुल्यो रजिष्ट्रेशन आवेदन फाराम

काठमाडौं । एशियन क्रेडिट युनियन (अक्कु) फोरम, २०२३ Building Credit Union  Momentum:  Purpose, People and Passion भन्ने मुल थिमका साथ नेपालमा आयोजना हुँदैछ । एशियाली ऋण महासंघ (अक्कु) को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्राविधिक सहजीकरणमा २०८० भाद्र २४ देखि ३१ गते (२०२३, सेप्टेम्बर १० देखि १७ गते ) सम्म द सोल्टी होटल काठमाडौंमा फोरम सञ्चालन हुने कार्यक्रम रहेको छ । एशियाली ऋण महासंघले अक्कु फोरम, २०२३ सहभागिताका लागि रजिष्ट्रेशन आवेदन फाराम खुल्ला गरेको छ । मे ३१, २०२३ अर्थात २०७९ जेष्ठ १७ गतेसम्ममा आवेदन दर्ता गर्न आव्हान गरेको छ । 

अक्कु फोरम नेपालमा आयोजना हुने सम्बन्धमा गत पौष २९ गते अक्कुकी सिइओ एलिनिता भि स्यान रोक्के र नेफ्स्कूनका सिइओ प्रकाश प्रसाद पोखरेलले MOU मा हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरि माघ २ गते अक्कु र राष्ट्रिय सहकारी बैंकबीच पनि MOU भएको थियो । 

फोरममा २५ भन्दा बढी विदेशी राष्ट्रबाट ३०० जना र नेपालबाट १०० जना गरी ४०० जना सहकारीकर्मीहरुको सहभागितामा रहने छ । कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारणसभा समेत हुनेछ ।

अक्कुको प्रि फोरममा CEOs Workshop, Asian CU Executive Society (ACUES), Asian CU Network of Emerging Leaders (ACUNEL) र Gender Workshop गरी फरक फरक ४ वटा सत्रहरु सञ्चालन हुनेछन् । तेस्रो पटक गर्दैछ । 

सन् २०२० मा अक्कु फोरम नेपालमा आयोजना गर्ने घोषणा भएपनि कोभिड–१९ का कारण स्थगित भएको थियो । एशियाली क्रेडिट युनियनको सबैभन्दा महत्वपूर्ण भेलाको रुपमा रहेको अक्कु फोरम नेपालले तेस्रो पटक, पछिल्लो फोरम भएको करिब १० बर्षपछि आयोजना गर्ने अवसर पाएको छ । अक्कु फोरम २०२३ का लागि तय गरिएको थिम, “बिल्डिङ क्रेडिट युनियन मोमेन्टमः उद्देश्य, मानिसहरू र जोश” (Building Credit Union  Momentum:  Purpose, People and Passion ) क्रेडिट युनियनहरूको लागि गति निर्माण गर्न र सफलता हासिल गर्नको लागि एक महत्वपूर्ण आधार भनिएको छ । PURPOSE  ले क्रेडिट युनियनहरूद्वारा सञ्चालित मिशन र भिजनलाई जनाउँदछ । सहकारीले वित्तीय सेवा तथा उत्पादनहरुमार्फत सदस्यहरुको आर्थिक सामाजिक जीवनमा सकारात्क परिवर्तन ल्याउने र सदस्यको जीवन उत्थान गर्ने काममा केन्द्रीत हुुनुपर्छ । सदस्यकै स्वामित्व रहेको सदस्यद्वारा सञ्चालित संस्थाले आफ्ना सदस्यहरुको आवश्यकता र प्राथमिकतालाई ध्यान दिनुपर्छ भन्ने संकेत गरेको छ । त्यसैगरि PASSION भनेको क्रेडिट युनियन मार्फत सदस्य र समुदायको हितमा काम गरि सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गर्न जोश निर्माण गर्नु रहेको छ । क्रेडिट युनियनकर्मीहरुले सदस्यहरुको जीवनमा आर्थिक सामाजिक परिवर्तन ल्याउन नवीनता, सहयोगी संस्कृति निर्माण गर्न सहयोग गर्नुपर्छ भनिएको छ । PEOPLE क्रेडिट युनियनमा सदस्य गति निर्माण गर्ने दोस्रो प्रमुख तत्व हुन् । सदस्यहरुसँग सहकार्य र सम्बन्ध निर्माण गरी उनीहरुकै भविष्यको योजना बनाउन सक्छन् । सदस्यहरुकै विश्वास र सहकार्यात्मक सम्बन्धभावबाट प्रतिभावान कर्मचारीहरुले सदस्य र संस्थाको हितमा सहजै काम गर्न सक्छन् भनिएको छ । 

एशियाली ऋण महासंघ (अक्कू) सन् १९७१ मा स्थापना भएको एशियाली बचत तथा ऋण सहकारीहरुको एक मात्र क्षेत्रीय महासंघ हो । अक्कूले “कोभिड १९ बाट पुर्नउत्थानका लागि हरित समावेशी तथा सामनाशक्ति विकासको मार्ग” (Greener, Inclusive, Resilient Path to COVID–19 Recovery) भन्ने थिम सहित एशियाली क्रेडिट युनियनहरुको फोरम २०२२, अगस्ट २९ देखि सेप्टेम्बर १ तारिख (२०७९ भाद्र १३ देखि १६) सम्म थाइल्याण्डको बैंककमा सम्पन्न गरेको थियो । फोरममा आयोजक राष्ट्र सहित एशियाली मुलुकका १६ राष्ट्रका करिब ३ सय ३० क्रेडिट युनियनकर्मीहरु सहभागी भएका थिए । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप