शिखर साकोसको एसबीपी निर्माण कार्यशाला
'सदस्यहरु सम्झेर रणनीति तयार गर्नुपर्छ, वृद्धिभन्दा गुणस्तरमा ध्यानदिनुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्यहरु सम्झेर रणनीति तयार गर्नुपर्छ, वृद्धिभन्दा गुणस्तरमा ध्यानदिनुपर्छ'

काठमाडौं । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी संस्थाले योजना निर्माण गर्दा सदस्यहरुलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले योजना तय गर्दा वृद्धिलाई भन्दा गुणस्तरलाई ध्यान दिन पनि सुझाउनुभयो ।

सुर्खेतस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लि.को रणनितिक व्यवसायिक योजना निर्माण कार्यशालाको उद्घाटन सत्रमा उहाँले संस्थाले निर्माण गर्न लागेको ४ वर्षे योजनाले अबका दिनमा संस्था कसरी सञ्चालन गर्ने भन्ने दिशा तय गर्ने भएकाले संस्थाको ध्येय, परिकल्पना, लक्ष्य र उद्देश्य सदस्यहरुलाई सम्झेर तय गर्नु पर्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘योजना निर्माण गर्दा ४ वटा कुरालाई हेर्नुहोला, ‘सदस्यहरु कस्ता होला ? कर्मचारी कस्ता होलान् ? सञ्चालकहरु कस्ता होलान् ? संस्थाको सेवा व्यवसाय कस्तो होला ?’ 

नेफ्स्कूनको प्राविधिक सहयोग श्रावण १३ गतेदेखि सुरु भएको कार्यशाला १६ गते सम्म सञ्चालन हुनेछ । कार्यक्रममा संस्थाका कानुनी परामर्शदाता अधिवक्ता पूर्ण प्रसाद ढकालले अबको ४ वर्ष संस्था कसरी चल्ने भन्ने कुरा आज नैै दिशा निर्देश गर्ने भएकोले रणनीतिक योजना निर्माणमा सवैको सक्रिय सहभागिता आवश्यक हुने बताउनुभयो । उहाँले संस्था सञ्चालनमा सवैको टिमवर्क हुनु पर्ने र हरेका क्रियाकलाप गर्दा नितिगत व्यवस्था अनुसार गर्नुपर्ने उल्लेख गर्नुभयो । 

नेफ्स्कूनका तालिम अधिकृतद्वय  कोमल राज अधिकारी र रविन्द्र श्रेष्ठको सहजीकरण रहेको तालिमको उद्घाटन सत्रमा संघको सदस्य सेवा कार्यालय नेपालगञ्जका इन्चार्ज छत्र धमला पनि अतिथि रहनुभएको थियो । तालिममा  ४ महिलासहित १४ जनाको सहभागिता रहेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप