सिक्ट्याब तालिम
सार्क राष्ट्रका सहकारीकर्मीहरुबीच नेपालको सहकारी अभियान र नेफ्स्कूनको परिचर्चा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सार्क राष्ट्रका सहकारीकर्मीहरुबीच नेपालको सहकारी अभियान र नेफ्स्कूनको परिचर्चा 

काठमाडौं । नेपालको सहकारी अभियानका साथै मुलुककै जेठो सहकारी संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको उपलब्धि, इतिहास, समसामयिक अवस्था र भावी रणनीतिबारे श्रीलंकाको राजधानी कोलम्बोमा जारी अन्तर्राष्ट्रिय तालिममा परिचर्चा भएको छ । सार्क मुलुकका सहकारीकर्मीहरु सहभागी अन्तर्राष्ट्रिय तालिममा नेपालको सहकारी अभियान र नेफ्स्कूनको चर्चा भएको हो ।

तालिममा सहभागी नेफ्स्कूनका सञ्चालक सदस्य लक्ष्मी सापकोटाले नेपालको सहकारी अभियानसँगै नेफ्स्कूनको गौरवपूर्ण इतिहासको चर्चा गर्दै मुलुकको सहकारी अभियानको समसामयिक विषय, नेफ्स्कूनको रणनीतिक मार्गचित्र र सदस्य संघ संस्थाहरुको सम्बन्धका विषयमा प्रस्तुतीकरण गर्नुभएको तालिममा सहभागी नेफ्स्कूनकी प्रशासन सहायक अनु कडेलले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

कडेलका अनुसार नेफ्स्कून सञ्चालक सापकोटाले गर्नुभएको प्रस्तुतीकरण सहभागीहरुले अभिरुचिपूर्वक सुन्दै आफ्ना धारणा र जिज्ञासा राख्नुभएको थियो । नेफ्स्कून सञ्चालक सापकोटाले जिज्ञासाहरुको सम्बोधन सँगै अन्य मुलकको सहकारी अभियानबारे पनि जानकारी लिनुभएको थियो ।

अधिकाशं सहभागीहरुले नेपालको सहकारी अभिायन र खासगरी साकोस अभियानले गरेको प्रगतिबारे आफूहरु जानकार मात्र होइन प्रभावित पनि भएको धारणा राख्नुभएको कडेलले बताउनुभयो ।

यसैगरी, तालिममा सहभागी मुलुकका सहकारीकर्मीहरुले आ आफ्नो मुलुकको सहकारी अभियान, विषयगत सहकारीहरुको उपलब्धि र अन्य सहकारी सम्बन्धी समसामयिक गतिविधिहरुबारे पालैपालो प्रस्तुतीकरण गर्नुभएको थियो ।

भारतस्थित कृषि बैंकिङका लागि अन्तर्राष्ट्रिय सहायता तथा प्रशिक्षण केन्द्र (सिक्ट्याब) र बैकुण्ठ महेता नेशनल इन्स्टिच्युट अफ कोअपरेटिभ म्यानेजमेन्ट (भ्याम्निकोम) ले नेशनल कोअपरेटिभ काउन्सिल अफ श्रीलंका तथा तथा त्यहाँस्थित सिक्ट्याब सदस्यहरुको संयुक्त आयोजनामा कोलम्बोमा International Training Program on 'Management Strategies to Develop Consumer Cooperatives' विषयक तालिम आयोजना गरेका हुन् । तालिम जुलाई ११ सम्म सञ्चालन हुनेछ । 

तालिममा श्रीलंकाली २० जना तथा सार्क मुलुकका सिक्ट्याब सदस्य संस्थाका १० जना गरी ३० जनाको सहभागिता छ । तालिममा अनुभव आदानप्रदानसँगै, श्रव्यदृश्य, लेक्चर तथा अवलोकन भ्रमणको विधिहरु प्रयुक्त हुने सिक्ट्याबले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

पाठकबाट थप