प्रोबेशन भेरी कर्णाली प्रथम समूहको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेशन भेरी कर्णाली प्रथम समूहको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न

सुर्खेत । प्रोबेशन कार्यक्रममा आवद्ध साकोसहरुको सिकाई आदान प्रदान गर्ने कार्यक्रम भेरी कर्णाली क्लस्टर प्रथम को ३३ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला जनहितकारी साकोसको आयोजना तथा नेफ्सकूनको प्राविधिक सहयोगमा शनिबार सम्पन्न भएको छ । 

वीरेन्द्रनगर सुर्खेत स्थित संस्थाको मुख्य कार्यालयको हलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता कर्णाली प्रदेश, सहकारी रजिष्ट्रार कार्यलयका रजिष्ट्रार खुम प्रसाद सुवेदीले गर्नुभएको थियो भने वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य एवंम् वडा नं. ४ का वडाध्यक्ष शेर बहादुर के.सी.को विशिष्ठ अतिथिको आतिथ्यता गर्नुभएको थियो । त्यस्तै जिल्ला सहकारी संघ दाङका लेखा समिति सदस्य निरञ्जन कुमार गौतम तथा नेफ्स्कून फिल्ड कार्यलय सुर्खेतका प्रमुख चन्द्र प्रसाद जोशी लगायतको आथित्यता रहेको उक्त कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पवन जंग मल्ल ले गर्नुभएको थियो । सहजीकरणका क्रममा मल्लले तरलता व्यवस्थापनका सम्बन्धमा प्रस्तुतिकरण राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहकारी रजिष्ट्रार खुम प्रसाद सुवेदीले सहकारी क्षेत्रमा देखा पर्ने वित्तीय संकटहरुको मोचन गर्न ऋण तथा बचतमा उच्च सहभागिता स्तर वृद्धि गर्नु, लगानी योग्यकोषको विकास गर्ने र दीर्घकालिन दायित्वको समुचित व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिंदै यस्ता खालका कार्यकुशलता तथा सिकाई आदानप्रदान कार्यक्रमले टेवा पुग्ने भएकाले निरन्तरताको शुभकामना दिनुभएको थियो । सभाध्यक्ष एवंम् संस्थाका अध्यक्ष हरिहरनाथ योगीले सहकारी क्षेत्रको समृद्धि, विकास, स्तरीकरण तथा प्रवर्धनका लागि स्थानीय सरकारी निकायले आवश्यक बजेट विनियोजन गरी समयसापेक्ष उचित कार्यक्रमहरु लागु गरिनु आवश्यक भएको उल्लेख गर्नुहुँदै नेफ्स्कूनले साकोस अभियानलाई थप मजबुद बनाउन भूमिका खेलिरहेकोमा आभार ब्यक्त गर्दै आजको यस कार्यकुशलता तथा सिकाइ कार्यक्रममा मन, दिल खोलेर आफ्ना भोगाई र सिकाइका अनुभवहरु आदानप्रदान गरेर आफ्नो क्षेत्रको संस्थामा आवश्यक सीप सिकाई उपयोग र अनुशरण तथा सुशासन कायम गरी उत्कृष्ठ साकोस बनाउन प्रयत्नशिल रहनुपर्ने कुरामा जोड दिनु भयोे । 

भेरी कर्णाली क्लस्टरका सम्पूर्ण सहकारी संस्थाका प्रोबेशन कार्यक्रम कार्यदल प्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै आयोजक संस्थाको तर्फबाट संस्थका कोषाध्यक्ष एवंम् प्रोबेशन कार्यक्रम कार्यदलका संयोज नवराज कडेंलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक तथा प्रोवेशन कार्यदलका सदस्य कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो भने संस्थाका प्रबन्धक हिमलाल गौतमले संस्थागत प्रस्तुतिकरण गर्नुभएको थियो । 

उक्त कार्यक्रममा भेरी कर्णाली प्रथम ब्याचका सहयोगी साकोस, तुल्सीपुर, राप्ती विश्वासी साकोस, तुल्सीपुर, प्रगती साकोस, बर्दिया, डिग्रेशाही कुमारी साकोस, रुकुम, प्रगती साकोस, सल्यान, लगायत ६ वटा सहकारीहरुको समेत संस्थागत प्रस्तुतिकरण राखिएको उक्त कार्यक्तममा, प्रोबेशन कार्यक्रम कार्यदलका विभिन्न पदाधिकारीहरु, आयोजक संस्था जनहितकारी साकोसका सम्पूर्ण सञ्चालक, उपसमिति सदस्यहरु, सेवाकेन्द्र प्रमुखद्वय  मित्रेन्द्रनाथ योगी तथा प्रेम आचार्य लगायत सम्पूर्ण कर्मचारी सहति ७१ जनाको सहभागिता रहेको थियो ।

बैठकले आगामी ३४ औं कार्यशाला गोष्ठी आगामी मंसिर २३ गते गर्ने समेत निर्णय गरिएको कुरा संस्थाका सूचना अधिकारी भोज प्रसाद आचार्यले जानकारी दिनुभयो ।  
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप