सिक्ट्याब तालिम
सार्क राष्ट्रका सहकारीकर्मीहरुबीच नेपालको सहकारी अभियान र नेफ्स्कूनको परिचर्चा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सार्क राष्ट्रका सहकारीकर्मीहरुबीच नेपालको सहकारी अभियान र नेफ्स्कूनको परिचर्चा 

काठमाडौं । नेपालको सहकारी अभियानका साथै मुलुककै जेठो सहकारी संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको उपलब्धि, इतिहास, समसामयिक अवस्था र भावी रणनीतिबारे श्रीलंकाको राजधानी कोलम्बोमा जारी अन्तर्राष्ट्रिय तालिममा परिचर्चा भएको छ । सार्क मुलुकका सहकारीकर्मीहरु सहभागी अन्तर्राष्ट्रिय तालिममा नेपालको सहकारी अभियान र नेफ्स्कूनको चर्चा भएको हो ।

तालिममा सहभागी नेफ्स्कूनका सञ्चालक सदस्य लक्ष्मी सापकोटाले नेपालको सहकारी अभियानसँगै नेफ्स्कूनको गौरवपूर्ण इतिहासको चर्चा गर्दै मुलुकको सहकारी अभियानको समसामयिक विषय, नेफ्स्कूनको रणनीतिक मार्गचित्र र सदस्य संघ संस्थाहरुको सम्बन्धका विषयमा प्रस्तुतीकरण गर्नुभएको तालिममा सहभागी नेफ्स्कूनकी प्रशासन सहायक अनु कडेलले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

कडेलका अनुसार नेफ्स्कून सञ्चालक सापकोटाले गर्नुभएको प्रस्तुतीकरण सहभागीहरुले अभिरुचिपूर्वक सुन्दै आफ्ना धारणा र जिज्ञासा राख्नुभएको थियो । नेफ्स्कून सञ्चालक सापकोटाले जिज्ञासाहरुको सम्बोधन सँगै अन्य मुलकको सहकारी अभियानबारे पनि जानकारी लिनुभएको थियो ।

अधिकाशं सहभागीहरुले नेपालको सहकारी अभिायन र खासगरी साकोस अभियानले गरेको प्रगतिबारे आफूहरु जानकार मात्र होइन प्रभावित पनि भएको धारणा राख्नुभएको कडेलले बताउनुभयो ।

यसैगरी, तालिममा सहभागी मुलुकका सहकारीकर्मीहरुले आ आफ्नो मुलुकको सहकारी अभियान, विषयगत सहकारीहरुको उपलब्धि र अन्य सहकारी सम्बन्धी समसामयिक गतिविधिहरुबारे पालैपालो प्रस्तुतीकरण गर्नुभएको थियो ।

भारतस्थित कृषि बैंकिङका लागि अन्तर्राष्ट्रिय सहायता तथा प्रशिक्षण केन्द्र (सिक्ट्याब) र बैकुण्ठ महेता नेशनल इन्स्टिच्युट अफ कोअपरेटिभ म्यानेजमेन्ट (भ्याम्निकोम) ले नेशनल कोअपरेटिभ काउन्सिल अफ श्रीलंका तथा तथा त्यहाँस्थित सिक्ट्याब सदस्यहरुको संयुक्त आयोजनामा कोलम्बोमा International Training Program on 'Management Strategies to Develop Consumer Cooperatives' विषयक तालिम आयोजना गरेका हुन् । तालिम जुलाई ११ सम्म सञ्चालन हुनेछ । 

तालिममा श्रीलंकाली २० जना तथा सार्क मुलुकका सिक्ट्याब सदस्य संस्थाका १० जना गरी ३० जनाको सहभागिता छ । तालिममा अनुभव आदानप्रदानसँगै, श्रव्यदृश्य, लेक्चर तथा अवलोकन भ्रमणको विधिहरु प्रयुक्त हुने सिक्ट्याबले जनाएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप